निर्णय नं. ७३७२ - दर्ता बदर हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३७२ - दर्ता बदर हक कायम समेत भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०२/०७ २५५० निर्णय नं.७३७२ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत २०५६ सालको दे.पु.नं. ६३८१ फैसला मितिः २०६१।२।७।५ मुद्दा :– दर्ता बदर हक कायम समेत पुनरावेदक वादीः काभ्रेपलाञ्चोक जिल्ला सस्र्यूखर्क गा.वि.स. वडा नं. ६ बस्ने नौमान सिंह तामाङ्ग विरुद्ध प्रत्यर्थी प्रतिवादीः श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेत § वादीको फिराद दावीमा रहेका प्रतिवादी प्रत्यर्थीहरु सरकारी कर्मचारी नदेखिई सरकारी कार्यालय देखिइरहेको र त्यस्तो सरकारी कार्यालयले जग्गा दर्ता गर्ने गरी गरेको निर्णय तथा दर्ता बदर गर्ने विषयमा प्रस्तुत फिराद परेको सन्दर्भमा फिरादको विषयवस्तु मुलुकी ऐन जग्गा पजनीको १७ नं. तथा जग्गा मिच्नेको १८ नं. अन्तर्गतको विषय देखिन्छ । अतः प्रस्तुत फिरादको विषय नैं जग्गा पजनीको १७ नं. तथा जग्गा मिच्नेको १८ नं. अन्तर्गतको भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ८(३) र नागरिक अधिकार ऐन, २०१२ को दफा १८ अन्तर्गतको भनि पुनरावेदन अदालतबाट शुरु कारवाई र किनारा हुन सक्ने प्रकृतिको नदेखिंने । § नागरिक अधिकार ऐन, २०१२ को दफा १९(१)(२) अन्तर्गतको अधिकारक्षेत्र देखाई पुनरावेदन अदालत पाटनमा दायर गरेको कार्यलाई कानूनसम्मत निकायमा दायर भएको फिराद दावी मान्न नमिल्ने । § वादीले यथोचित कानूनी मार्ग अवलम्बन नगरी प्रस्तुत गरेको फिरादमा न्याय प्रशासन ऐनको दफा ८(३) र नागरिक अधिकार ऐन, २०१२ को दफा १८ अन्तर्गत पुनरावेदन अदालतलाई शुरु अधिकारक्षेत्र प्राप्त भएको सम्झन नमिल्ने भएको समेतको कारणबाट प्रस्तुत मुद्दाको फिराद दावी खारेज हुने ठहर्छ भनि गरेको पुनरावेदन अदालत पाटनको मिति ०५६।११।४।४ को फैसला मिलेकै देखिदा सदर हुने । (प्र.नं. १०) पुनरावेदक वादी तर्फवाटःविद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम पुनरावेदन अदालत पाटनको मिति ०५६।११।४।४ को फैसला उपर वादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मेरो नाउँमा साविक लगत नं. १११ को स्वाराडाँडा हाँडिखोला वारी विजन ।।५ लागेको उक्त जग्गामा नापी समेत गराएको सस्र्यूखर्क गा.वि.स. वडा नं. ६ को कि.नं. ६७७ को क्षेत्रफल १७–७–१–० को जग्गामा बसोबास समेत भएको १०–१७ को ढुंगाको छाना भएको पक्की घर समेत बनाई बसोबास समेत भएको जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त नभएको उक्त जग्गा दर्ता गरी पाउँ भनि मालपोत कार्यालयमा निवेदन दिंदा उक्त कार्यालयबाट मिति ०५०।११।१ को निर्णयानुसार श्री ५ को सरकारको नाममा दर्ता भैसकेको भनि जानकारी गराइयो मेरो सम्पत्ति सम्बन्धी हकमा ठाडै कुण्ठित हुने गरी मलाई थाहा, जानकारी समेत नदिई उक्त जग्गा श्री ५ को सरकारको नाममा दर्ता भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा १९(१)(२) बमोजिमको प्रक्रिया अपनाई प्रस्तुत फिराद गर्न आएको छु । पुनः श्री ५ को सरकारको नाउँमा दर्ता गर्ने गरी भएको मालपोत कार्यालयको ०५०।११।१ को निर्णय एवं दर्ता समेत बदर गरी उक्त जग्गा मेरा नाउँमा दर्ता गरी मेरो हक कायम समेत गरीपाउँ भन्ने समेत व्यहोराको नौमानसिं तामाङ्गको पुनरावेदन अदालतमा दायर भएको फिरादपत्र । ३. फिरादीले सो जग्गा फिल्डबुकको कैफियतमा वन भनि लेखिएको कुरा उल