निर्णय नं. ३७८३ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८३ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०४/२६ २२५३ निर्णय नं. ३७८३ ने.का.प. २०४६ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रि.पू.इ. नं. ६१ आदेश भएको मिति : २०४६।४।२४।३ मा संयुक्त इजलासबाट आदेश भएको मिति : २०४४।५।१७ निवेदक : जिल्ला संखुवासभा स्वामी गा.पं. वडा नं. ३ बस्ने चन्द्रबहादुर राई विरुद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय संखुवासभासमेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ (१) मुद्दाको विषय फरक छ, आयस्ता खाएको वर्ष र मुद्दाको कारण भिन्न देखिन्छ, ऋण रकम निश्चित गरिपाउँ भन्ने विषय मिलेको कारणबाट मात्र अ.बं. ८५ नं. लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली प्रत्यर्थी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट निवेदक रनप्रसाद चुहान क्षेत्री विरुद्ध भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय, ताप्लेजुङ भएको २०२७ सालको रिट नम्बर ८४१ को उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिटनिवेदनमा मिति २०२८।७।९ मा भएको रुलिङसंग सहमत हुन नसकेको भनी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम पूर्ण इजलास समक्ष पेश हुनआएको प्रस्तुत रिटनिवेदनको तथ्य यसप्रकारछ :– २. जिल्ला संखुवासभा स्वामी गा.पं. मा पर्ने सार्की डाँडा रैकर खेत समेतका १३ कित्ता जग्गा मध्ये ३ कित्ता रैकर र १० कित्ता किपट जग्गाहरू पिता जफतजंग राईका नाममा दर्ता भई भोगचलन हुँदै आएका जग्गा हुन् पिता जफतजंग ऋणी र विपक्षी भोलामान धनी भई २०२२।३।३१ को र.नं. १८१७ को पारित लिखत अनुसार ४०,७५०।– को लेनदेनमा उल्लिखित १३ कित्ताका जग्गाहरू विपक्षीले भोगबन्धकीको रुपमा भोगचलन गर्दै आउनु भएको छ उल्लिखित १३ कित्ता जग्गा मध्ये चालिसे भन्ने रैकर खेत निवेदकले अधिया कमाई आधा बाली विपक्षीलाई बुझाई आएको र अन्य जग्गाहरू विभिन्न मोहीहरूले कमाई विपक्षी भोलामानलाई बाली बुझाउँदै आएका छन् । भूमिसुधार ऐन, २०२१ को दफा ४५(च) अनुसार थैलीको सयकडा १० भन्दा बढी आयस्ता पाउने गरी भोगबन्धकी भोग गरेको भए पाए जति सबै आयस्तालाई नगदीमा परिणत गरी सयकडा १० भन्दा बढी ठहरीन आएको रकम साँवामा कट्टा भएको मानिने कानुनी व्यवस्था अनुरुप पिता जफतजंगको ऋण निश्चित गरिपाउँ भन्ने उजूरी निवेदन उपर कारवाही भई २०२६।५।३०।६ को जिल्ला भूमिसुधार कार्यालय, संखुवासभाको फैसला अनुसार उल्लिखित १३ कित्ता जग्गा मध्ये भूमिसुधार ऐन, २०२१ को दफा ४५(घ) बमोजिम किपट जग्गाको भोगबन्धकीबाट खाएको आयस्ता साँवामा कट्टा नगरी ३ कित्ता रैकर जग्गाबाट मात्र साहुले खाएको आयस्ता निश्चित भई साँवा कट्टा भई रु. ३२,०७४।२८ थैली कायम भएको थियो । प्रचलित नेपाल कानुनद्वारा निर्दिष्ट कानुनी व्यवस्था भन्दा बढी ब्याज अन्तर्गत विपक्षीले खाएका र भूमिसुधार ऐन, २०२१ को दफा ४५(घ) अनुसार कानुन वा रीतिस्थिति चलन अनुसार फार्छे वा राजीनामा नहुने किपट जग्गाको हकमा प्रस्तुत प्रतिबन्धात्मक वाक्यांश लागू हुनुभन्दा अगाडिको भोगबन्धकी खाए बनाएकोमा मात्र दफा ४५(घ) बमोजिम भोगबन्धकीको साँवा कट्टा नगरिने व्यवस्था भूमिसम्बन्धी ऐन, तेश्रो संशोधन, २०२५ मा कायम भएकोले उल्लिखित किपट जग्गाहरू राज