निर्णय नं. ७४०८ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४०८ - भ्रष्टाचार भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/१२/०२ ३३१४ निर्णय नं.७४०८ ने.का.प.२०६१ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत् २०५५ सालको फौ.पु.नं. .....२०३८ फैसला मितिः २०६०।१२।२।२ मुद्दा :– भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः जिल्ला ताप्लेजुङ्ग म्याङलुङ गाउँ विकास समिति वडा नं. ७ वस्ने तत्कालिन डिपो कार्यालय, पाँचथर गोपेटारका क्लर्क खेमप्रसाद ढुङ्गाना विरुद्ध विपक्षी वादीः नेपाल खाद्य संस्थान शाखा कार्यालय, पाँचथरको पत्रले श्री ५ को सरकार § सामान नै नहेरी श्रेस्ताअनुसार वुझेको हुँ भन्ने प्रतिवादीको भनाइबाट नै लापरवाही गरेको तथ्य स्थापित हुन आउने । § लापरवाही गरेको तथ्यमा सावित भएपछि आफ्नो जिम्मामा रहेको सामानको उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने कानूनी दायित्वबाट निजले उन्मुक्ति पाउन सक्ने अवस्था नदेखिने । § लापरवाही गरेको कारणबाट संस्थाको जिन्सी हिनामिना भै हानी नोक्सानी पुर्याएको कार्यलाई भ्रष्टाचारको कसूर मानिने कानूनी व्यवस्था भएकोले प्रतिवादीले कसूरबाट सफाइ पाउनु पर्दछ भनी लिएको जिकिर र यस अदालतबाट विपक्षी झिकाउँदा उदृत गरिएको नजिर समेत प्रस्तुत विवादको सन्दर्भमा उपयुक्त र ग्रहणयोग्य नदेखिने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला विपक्षी वादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत इलामको मिति २०५३।१०।१५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) वमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- २. यस शाखा कार्यालय अन्तर्गतको डिपो कार्यालय गोपेटारमा कार्यरत क्लर्क श्री खेमप्रसाद ढुङ्गाना त्यस डिपो कार्यालयमा कार्यरत भै कारोवार गर्दा निज जिम्मा रहेको खाद्यान्न मिति २०५०।२।३० र २०५०।३।३१ मा डिपो प्रमुख राजलालप्रसाद शाहलाई वरवुझारथ गर्दा खाद्यान्न एवं वोरा धरौटी भएको हुँदा संस्थानको विक्री मूल्यअनुसार हुने रकम रु. ९०,८०७। मध्ये यस कार्यालयमा निजले वैंक दाखिला गरेको रकम र तलवबाट कटृा भएको रकम रु. १२५३०।६७ कटृा गरी वाँकी रकम रु. ७८२७५।३३ भ्रष्टाचारमा कारवाही चलाई असूल उपर गरी दिनुहुन भनी नेपाल खाद्य संस्थान शाखा कार्यालय पाँचथरको मिति २०५०।५।६ को जिल्ला प्रशासन कार्यालय पाँचथर फिदिमलाई लेखेको पत्र । ३. अरुवा आउ वाँस चामल ४६६.३० क्विण्टल, उसिना र मोटा चामल ३९.४५ क्वीन्टल वरवुझारथ गर्दा त्यस मध्ये अरुवा आउ वांस चामल ५३.३७ क्वीण्टल र उसिना मोटा चामल ३१.५९ क्वीण्टल वुझाउंदा घटी बुझाएको हुँ । म चामलको रुपैया दाखिला गर्न ७ दिन १५ दिनमा पाँचथर फिदिममा आउने जाने गर्थें । सो अवस्थामा डिपो प्रमुख वावुराम अधिकारीलाई चावी दिने गरेको थिएंँ । सो अवस्थामा म गोदाममा गई के कति खाद्यान्न छ भनी हेरिन । विश्वासमा थिएँ । तत्काल गोदाम खाली गर्न सकिने अवस्था पनि थिएन । मैले तत्कालिन डिपो प्रमुख वावुराम अधिकारीबाट ४८५ क्वीण्टल खाद्यान्न चामल २०४८ माघमा गोदामको खाता हेरी खाताअनुसार सही गरी बुझी लिएको हुं । मैले निज वावुरामलाई चावी दिंदा विश्वासमा दिएको हुँ । यस्मा कारवाही भएमा तिर्न मन्जुर छु । मैले मासेको चामल मध्येबाट नेपाल बैंक लिमिटेड, फिदिममा तलव कटृा गरी १२५३१।६७ पैसा जम्मा गरी सकेको छु । वोराहरुको मूल्य ठहरे वमोजिम वुझाउन तयार छु । मेरो जिम्माको खाद्यान्न चामल