निर्णय नं. ७३७३ - लेनदेन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३७३ - लेनदेन । भाग: ४६ साल: २०६१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/०४/२९ ४००७ निर्णय नं.७३७३ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री हरिजंग सिजापती सम्वत २०५६ सालको दे.पु.नं. ... ५९०० फैसला मितिः २०६१।४।२९।६ मुद्दाः– लेनदेन । पुनरावेदक प्रतिवादी जिल्ला सिराहा गा.वि.स. गोविन्दपुर वडा नं. ९ बस्ने पुलकीत महतोको छोरा बर्ष ४७ को वौयलाल महतो कोइरी बिरुद्ध विपक्षी वादी ऐ. ऐ. वडा नं. ७ बस्ने राम कुमार महतो § साहु असामी वनी अचल सम्पत्ति वाहेकको रुपैयाँ लेनदेनको कपाली तमसुकी रुपैयाँको लिखतको बिषयमा दाबी लिने सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा व्यवस्था भएको पाइने र त्यसमा दावी लिने हदम्याद १० बर्ष कायम रहेको पाइन्छ । रजिष्ट्रेशन पारित हुन नसकेको राजीनामाको लिखतको सम्बन्धमा रजिष्ट्रेशनको ६ नं. ले कपाली सरह दावी लिन पाउने व्यवस्था गरेको र कपालीको हकमा लेनदेन व्यवहारको २ नं. ले १० बर्ष भित्र नालेस लाग्ने हुंदा उक्त कपाली सरहको राजीनामा पारित हुन नसकेको लिखतको हकमा पनि उल्लेखित लेनदेन व्यवहारको २ नं. को हदम्याद नै आकर्षित हुने । § लेनदेन व्यवहारको ४० नं. मा यस महलमा अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेको मितिले दुई बर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने व्यवस्था भएको पाइने र उल्लेखित रजिष्ट्रेशनको ६ नं. र लेनदेन व्यवहारको २ नं. को कानूनी व्यवस्था बमोजिम रजिष्ट्रेशन पारित हुन नसकेको राजीनामाको हकमा २ बर्षको हदम्याद आकर्षित हुने देखिदा अन्यत्र हदम्यादको व्यवस्था भएको प्रस्तुत विवाद देखिन आएकोले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने नभै सो को हदम्याद लाग्ने नदेखिने । § यस अदालतवाट घरसारमा खडा भएको राजीनामा लिखत पारित नभए कपाली सरह हुने र कपाली भएपछि सो मा उजुर गर्ने हदम्याद लेनदेन व्यवहारको २ नं. ले १० बर्षको हदम्याद हुने भन्ने सिद्धान्त प्रतिपादन भै रहेको पाइन्छ । त्यसैले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुने र सो अनुरुप दायर भएको फिरादलाई म्याद नाघी दायर भएको भन्न नमिल्ने । § विशेषज्ञद्वारा भरपाइ परीक्षण गराइएकोमा भरपाइमा भएको ल्याप्चे छापहरु, मसी ज्यादा भई रेखाहरु प्रष्ट नबुझिने भएकोले नमूना लिएको ल्याप्चे संग तुलना गर्न नसकिने भन्ने राय व्यक्त भै आएको भन्ने देखिन्छ । यसप्रकार भरपाइको ल्याप्चे छापहरुको रेखाहरु प्रष्ट नदेखिने भनिएको र भरपाइलाई इन्कार गरी वादी र भरपाइ गरी दिने भनिएको विलट महतोले वयान गरेको अबस्थामा त्यस्तो भरपाइलाई प्रमाणयोग्य मान्न नमिल्ने । § सांवा व्यांज प्रतिवादीले बुझाएको प्रमाणित हुन नआएको र लिखत बमोजिमको जग्गा वादी पक्षले भोग गरेको भन्ने प्रतिवादी जिकिर नहुंदा रजिष्ट्रेशनको ६ नं. ले कानून बमोजिमको व्यांज समेत कपाली सरह भराई लिन पाउने नै देखिदा उल्लेखित आधार कारणवाट वादी दावी बमोजिमको सांवा व्यांज वादीले प्रतिवादीवाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालत राजविराजको ०५६।१।१६ को फैसला मिलेकै देखिदा सदर हुने । (प्र.नं. १५ देखि १७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री विजयकुमार राय विपक्षी वादी तर्फवाटः अवलम्वित नजिरः ने.का.प. २०५२, पृष्ठ ३८१, ने.का.प. २०५६, पृष्ठ ५३ फैसला न्या.खिलराज रेग्मीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत राजविराजको ०५६।१।१६ को फैसला उपर यस अदालत समक्ष