निर्णय नं. ३७८९ - नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७८९ - नामसारी भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/१२/२४ २०४९ निर्णय नं. ३७८९ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४३ सालको दे.वि.नं. ६४ फैसला भएको मिति : २०४५।१२।२४।५ मा बिन्तिपत्रवाला/वादीहरू : जि. रुपन्देही अमा गा.पं. वा.नं ४ बस्ने अयोध्या मरी मु.स. गर्ने रुद्धल लोधसमेत विरुद्ध विपक्षी/प्रतिवादी : जि. रुपन्देही बभनी गा.पं. वा.नं ५ बस्ने अघोर लोधसमेत मुद्दा : नामसारी (१) स्वास्नी जस्तोको मृत्युमा कृया गर्ने मुख्य कारणी अधिकारी लोग्ने खडा छँदाछँदै माइतीले कृया गरेको भन्ने कुराबाट पनि प्रतिवादीहरूको जिकिर व्यवहार एवं कानुन धर्म सम्मतिको नदेखिने । (प्रकरण नं. १५) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल विपक्षी/प्रत्यवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. निवेदकहरूले प.क्षे.अ. को इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारको हजूरमा चढाएको बिन्तीपत्रमा यस्मा लेखिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको नामसारी मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम गर्नु भन्ने समेत व्यहोराको हुकुम प्रामांगी भई पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. गोली लोधसँग सरजुदेईको विवाह भए पनि सरजुदेईको जग्गामा गोली लोधको दावी नभएको र मृतक सरजुदेईको र अघारे एकै बाबुका छोरा छोरी हुन् भन्ने पक्ष विपक्षबाट देखिन आएको अयोध्याय लोधले मेरा स्वास्नी सरजुदेही हुन् भन्ने दावी भएको निज सरजुदेई अयोध्यायको स्वास्नी भए अरुको हक नलाग्ने सरजुदेईको लोग्ने अयोध्याय भन्ने देखिन नआएको मुखको भनाई लिएर लोग्ने कायम गर्न नमिल्ने भएको हुँदा ३५ दिनभित्र अदालतमा नालेश गरी निर्णय गराई ल्याई सोही बमोजिम हुने भन्ने समेत व्यहोराको २०३६।८।१३ गतेको मालपोत कार्यालय रुपन्देहीको निर्णय गरी सुनाएको नगेश्वरको छोरा विपक्षी अघोरीले नगेश्वरकै छोरी सरजुको अपुताली पाउने पुग्नु भएको सरजुदेईको विवाहिते लोग्ने म हुँ भनी विपक्षी गोली लोधले भने पनि निज गोली लोधलाई लोग्नेको सम्बन्ध नै छाडी रामनाथ लोधसंग पोइल गई रामनाथ लोधको मृत्युपछी म संग लोग्ने स्वास्नीको सम्बन्ध भई बसेको अवस्था मेरी स्वास्नी सरजुदेई २०२७ साल मार्ग महिनामा पर्लोक भएकोले निजको नाउँको साविक श्रेस्ता बमोजिमको जग्गा विगाहा १–११–९ पटवारी श्रेस्तामा मेरो नाउँमा नामसारी दाखिल खारेज भई २०२८ साल देखिको मालपोत बुझाई आएका र निज सरजुदेई प्रलोक हुँदा निजको दाहसंस्कार काजकृया मैले नै गरेको हुँदा निजको नाउँमा दर्ता भएको जग्गा मेरो नाउँमा नामसारी गरिपाउँ भन्ने अयोध्याय लोधको फिराद दावी । ३. वादीले म गोली लोध समेतलाई अनाहक प्रतिवादी बनाई दिएको झूठ्ठा दावी हो किनभने स्वयं वादीले पनि आफ्नो फिराद दावीमा मृतक सरजुदेई मेरो विवाहिते श्रीमती थिइन् भनी स्वीकार गरिसक्नु भएको छ मालपोत कार्यालय रुपन्देहीमा २०३५ साल चैत्र १० गते आफ्नो बयान कागज गर्दा लक्ष्मीहवा गाउँमा गोली लोधसँग विवाह भएको थियो । निज मरेपछि सरजुदेईको नाउँमा दर्ता हुन आएको भनी म जीवित मानिसलाई मारी बयान कागज गर्नुभएको छ भने अर्कोतिर म गोलीलाई प्रतिवादी बनाई म माथि दावी समेत दिनु भएको हुँदा पनि वादीको दावी झुठ्ठा हो भन्ने कुरा स्पष्ट हुन आएको छ भन्ने गोली लोधको प्रतिउत्तरपत्र । ४. यो वादी सरजुदेईको लोग्न