निर्णय नं. ७४०९ - जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४०९ - जग्गा खिचोला मेटाई चलन चलाई पाऊँ भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/०७/०७ २६८८ निर्णय नं.७४०९ ने.का.प.२०६१ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५५ सालको दे.पु.नं. ... ४९९१ फैसला मितिः २०६०।७।७।६ मुद्दाः जग्गा खिचोला मेटाई चलन चलाई पाउं । पुनरावेदक वादीः जिल्ला नवलपरासी प्रगतिनगर गा.वि.स.वा.नं. ३ वस्ने शिव कुमार प्रधान विरुद्ध प्रत्यार्थी प्रतिवादीः जिल्ला नवलपरासी प्रगतिनगर गा.वि.स.वा.नं.३ वस्ने मेघवहादुर टण्डन § पर व्यक्तिको क्रियाकलापवाट मर्का परेको महशुस गर्ने व्यक्तिले कानूनका म्याद भित्रै मर्काको उपचारका लागि अदालत प्रवेश गर्नुपर्ने । § आफ्नो जग्गामा ०३६।४।२४ को लिखत हुनु पूर्वनै घर वनाउने प्रतिवादी उपर घर वनाएको भनी दावी लिने वादीले मुलुकी ऐन घर बनाउने महलको ११ नं. बमोजिम घर तयार भएको मितिले एकवर्ष भित्र नालिस गर्नुपर्नेमा २०५१ सालमा मात्र फिराद दर्ता गरेको देखिंदा कानूनका म्याद भित्र फिराद दर्ता गरेको भन्न नमिल्ने । पुनरावेदक वादीतर्फवाटः प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत वुटवलवाट मिति २०५४।५।३० मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत वादी पक्षवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ :- २. जि.नवलपरासी प्रगतिनगर गा.वि.स.वा.नं. ३ ख.कि.नं. १२० को ज.वि. ०–०–३ जग्गा मेरो नाममा दर्ता भएको जग्गा हो उक्त जग्गामा उत्तरतर्फ २ धुरमा पक्की घर बनाएको र दक्षिणमा १ धुर जग्गा आँगनको रुपमा राखेकोमा विपक्षी मेघवहादुर टण्डनले मिति ०५०।११।१० मा जवर्जस्ती टायलको घर बनाई खिचोला गरेको हुंदा उक्त घर भत्काई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मैले ०५०।११।१० मा घर वनाएको नभै ०३६ सालमै वनाई वसोवास गरी आएको हो । ०३६ सालमा मैले घर वनाउँदा विपक्षीको ३ फिट जग्गा पर्न गएकोमा घरसारमै सट्टापट्टाको व्यवहार मिलाई मिलि वसि आएको हुँदा हाल आएर फिराद गर्न अ.वं. ८२ नं. ले हकदैया छैन अ.वं. १८० नं. बमोजिम खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. ०३६।४।२४ को सट्टापट्टाको कागज जग्गा सट्टापट्टा गर्ने उदेश्यले तयार गरी सहिछाप गरेका हौं तर सट्टापट्टाको कागज बमोजिम प्रतिवादीले हाल सम्म मलाई जग्गा छोडेका छैनन् भन्ने समेत व्यहोराको वादीले ७८ नं. बमोजिम गरेको वयान । ५. उक्त जग्गामा प्रतिवादीको सानो घर थियो । सो घर भत्काई २०५० सालमा वादी शिव कुमारको १ धुर जग्गा मिची प्रतिवादीले घर वनाएका हुन भन्ने समेत व्यहोराको वादीका साक्षी रामकुमार श्रेष्ठ र सोमप्रसाद श्रेष्ठको वकपत्र । ६. नवलपरासी जिल्ला अदालतको आदेशानुसार मिति ०५२।१०।११ मा भै आएको नक्सा मुचुल्का मिसिल सामेल रहेको । ७. न.नं. ६ को ०–०– १/४ जग्गा मात्र प्रतिवादीले खिचोला गरेको देखिएकोले सो जग्गा र सो जग्गामा वनाएको घर मात्रको खिचोला मोटाई घर भत्काई चलन चलाई दिनुपर्ने ठहर्छ भन्ने समेत व्यहोराको नवलपरासी जिल्ला अदालतको ामिति २०५३।२।२७ को फैसला । ८. मेरो घर ०३६ सालमै वनेको कुरा विपक्षीले स्वीकार गरेको हुँदा फिराद खारेजभागी रहेकोमा ठहर फैसला भएको नवलपरासी जिल्ला अदालतको फैसला उल्टी गरी सही न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीतर्फवाट पुनरावेदन अदालत वुटवल