निर्णय नं. ७३७५ - दर्तावदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३७५ - दर्तावदर । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/०४/२१ ३१०५ निर्णय नं.७३७५ ने.का.प.२०६१ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री हरिजंग सिजापती सम्बत् २०६० सालको दे.पू.ई.नं. .३९ फैसला मितिः २०६१।४।२१।५ मुद्दा :– दर्तावदर । पुनरावेदक प्रतिवादीःझापा जिल्ला धुलावारी गा.वि.स. वडा नं. १ वस्ने चन्द्र कुमार रसाइलीको मु.स.गर्ने श्रीमती सीता देवी रसाइली विरुद्ध प्रत्यर्थी वादीः झापा जिल्ला धुलावारी गा.वि.स. वडा नं. ५ वस्ने पवित्रा गड्तौला § विवादको जग्गा पुनरावेदक प्रतिवादीले भोगाधिकारका आधारमा दर्ता गराएको र पछि नरबढीको आधारमा थप गरेको जग्गा पहिले ऐलानी भई सरकारी भन्नेमा विवाद नभएको अवस्था हुनुका साथै हक वेहकको प्रश्न उठाइ उजूरी परेको देखिदां सो जग्गा सम्बन्धी हक वेहकको प्रश्नमा वन क्षेत्र सुदृढीकरण विशेष अदालतले उजूरी सुनी निर्णय गर्न नपाउने भन्ने पुनरावेदक प्रतिवादीतर्फका कानून व्यवसायीको तर्कसंग सहमत हुन नसकिने । § विवादको जग्गामा प्रत्यर्थी वादीले पहिले देखि नै घर वनाई सो घर र घरले चर्चेको सो परिमाणको क्षेत्रफल जग्गा भोगसम्म गर्दै आएको भन्नेमा विवाद देखिंदैन । यसरी आफूले वनाई भोग गर्दै आइरहेको घर जग्गाको विषयमा उजूरी नै गर्न पाइदैन भन्न नमिल्ने । § जग्गा (नाप जांच) ऐन, २०१९ र अन्य कानूनी व्यवस्था तथा श्रेस्तावाट जग्गाको स्वामित्व प्रतिवादीमा नै रहेको ठहर भएको अवस्थामा उक्त जग्गामा वादीले घर वनाई भोगी आएकै कारणले मात्र प्रतिकूल भोग (Adverse Possession) को अवधारणाको आधारमा स्वामित्व समेत पाउने कानूनी व्यवस्था समेत नहुँदा विवादित जग्गामा वनेको घर र सो घरले चर्चेको आंगनमा वादीको भोगाधिकार रहेको ठहर भएकै आधारमा स्वामित्व समेत कायम हुनुपर्छ भन्न नमिल्ने । § लामो समय देखि घर निर्माण गरी भोग गर्दै आएको सो घर र घरले चर्चेको जग्गामा प्रत्यर्थी वादी पवित्राको भोगाधिकारसम्म रहने अवस्था देखिन आएकोमा वादी दावी वमोजिम पुनरावेदक वादीले ०४२।१०।२१ को निर्णय समेत वमोजिम गराएको निजका नाउंको दर्ता वदर हुनसक्ने अवस्था देखिन नआउने । § आधिकारिक रुपबाट वादीले हक स्वामित्व प्राप्त नगरेको अवस्थामा प्रत्यर्थी वादीको दावी वमोजिम पुनरावेदक प्रतिवादी चन्द्र कुमार रसाइलीका नाउंमा भएको दर्ता वदर गर्ने ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको नदेखिदा सो फैसला उल्टी भै । दर्ता वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्नुका साथै संयुक्त इजलासका माननीय न्यायाधीशहरुवाट फिराद खारेज हुने र दावी वमोजिम दर्ता वदर हुने भनी व्यक्त गरेको दुवै राय मिलेको नदेखिंदा सहमत हुन नसकिने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती प्रत्यर्थी वादीतर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजिरः फैसला प्र.न्या.गोविन्दवहादुर श्रेष्ठः पुनरावेदन अदालत इलामको मिति २०५१।१२।१५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) अन्तर्गत परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) अन्तर्गत पर्नआएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. झापा धुलाबारी गा.पं. वार्ड नं. २ भित्र रहेको शान्तिनगर र बुधबारे जाने बाटो छुट्टिएको ठाउँको त्रिकोण आकारको जग्गा