निर्णय नं. ७४०० - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४०० - लिखत दर्ता बदर दर्ता भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/०३/२५ २७७१ निर्णय नं. ७४०० ने.का.प.२०६१ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५५ सालको दे.पु.नं. ५२२५ फैसला मितिः२०६१।३।२५।६ मुद्दा :– लिखत दर्ता बदर दर्ता पुनरावेदक प्रतिवादीः मोरङ जिल्ला वनीगामा गा.वि.स. वडा नं. १ बस्ने विष्णुलाल गिरी विरुद्ध प्रत्यर्थी वादी : मोरङ जिल्ला तेत्तरिया गा.वि.स. वडा नं. २ बस्ने कृष्णलाल सरदार थारु समेत § अदालतबाट चलन पूर्जी पाएको मध्ये दर्ता हुन नसकेको जग्गा प्रतिवादी पन्नालालले राजिनामा गरी बेचिसकेको कुरा स्वभावतः चलन पूर्जी पाइसकेपछि मात्र थाहा हुन आएको हुनाले सो कि.नं. ८४ मध्येको केही जग्गा शुरुमा पन्नालालले शिवलाल र तुलसा गिरीलाई ०३३।११।२७ मा राजिनामा लिखत गरी दिएको कुरा वादीहरुले समयमा नैं थाहा पाइसकेको भन्न नमिल्ने । § अंश सम्वन्धी मुद्दाको अदालती निर्णयमा वण्डापत्र नै वदर हुने ठहर भएकोले विवादित जग्गामा पन्नालालको नै स्वामित्व रहेको ठहरिन नआउने । (प्र.नं. १५) § अदालतको चलन पूर्जीबाट कानून बमोजिम चलन पाएको आफ्नो हक र स्वामित्वको जग्गाका सम्बन्धमा आफूले थाहा पाएको मितिले कानूनको म्यादभित्र दायर गरेको फिराद दावी हदम्याद नाघि परेको भन्न नमिल्ने । § पुनरावेदक प्रतिवादी समेतले वादीहरुले दायर गरी अंश पाउने ठहर भएको विवादित जग्गा समेत तायदातीमा परेको उल्लेखित अंश मुद्दाहरुको फैसला वदर मुद्दामा वादीको दावी वमोजिम नहुने ठहरी फैसला भएको भन्ने प्रमाण मिसिलवाट देखिएको अवस्थावाट पनि यस मुद्दाका वादीहरुको अंश मुद्दाको फैसला वमोजिम प्राप्त हक सुरक्षित रहेको मान्नु पर्ने । § फैसला वदर मुद्दावाट पनि वादीहरुको अंश मुद्दावाट प्राप्त हक सुरक्षित हुन गई प्रस्तुत मुद्दाको वादीको दावी खम्वीर हुन जाने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ताहरु श्री शम्भु थापा, श्री भीमवहादुर ढकाल, श्री हरिकृष्ण कार्की र श्री जानकीप्रसाद गिरी प्रत्यर्थी वादी तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री गोपाल गुरागाई र श्री वालकृष्ण न्यौपाने अवलम्वित नजिरः फैसला न्या.सुशीला सिंह सिलुः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत विराटनगरको मिति ०५१।१०।३ को फैसला उपर मुद्दा दोहोर्याई पाउँ भनि पर्न आएको निवेदनमा मुद्दा दोहोर्याउने निस्सा पाई दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर प्रकार छ :– २. स्व. पिता पति भुटाई सरदार थारुका ३ पत्नीमा जेठी लखी, माइली चन्द्रावति र कान्छी म फिरादी जमुना देवी हौं । जेठीको १ मात्र छोरा ठक्कु सरदार थारु, माइलीका ४ छोरामा जेठा पन्नालाल, माइला फिराशलाल, साहिला पन्चलाल र कान्छा लछनलाल सरदार थारु हौं । पिता पतिको ०३२ सालमा स्वर्गारोहण भएपछि विपक्षीहरुले हामीलाई मंजुरीनैं नलिई मिति २०१७।१।७ मा अंशवण्डा पास गरी लिंदा उक्त लेखत बदर गरी १० अंश भागको ४ भाग अंश पाउँ भनि दे.नं. ५०९ मा नालेश गरेकोमा नाबालक संरक्षक भै नालेश गरेको नदेखिएको १० भागको १ भाग म जमुनादेवीले अंश पाउने ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाबाट ०३७ सालमा भएको फैसला सर्वोच्च अदालत समेतबाट ०४१।३।१९ गते अन्तिम फैसला भएको । ३ भाइ छोराको अंश नछुटिृएकोले १० भागको ३ भाग अंश पाउँ भनि मुद्दा परी १० भागको ३ भाग अंश छुट्टयाई दिने ठहरी ०३९।१०।६ मा मोरङ जिल्ला अदा