निर्णय नं. ३७८७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८७ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/१२/३० २३३२ निर्णय नं. ३७८७ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ४३३ फैसला भएको मिति : २०४५।१२।३०।४ मा पुनरावेदक/वादी : हरिबहादुर बयालकोटीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.गोरखा गोरखकाली गा.पं. वडा नं. ३ बस्ने सनमाने बसेल सार्कीसमेत मुद्दा : कर्तव्य ज्यान (१) मृतक झुण्डिने अवस्थामा विरोध प्रकट भएको नदेखिँदा मृत्युको मतलवमा प्र. नपसेको नरहेको भन्न मान्न नमिल्ने । (प्रकरण नं. २५) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४३।१।८ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. मेरो दाजु कृष्णबहादुर २०३९।८।२४ गते खस्रे कालेको घरमा रतौली हेर्न जानु भएको घर नफर्केको र ऐ. वडा नं. ७ जुगेपानीको बरड्यांग्राको रुखमा झुण्डी मरिरहेको, मेरो पुसाइले देखी खबर गरेकाले लाश सुरक्षित राखी जाहेर गर्न आएको छु, आवश्यक कारवाही गरिपाउँ भन्ने समेतको २०३८।८।२५ को हरिबहादुरको जाहेरी दरखास्त । ३. मृत्युको कारण झुण्डी सास बन्द भएको भन्ने समेतको २०३९।८।२५ को लाश जाँच प्रतिवेदन । ४. मेरो दाजु कृष्णबहादुरलाई सुकदेब सार्की, सनमान सार्की, गोथे सार्की, गोथे बस्नेत, सुकुन्द्री सर्केनी समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेतको हरिबहादुरको दोस्रो जाहेरी । ५. २०३९।८।२४ गते राती उज्यालो हुने बेलामा जुगेपानीको तल्लो चौतारा मुनि चौरमा सनमानले घाँटीमा समात्ने, गोथे सार्कीले हातमा र गोथे बस्नेतले गोडामा समाती सुकदेवले नाम्लो घाँटीमा कस्ने गरी मारी बरड्याँग्राको रुखमा लगी झुण्डयाएका हुन्, नाम्लो मेरो हो । म कराउन लाग्दा कराइस भने तेरो पनि यही गति हुन्छ भनेका र कसैले नभन्नु भनेकाले कसैलाई भनेकी छैन भन्ने समेतको सुकुन्द्री भन्ने सुमित्रा सर्केनीले प्रहरीमा गरेको बयान कागज । ६. २०३९।८।२४ गते विवाहको रतौली हेर्न गई रातभर नाच हेरी बिहान उज्यालो भएपछि म घर गएको हुँ । सुमित्राको बयान अनुसार म समेत भई कर्तव्य गरी मारेको हैन भन्ने समेत सनमान सार्कीले प्रहरीमा गरेको बयान कागज । ७. २०३९।८।२४ गते म रतौली हेर्न गएको थिएँ । सनमान समेतका २०।२२ जना जम्मा भएका थिए बिहान अं. ४ बजे मृतकले सुकुन्द्रीलाई जाउँ भनी तानी लगेको त्यसपछि गोथे बस्नेत पनि गएको हो । सुकदेव ३ बजे तिर गए जस्तो लाग्छ । सनमान उज्यालो भएपछि र म ६ बजे घर गएका हौ । कृष्णबहादुरलाई म समेतले मारेको हैन भन्ने समेतको गोथे सार्कीले प्रहरीमा गरेको बयान कागज । ८. २०३९।८।२४ गते साँझ ९ बजे रतौली हेर्न गई १२ बजेतिर म र मेरी श्रीमती घरमा गयांै । म समेत भई कर्तव्य गरी मारेको हैन कसले मारे थाहा छैन भन्ने समेतको सुकदेव सार्कीले प्रहरीमा गरेको बयान कागज । ९. २०३९।८।२४ गते मेरै गाउँको बाबुराम सार्कीको विवाहमा राती १२ बजे पुगी नाच हेरे । अं. ३ बजे कृष्णबहादुरले सुकुन्द्रीलाई जाउँ भनी तानी लगेको । अं. साढे चार बजे घरमा गएको भोलिपल्ट कृष्णबहादुर झुण्डी मरेको थाहा पाएको हुँ । मैले मारेको हैन भन्ने समेतको दिलबहादुर बस्नेतले प्रहरीमा गरेको बयान कागज । १०. कृष्णबह