निर्णय नं. ७४०१ - – नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिमको उपयुक्त आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४०१ - – नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिमको उपयुक्त आदेश जारी गरी पाउँ भाग: ४६ साल: २०६१ महिना: असोज अंक: ६ फैसला मिति :२०६१/०५/२९ ५०५० निर्णय नं. ७४०१ ने.का.प.२०६१ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री हरिजङ्ग सिजापती सम्वत २०५९ सालको रिट नं. ––––३५७४ आदेश मितिः २०६१।५।२९।३ विषयः– नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिमको उपयुक्त आदेश जारी गरी पाउँ निवेदक पक्षः भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ चपाचो ठिमी स्थित हुकम फर्मास्यूटिकल्स प्रा.लि.कोतर्फबाट अख्तियार प्राप्त ऐ. कम्पनीकाप्रबन्ध संचालक का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने रिलायवल मार्केटिङ्ग इन्टरप्राइजेजको प्रोपाइटर वर्ष ४२ को विजयकुमार दुगड विरुद्ध विपक्षी प्रत्यर्थीः औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिम गठित औद्योगिक प्रबद्र्धन बोर्ड मुकामउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं समेत § दुबै कम्पनी स्वतन्त्र र छुट्टाछुट्टै अविच्छिन्न उत्तराधिकारवाला संस्था भएको र एकअर्कोको सहायक कम्पनी वा उत्तराधिकारी पनि नभएको अवस्थामा निवेदक कम्पनी एवं उक्त हेकष्ट कम्पनीका बीचमा कुनै सम्झौता भई व्यवसाय खरिद बिक्री भएको नभई स्थिर भौतिक सम्पत्ति सम्म खरिद बिक्री भएको देखिंदा साविक हेकष्ट कम्पनीको स्वामित्व परिवर्तन भएको वा नाम फेरेको भन्न मिल्ने अवस्था नदेखिने । § हेकष्ट नेपाल प्रा.लि. मिति ०५५।४।७ को निर्णय बमोजिम खारेज भएको तर निवेदक कम्पनीले उक्त कम्पनीको घर जग्गा एवं अन्य भौतिक सम्पत्ति मिति ०५३।९।२९ मा खरिद गरेको हुँदा दुबै कम्पनी एउटै व्यक्तिले संचालन गरेको उद्योग भन्न मिल्ने अवस्था समेत नदेखिने । § यस अवस्थामा निवेदक उद्योगले हेकष्ट नेपाल प्रा.लि.को भौतिक सम्पत्ति कानून बमोजिम खरिद गरी लिएको कारणले निवेदक कम्पनी उक्त हेकष्ट नेपाल प्रा.लि.को उत्तराधिकारी भएको वा नाम परिवर्तन गरी स्वामित्व परिवर्तन भएको भनि अर्थ गर्न नमिल्ने । § निवेदक कम्पनी कानून बमोजिमको प्रक्रिया पूरा गरी स्थापना भएको देखिएकोले त्यसका कानूनी हैसियत (Legal Status) नयाँ स्थापित कम्पनीको रुपमा देखिन आएको र कुनै पनि कम्पनीले आफ्नो नामको सम्पत्ति खरिद बिक्री गर्न सक्ने कानूनी अधिकार भएको हुँदा कानून बमोजिमको सुविधा निवेदक कम्पनीले पाउने हक सुरक्षित नैं रहेको देखिने । § निवेदक कम्पनीले औद्योगिक व्यवसाय ऐन, २०४९ को तत्कालिन दफा १५(ख) र (ग) बमोजिम आयकर छुटको सुविधा नपाउने भनि भएको विपक्ष एकद्वार समितिको निर्णय एवं सो निर्णय सदर गरेको विपक्ष औद्योगिक प्रबद्र्धन बोर्डको निर्णय औद्योगिक व्यवसाय ऐन, २०४९ को तत्काल प्रचलित दफा १५(ख) र (ग) विपरीत देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १०) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री नरेन्द्र गौतम विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री तेजनारायण यादव अवलम्वित नजिरः आदेश न्या.अनुपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. निवेदक हुकम फर्मास्यूटिकल्स प्रा.लि. औषधी उत्पादन गरी बिक्री वितरण गर्ने उद्देश्य सहित श्री कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति ०५३।४।१८ मा कम्पनी ऐन, २०२१ बमोजिम स्थापना भई औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १० बमोजिम प्रत्यर्थी उद्योग विभागबाट उत्पादनमूलक उद्योगको र