निर्णय नं. ७४०५ - निखनाई पाउ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४०५ - निखनाई पाउ भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६१/०३/३१ २२९८ निर्णय नं.७४०५ ने.का.प.२०६१ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री अनुपराज शर्मा सम्वत २०६० सालको दे. पु. ई. नं. .. ३५ फैसला मितिः २०६१।३।३१।५ मुद्दा :– निखनाई पाउँ । पुनरावेदक प्रतिवादीः का. जि. का. म. न. पा. वडा नं. ३३ ज्ञानेश्वर वस्ने लक्ष्मीदत्त भट्ट विरुद्ध प्रत्यर्थी वादीः ऐ. वडा नं. ८ देवपाटन वस्ने रामकृष्ण श्रेष्ठको मु.स. गर्ने दिलमाया श्रेष्ठ § पुनरावेदक प्रतिवादीले दावीको जग्गा घरवासको लागि नै खरिद गरेको हो भन्ने पुष्टी गर्न सक्ने कुनै आधार र कारण मिसिल संलग्न प्रमाणवाट देखिन नआएको अवस्थामा केवल प्रतिउत्तर पत्रमा आफू सुदूर पश्चिमको व्यक्ति भएको र काठमाडौंमा कति पनि जग्गा नभएकोले घरवासको लागि विवादित जग्गा खरिद गरेको भन्ने जिकिरको आधारमा मात्र विवादित जग्गा निजले घरवासको लागि खरिद गरेको मान्न नमिल्ने । § लेनदेन व्यवहारको १२ नं. मा घरवासको लागी खरिद गरेको २–०–० रोपनी जग्गासम्म मोहीले निखन्न नपाउने कानूनी व्यवस्थाको आधारमा वादीले पुरै २–०–२ जग्गा निखनाई लिन पाउने ठहराएको शुरुको सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला ज. रो २–०–० जग्गा निखनाई दिने ठहराएको हदसम्म केही उल्टी गरी सो भन्दा वढि जग्गा रोपनी ०–०–२ जग्गा वादीले निखनी लिन पाउँने ठहराएको यस अदालत संयुक्त इजलासको रायसंग सहमत हुन नसकिने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री शंभु थापा प्रत्यर्थी वादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र अधिवक्ताहरु श्री श्रीहरि अर्याल र श्री खेमराज पौडेल अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत, पाटनको मिति २०५१।१।११ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा मुद्दा दोहोर्याउने निस्सा प्रदान भई निर्णयार्थ पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः– २. म वादीको आमाका नाउँमा मोही दर्ता रही मैले कमाई आएको वत्तिसपुतली वार्ड नं. ७ (ख) कि. नं. २३ को ४–१–० जग्गा जग्गाधनीले प्रतिवादीहरुलाई राजीनामा गरेको र आमा शिव कुमारी मरी निजको म एक मात्र छोरा भएको हुँदा मोहीले निखन्न पाउने कानूनी व्यवस्थाअनुसार निखन्न पाउँ भन्ने निवेदन गरेकोमा आधा जग्गा किनेका प्रतिवादी रणवहादुरले निखन्न दिन मन्जुर छ भन्ने प्रतिउत्तर गरेको र प्रतिवादी लक्ष्मीदत्त भट्टले घरवारीका लागि किनेको जग्गा हुँदा निखन्न दिन मन्जुर छैन भन्ने प्रतिउत्तर गरेकोमा वादीका नाउँमा मोही दर्ता नदेखिएकोले निखनी लिन पाउँदैन भन्ने मालपोत कार्यालय काठमाडौंवाट निर्णय भयो । सो उपर जिल्ला कार्यालय काठमाडौंमा मेरो पुनरावेदन परेकोमा मोहियानी हक नामसारी हुने ठहराई नामसारी भएकोले निखनाई पाउँछ भन्ने फैसला भयो । सो फैसला उपर लक्ष्मीदत्त भट्टको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा मोही हो, होइन भन्ने कुराको प्रमाण वुझी न्याय दिन पर्ने र त्यसका लागि अदालतमा नालेश गर्न जानु भनी सुनाउनु पर्ने भन्ने फैसला भए उपर सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा पूर्ण इजलासवाट प्रमाण वुझी इन्साफ गर्न अदालत जानु भनी सुनाउनु पर्नेमा अधिकारक्