निर्णय नं. ३७८६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८६ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/१३ २०५७ निर्णय नं. ३७८६ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. ११८१ आदेश भएको मिति : २०४६।३।१३।३ मा रिटनिवेदक : जिल्ला अदालत गोरखाका स्थायी बहीदार माधवप्रसाद काफ्ले विरुद्ध विपक्षी : गण्डकी अं.अ.का अञ्चल न्यायाधीश श्री बद्रीकुमार बस्नेतसमेत विषय : उत्प्रेषण (१) श्रेणी नखुलेको अवस्थामा नि.से.नि. को उल्लिखित व्यवस्था अनुसार द्वितीय श्रेणी बराबरको अड्ढ दिनलाई कुनै बाधा नदेखिने । (प्रकरण नं. १०) विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. गोरखा जिल्ला अदालत बढुवा समितिबाट राजपत्र अनड्ढित तृतीय श्रेणी न्याय सेवाको विचारी एक पदमा बढुवाद्वारा पूर्ति गर्ने भनी प्रकाशित गरिएको सूचना अनुसार म पनि बढुवाको लागि उम्मेदवार भएको थिएँ । विपक्षी बढुवा समितिको मिति २०४५।५।१९ को निर्णय बमोजिम म निवेदकलाई उक्त रिक्त विचारी पदमा बढुवा गर्ने गरी सिफारिश भई गोरखा जिल्ला अदालतबाट सूचना समेत प्रकाशित भएको थियो । गोरखा जिल्ला अदालत बढुवा समितिको उक्त निर्णय उपर विपक्षी मणीरत्न रिजालको उजूरी परी उजूरीको सन्दर्भमा सम्भाव्य उम्मेदवार मध्ये फाइल पेश गर्ने मणीरत्न रिजालले पेश गरेको टेष्ट पासको मार्कसिट एवं प्रमाणपत्रमा श्रेणी नखुलेकोमा द्वितीय श्रेणीको नम्बर दिनु पर्नेमा तृतीय श्रणीको नम्बर दिएको देखिएकोले उक्त नम्बर कुन नियमको आधारमा दिएको हो खुलाई पठाउन भनी विपक्षी अञ्चल न्यायाधीशज्यूबाट सोधनी गरिएकोमा बढुवा समितिबाट सम्भाव्य उम्मेदवार मणीरत्न रिजालले बढुवा साथ पेश गरेको टेष्ट पासको मार्कसिटमा २ विषय लागेकोले त्यस्तो विषय लागेको मार्कसिटलाई तृतीय श्रेणीको अड्ढ दिइने बढुवा समितिको निर्णय भएकोले सोही अनुसार तृतीय श्रेणीको अंक दिइएको हो भन्ने समेत व्यहोराको जवाफ दिइएको थियो । विपक्षी अञ्चल न्यायाधीशज्यूबाट सो विषयमा २०४५।९।२० मा गरेको निर्णयमा सम्भाव्य उम्मेदवार मध्येको ब.श्री माधवप्रसाद काफ्लेको रा.प.अं. चतुर्थ श्रेणीको ५।६।२ वर्ष काम गरे बापत जेष्ठता अड्ढ २२.०२ शैक्षिक योग्यता बापत नि.से.नि., २०२१ को नियम ३.५(६)(क) अनुसार पाउने ३२.०० तालीम बापत पाउने नम्बर ९.००, का.स.मु. मा प्राप्त गरेको ११२ तथा वर्गीकृत क्षेत्रमा काम गरे बापत पाउने अड्ढ २३.४० समेत जम्मा १९८.४२ हुने र त्यस्तै सम्भाव्य उम्मेदवार ब.श्री मणीरत्न रिजालले रा.प.अं. चतुर्थ श्रेणीमा ५।२।२६ अवधि काम गरे बापत जेष्ठताको अड्ढ २०.९४, नि.से.नि., २०२१ को नियम ३.५(६)(क) अनुसार न्यूनतम शैक्षिक योग्यता बापत द्वितीय श्रेणीमा पास गरेको सर्टिफिकेटको आधारमा पाउने अड्ढ ३६.०० तथा सो भन्दा माथिको एक शैक्षिक उपाधि बापत श्रेणी नखुलेकोेले पाउने द्वितीय श्रेणीको अड्ढ १७.०० समेत गरी शैक्षिक योग्यताबाट पाउने अड्ढ ५३ तथा का.स.मु. बापत पाउने औसत अड्ढ ११२ तथा वर्गीकृत क्षेत्रमा काम गरे बापत पाउने अड्ढ १४.५३ समेत गरी जम्मा २००.४७ भएकाले बढी अड्ढ प्राप्त गर्ने मणीरत्न रिजाललाई बढुवाको लागि सिफारिश गर्नु पर्नेमा सो भन्दा कम अड्ढ प्राप्त गर्ने ब. माधवप्रसाद काफ्लेलाई विचारी पद