निर्णय नं. ३७८५ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७८५ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/०४ २०७४ निर्णय नं. ३७८५ ने.का.प. २०४६ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट पु.इ.नं. ५५ आदेश भएको मिति : २०४६।२।४।१७।३ मा संयुक्त इजलासबाट आदेश भएको मिति : २०४५।४।२६।४ निवेदक/प्रत्यर्थी : जि.वाग्लुड्ड कालिका आदर्श गा.प.वा.नं.६ घर भई को.ले.नि.का.म्याग्दीको लेखापाल बिदुरप्रसाद शर्मा विरुद्ध विपक्षी/रिटनिवेदक : जि.म्याग्दी पुर्लीचौर गा.प.वा.नं.४ घर भई ने.वि.प्रा.वाग्लुड्ड सानो जलविद्युत आयोजनाका स.ले.पा.देवेन्द्रजंग राजभण्डारी विषय : उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ (१) अस्थायी भई काम गरेको अवस्थाको वर्गीकृत क्षेत्रमा रही काम गरे बापतको अड्ढ पाउन सक्ने नै देखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४५।४।२६ गतेको निर्णय दोहोर्याई पाउँ भनी बिदुरप्रसाद शर्माले न्यायिक समिति मार्फत चढाएको निवेदनपत्रमा श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट लेखिआए अनुसार पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. धवलागिरी अञ्चल अन्तर्गतको को.ले.नि.का. म्याग्दीको रिक्त लेखापाल (रा.प.अ. प्रथम श्रेणी प्रशासन सेवा लेखा समुह) पदमा बढुवाद्वारा पदपूर्ति गर्न प्रतिशत निर्धारण भए अनुसार धवलागिरी अञ्चल अदालतका अञ्चल न्यायाधीशज्यूको अध्यक्षतामा मिति २०४४।३।२८ मा बसेको बढुवा समितिको निर्णयले म निवेदकको प्राप्ताड्ड २०७.७२ हुँदा मलाई बढुवा गर्ने गरेको निर्णयलाई बदर गरी धवलागिरी अञ्चलाधीश श्री समुन्द्रकेशर पण्डितले म भन्दा कम अड्ढ २०१.३० भन्दा पनि कम पाउने विपक्षी बिदुरप्रसाद शर्मालाई अस्थायी फरेष्टर बापतको पाउनै नसक्ने वर्गीकृत क्षेत्रको अन्तर्गतको अड्ढ ८.२९ समेत समावेश गरी लेखापाल पदमा बढुवा गरी नियुक्ति दिने मिति २०४४।६।२२ गतेमा निर्णय भएछ । ३. विपक्षी बिदुरप्रसाद शर्मालाई रा.प.अ. द्वितीय फरेष्टर पदमा रही म्याग्दी वन डिभिजन कार्यालय अन्तर्गत रेन्जर कार्यालय तातोपानीमा ३ वर्ष १ महिना १९ दिन काम गरेको भनी ‘ख’ वर्गको वर्गीकृत अड्ढ १२ भएको र अधिकतम हदले गर्दा त्यसमध्ये ८.२९ दिने भनी निजलाई बढुवा गर्ने गरेको नै प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण छ । विपक्षी बिदुरप्रसाद शर्माले त्यो अड्ढ पाउने स्थिति नै छैन । वर्गीकृत क्षेत्रको अड्ढ गणना गर्ने सम्बन्धमा नि.से.नि., २०२१ को नियम २.५(७) ले उपनियम ४ को खण्ड (ख) अनुसार पाउने अड्ढ हाल बहाल रहेको श्रेणी वा श्रेणीका तहमा प्राप्त गरेको भए मात्र गणना गरिने छ भन्ने स्पष्ट व्यवस्था गरेको छ । सो अनुसार बढुवा समितिले विपक्षी विदुरप्रसाद शर्मा हाल बहाल रहेको सहलेखापाल पदमा पाउने वर्गीकृत अड्ढ १६.७१ गणना समेत गरी मेरो भन्दा कम भएकोले मलाई बढुवा गरिएको थियो । सहलेखापाल भन्दा अगाडिको अस्थायी फरेष्टर पदलाई यो पदको बढुवाको प्रयोजनको लागि समेत हाल बहाल रहेको भन्न