निर्णय नं. ३७८८ - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८८ - जिउ मास्ने बेच्ने भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०१/२६ २२४८ निर्णय नं. ३७८८ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ६१८ फैसला भएको मिति : २०४६।१।२६।२ मा पुनरावेदक/वादी : सिता मगर्नीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.चितवन भ.न.पं. वडा नं. ११ बस्ने राजु तामाङ मुद्दा : जिउ मास्ने बेच्ने (१) प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार प्रहरीमा भएको कागज एवं सरजमीनको व्यहोराले निजहरू अदालतमा उपस्थित भई साक्षीको रुपमा बयान नगरेसम्म प्रमाणको रुप लिनसक्ने नदेखिने । (प्रकरण नं. १३) (२) प्रहरीमा भएको साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेकोले केवल प्रहरीमा भएको साविती बयानकै आधारमा मात्र सबूद प्रमाणको अभावमा कसूरदार ठहराउन न्यायोचित नहुने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. भारत बम्बई गई बसेका केटीहरूलाई जमुनियल एण्ड पुलिस यूनिट क्राइम ब्रान्च सि.आई.डि. बम्बईको पत्रसाथ भारतीय प्रहरीद्वारा यस कार्यालयमा प्राप्त हुन आएका केटीहरू मध्ये सीता मगर्नीलाई भारत लगी बिक्री गरेको भनी निज सीताले देखाएको राजु तामाङ उपर कारवाही हुन अनुरोध छ भन्ने समेत व्यहोराको जि.प्र.का. नवलपरासीले जि.प्र.का. चितवनलाई लेखेको पत्र । ३. म र राजु नारायणगढ पुलनिर मिति २०४१।४।१ गतेका दिन भेट हुँदा राजु तामाङले मसंग विवाह गर्ने कुरा गरी मलाई ललाई फकाई भारत बम्बईमा लगी रु. १०,०००।– मा बिक्री गरेको हुँदा निज उपर जिउ मास्ने बेच्ने महल अनुसार कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको सीता मगर्नीले प्रहरीमा गरेको कागज । ४. मैले चिनेको भारत घर हुने प्रकाश भन्ने व्यक्तिले केटी पाए भारत बम्बईमा लगी बिक्री गर्नु पर्छ, खोज्नु भनेकाले मैले केटी खोज्दै रहेकोमा २०४१।४।१ गतेका दिन सीता मगर्नीलाई भेटी कुराकानी गर्दा निजले मसंग विवाह गर्न मन्जूर गरेकीले विवाह गर्ने निहुँ पारी प्रकाश र म समेत २ जनाले भारत बम्बईमा लगी बिक्री गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी राजु तामाङले प्रहरीमा गरेको बयान कागज । ५. सीता मगर्नीलाई कहिले कसरी ललाई फकाई लगी विदेशमा बिक्री गरे थाहा पाइएन पछि सीता फर्केर आउँदा यसैले मलाई लगी बिक्री गरेको हो भनी राजु तामाङलाई देखाई चिनाई पक्राउ गराएको कुरा थाहा छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ६. संकलित सबूद प्रमाणबाट राजु तामाङले सीता मगर्नीलाई ललाई फकाई भारत बम्बईमा लगी बिक्री गरेको सिद्ध हुन आएकाले निज राजु तामाङ उपर जीउ मास्ने बेच्नेको १ नं. बमोजिम कारवाही सजायँको माग दावी लिई मुद्दा प्रस्तुत गरिएको छ साथै भारत घर भन्ने प्रकाश पछि पत्ता लागी पक्राउ भएका बखत ठहरे बमोजिम हुने हुँदा हाल निज उपर कुनै दावी नलिएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ७. मिति २०४१।४।१ गतेका दिन म नारायणगढमा रिक्सा चलाई रहेको छु । सो दिन जाहेरवालीसँग मेरो भेटघाट पनि भएको छैन । जाहेरवालीलाई मैले चिनेको पनि छैन र निजलाई बिक्री गर्न लगेको पनि हैन । प्रकाश भन्नेलाई मैले चि