निर्णय नं. ७४०४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४०४ - उत्प्रेषण भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६१/०७/१२ ४३०९ निर्णय नं.७४०४ ने.का.प.२०६१ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्बत २०६० सालका रि.पू.ई.न. ..... २१ आदेश मितिः २०६१।७।१२।५ विषय :— उत्प्रेषण । निवेदकः का.जि.का.म.न.पा.वडा नं. ३२ वस्ने अधिवक्ता राम कृष्ण निराला विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ववरमहल समेत § संविधानको धारा ८८(२) अन्तर्गत यस अदालतवाट विशेषाधिकार सम्पन्न आदेश जारी गरी पाउँ भनी पर्न आएको रिट निवेदनमा निवेदन माग दावीअनुसारको आदेश जारी हुन सक्ने अवस्था रहेको छ, छैन भन्ने सम्वन्धमा साधारण अधिकारक्षेत्र अन्तर्गत उपचार प्राप्त हुन सक्ने वैकल्पिक उपचारको मार्ग भए नभएको सम्वन्धमा प्रारम्भिक रुपमा निरोपण गरिने । § वैकल्पिक उपचारको मार्ग उपलब्ध भएको विषयमा सो मार्ग अवलम्वन नगरी सिधै यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन लाग्न सक्ने नदेखिने । § वैकल्पिक उपचारको मार्गको विद्यमानता रहेको देखिई प्रारम्भिकरुपमा नै रिट निवेदन लाग्न नसक्ने देखिएको हुँदा प्रस्तुत रिट निवेदनमा संयुक्त इजलासवाट उठाइएको कानूनी प्रश्नको निराकरण गरिरहनु पर्ने आवश्यकता देखिन नआउने । निवेदकतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी तथा श्री वद्रिवहादुर कार्की विपक्षीतर्फवाटःविद्वान सह न्यायाधिवक्ता श्री प्रेमराज कार्की अवलम्वित नजिरः आदेश न्या. हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत पर्न आएको रिट निवेदन निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ :— २. म निवेदकले मिति २०५६।४।४ देखि २०५८।१०।८ सम्म प्रत्यर्थी निगमको कानूनी सल्लाहकारको रुपमा काम गरेको थिएँ । सो वापत मासिक पारिश्रमिकको अतिरिक्त वहस गरेको पारिश्रमिक छुट्टै लिने दिने सेवा शर्तको व्यवस्था थियो । म निवेदकले आफ्नो कर्तव्य पालना नगरी प्रत्यर्थी निगमलाई करोडौं नोक्सानी पारेको, झुठा बिल पेश गरी भ्रष्टाचार गरेको भन्ने समेत उजुरी परेको भन्ने आधारमा मिति २०५८।२।१९ मा राजदरवारमा भएको घटना घटेको कारण मिति २०५८।२।२२ मा सार्वजनिक शोक विदा भई काठमाडौं जिल्ला अदालत वन्द रहेको अवस्थामा माउण्टेन भ्वाइजको ५ वटा मुद्दामा बहस गरेको भनी बहस नै नगरी रु. १५,०००।– भुक्तानी लिएको र वन्तलाल श्रेष्ठको रिट निवेदनमा मिति २०५८।४।२६ मा सर्वोच्च अदालतमा बहस गरेको भनी रु. ३०००।– र सावित्री शर्माको रिट निवेदनमा मिति २०५८।४।३० मा उपस्थित भए वापत रु. १५००।– समेत गरी रु. ४५००।– मात्र लिनु पर्नेमा मिति २०५८।९।२८ र २०५८।१०।३ मा दोहरो विल पेश गरी रु. ९०००।– दाहोरो भुक्तानी लिएको र दोहोरो विल पेश गरी रु. १९,५००।–भुक्तानी लिएकोेलाई अन्यथा भन्न नसकी भूल (इखभच क्ष्नजत ) वाट हुन गएको हो भनी स्वीकारेको समेत अवस्थामा रकम रु १९,५००। अनियमित एवं दोहोरो भुक्तानी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ (छ) मा उल्लेखित अनुचित कार्य गरेको देखिन आएकोले सोही ऐनको दफा १२ क बमोजिम अनियमित तवरले लिएको रकम निजवाट भरीभराउ गर्न लगाउन शाही नेपाल वायु सेवा निगमलाई लेखी पठाउने र निजले गरेको