निर्णय नं. ३७८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०४/२४ २०२४ निर्णय नं. ३७८४ ने.का.प. २०४६ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट.पु ई.नं. ४६ आदेश भएको मिति : २०४६।४।२४।३ मा डिभिजनबेञ्चको आदेश भएको मिति : २०४३।५।२ निवेदक/रिटनिवेदक : जि.पर्सा हरिहरपुर गा.पं. वार्ड नं. ६ बस्ने नन्दलाल राउत कुर्मी विरुद्ध विपक्षी/प्रत्यर्थी : भू.सु.का.पर्साका भूमिसुधार अधिकारीसमेत विषयः उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मोहीबाट जग्गा झिकी पाउँ भन्ने जग्गाधनीको निवेदन परेपछि मोहीलाई बुझी प्रतिवाद गर्ने मौका दिई निजको कथनलाई समेत विचार गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १२) (२) निवेदकलाई बुझ्दै नबुझी प्रतिवाद गर्ने मौका नै नदिई मोहीबाट जग्गा झिक्ने गरेको निर्णय समेत प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता चूडामणीराज सिंह मल्ल प्रत्यर्थी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०४३।५।२ मा भएको आदेश दोहोर्‍याई पाउँ भनी नंदलाल राउत कुर्मीको हकमा शिवनाथ तिमिल्सिनाले न्यायिक समिति मार्फत चढाई पठाउनु भएको निवेदनपत्रहरू र न्यायिक समितिद्वारा चढाई पठाएको ०४५।२।१६ को पत्र तथा पत्रसाथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४५।२।१८ मा लेखी आई सम्माननीय न्यायाधीशज्यूका २०४५।३।२६ को आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. प्रतिरक्षीका नाउँमा दर्ता भएको जि.पं. हरिहरपुर गा.पं. वार्ड नं. ४ कि.नं. ४८ को ज.वि. ०–७–० जग्गाको म विधिवत मोही हुँ । ०४१।६।२२ का दिन प्रतिरक्षी आई यो जग्गाको मोही निष्काशन भइसकेको छ भनेकोले कसरी भनी सोध्दा गा.पं. बाट घरबारीको लागि मोही निष्काशन गराई भू.सु.का. पर्साबाट लगत कट्टा गराइसकेको भनी जवाफ दिइन । भू.सु.का. पर्साबाट २०४१।६।२४ मा नक्कल लिँदा अवगत भएँ । प्रतिरक्षीले घरबारीको लागि मोहीबाट जग्गा झिकी पाउँ भनी २०४१।१।१८ मा विपक्षी गा.पं. मा निवेदन दिनु भएको रहेछ । म मोहीलाई सफाईको मौका नदिई गा.पं. ले मेरो नाममा म्याद पुर्जी जारी नगरी मोहियानी हकको लगत कट्टा गर्ने भनी २०४१।६।११ मा भू.सु. अधिकारीले निर्णय गरेको देखिन आएको छ । ३. गा.पं. ले मलाई झिकाई मेरो व्यहोरा समेत सुनी निर्णय गर्नुपर्ने भू.सु. अधिकारीले लगत कट्टाको आदेश गर्दा मलाई झिकाई बुझी निर्णय गर्नु पर्नेमा गा.पं. तथा भू.सु. अधिकारी समेतले बुझ्दै नबुझी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्त विपरीत भई बदरभागी छ भूमिसम्बन्धी ऐनको दफा २७(१) ले जग्गाको मोलको सयकडा २५ क्षतिपूर्ति दिने व्यवस्था अनुसार जग्गाको मोल साँधमा चलन चल्तीको बिक्री मोल साँध संधियार राखी कायम गर्नुपर्नेमा गा.पं. आफैंले अनधिकृत किसिमले प्रति कठ्ठा रु. ७,०००।– पर्ने जग्गाको रु. २,४००।– कायम गरी मोहीबाट झिकी लगत कट्टा गर्ने भनी ०४१