निर्णय नं. ७३७८ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३७८ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउं । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/०४/१९ ४४४१ निर्णय नं.७३७८ ने.का.प.२०६१ अङ्क ५ संयक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत् २०६० सालको रिट नं. ...३४२७ आदेश मितिः २०६१।४।१९।३ बिषयः उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउं । निवेदकः टेक्सयार्न रिसाइक्लिङ्ग मिल्स (प्रा.) लि. मधवलिया गा.वि.स. रुपन्देहीका तर्फवाट र आफ्नो हकमा समेत अधिकार प्राप्त संचालक समितिको कार्यकारी अध्यक्ष कौशल ज्ञवाली विरुद्ध बिपक्षीः नेपाल औद्योगिक विकास निगम समेत § बिपक्षी औद्योगिक विकास निगमलाई नेपाल औद्योगिक विकास निगम ऐन २०४६ को दफा ६.४.१ ले ऋण असुलीका लागि ऋणी उद्योगको धितो वा अन्य सम्पत्तिहरु लिलाम समेतको कार्य गर्न सक्ने अधिकार प्रदान गरेको अवस्था देखिन्छ । तसर्थ सम्पत्ति लिलामको कारवाही पश्चात पनि ऋण असुल हुन नसके न्यायाधिकरण समक्ष उजुरी दिन सक्ने नै देखिन आउदा लिलामको कारवाही नगरी न्यायाधीकरणमा जानु पर्छ भन्न नमिल्ने । § कानूनको व्याख्या र प्रयोग गर्दा यथासंभव सबै कानूनी व्यवस्थाहरु क्रियाशील र सार्थक हुने गरी व्याख्या गर्नुपर्दछ । कानूनमा नै अन्यथा व्यवस्था नभए सम्म एउटा कानूनी व्यवस्थाको अर्थ र व्याख्या गर्दा अर्को कानूनी व्यवस्था निरर्थक हुने गरी व्याख्या गर्न नहुने । § बिपक्षी निगमको निवेदक ऋणीको धितोमा रहेको सम्पत्तिहरु लिलाम विक्री गर्ने सम्बन्धमा सूचना प्रकाशित गर्ने समेतका काम कारवाहीहरु अधिकार क्षेत्रको अतिक्रमण वा कानूनी क्षेत्राधिकारविहीन रहेको भन्न मिल्ने देखिन नआउने । § कानूनसम्मत तरिकाले निवेदक प्रा.लि.ले ऋण लिंदा दिएको जेथा जमानीवाट ऋण असुलीतर्फ गरेको बिपक्षी निगमको काम कार्यवाहीमा कुनै किसिमको त्रुटी विद्यमान रहेको नदेखिनुका साथै बिपक्षी निगमको काम कार्यवाहीवाट निवेदकको कुनै कानूनी एवं संवैधानिकहक अधिकारमा आघात पुगेको अवस्था समेत देखिन नआएवाट मांग वमोजिम रिट जारी गर्न नमिल्ने । (प्र.नं. ८) निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री अर्थवहादुर हमाल विपक्षीतर्फवाटः विद्वान अधिवक्ता श्री प्रकाश राउत अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. टेक्स यार्न रिसाइक्लिङ्ग मिल्स प्रा.लि. कंपनी ऐन, २०२१ बमोजिम मिति २०५२।४।३० मा कम्पनीको रुपमा दर्ता भई मिति २०५२।८।२४ मा औद्योगिक व्यवसाय ऐन, २०४९ वमोजिम उद्योगको रुपमा दर्ता भएको मझौला उद्योग हो । उद्योग स्थापना गर्न बिपक्षी नेपाल औद्योगिक विकास निगमले २०५४ सालमा स्थिर पूँजीको लागि मात्र रु.२,६४,६९०००।– ऋण स्वीकृत गरेकोमा पटक पटक गरी करिव रु.१,८२,००,०००।– उद्योगले उपभोग गरेकोमा सो ऋण मिति २०५८ साल बैशाखमा २०६७ साल आषाढ मसान्त सम्ममा चुक्ता गर्ने गरी रिसिड्यूल भए पश्चात समेत गरी करिव रु.५०,००,०००।– वुझाई सकिएको छ । शर्त अनुसार ऋण भुक्तान गर्न नसकेको बिपक्षी निगमलाई जानकारी गराउनका साथै श्री ५ को सरकारद्वारा गठित रुग्ण उद्योग पुनरुत्थान समितिवाट रुग्ण उद्योगले पाउने सुविधाको लागि आवश्यक प्रयासरत रहेको र वर्तमान द्वन्दको अवस्थाले गर्दा सारै संकटमा परेपनि ऋण तिर्न प्रयासरत भएको तथ्य निवेदन गर्दछु । यस्तो अवस्थामा बिपक्षीले मिति २०६०।१०