निर्णय नं. ३७९० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७९० - अंश भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०१/०८ २१७३ निर्णय नं. ३७९० ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु. नम्बर ९८१ फैसला भएको मिति : २०४६।१।८।५ मा पुनरावेदक/प्रतिवादी : जि.कपिलवस्तु लालपुर गा.पं. वडा नं. ५ बस्ने वर्ष ५५ को श्रीराम कुर्मीसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. २ बस्ने अरगन पारिमिया मुसलमान मुद्दा : अंश (१) गाली बेइजती मुद्दा दिएको आधारमा नै प्रस्तुत मुद्दा दायर हुन आएको र सो गाली बेइजती मुद्दामा यी वादीकै सम्बन्धमा यिनै वादीका बाबुले दायर गरी हारी जरिवाना समेत खाई अन्तिम समेत भई बसेको देखिएको स्थितिमा वादी र प्र.लोग्ने स्वास्नी ठहराउने सबूद प्रमाणको अभावमा अंश दिने गरी गरेको क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर प्रतिवादीले यस अदालतबाट पुनरावेदनको अनुमति पाई प्रस्तुत हुन आएको यस मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ । २. मूल पूर्खाको नाम थाहा नभएको निजको छोरा सिताराम १, औधराम २, श्रीराम १ समेत ३ जना दाजु भाइ भएको सितारामले अघि नै अंश लिइबसेको श्रीरामको छोरा प्र.विश्वनाथ र प्र.जगदीशप्रसादको विवाहिता श्रीमती विटा १ र निजका २ छोरा हुन लेखिएका अंशियारमा सीताराम बाहेक अरु सगोलमा छन् मेरो विवाहित लोग्ने भारतमा बस्ने हुँदा म माइत लालपुरमा बस्दा ०३९ मार्ग महिनादेखि विपक्षी जगदीशप्रसादसँग हेलमेल भई निजले मलाई करणी समेत गर्नुभएको र घरमा लगी राख्नु भएकोमा निजको करणी विर्यबाट गर्भ रहेकोमा मादक पदार्थ सेवन गराई मेरो मन्जूरी बेगर गर्भपात समेत गराउनु भएको पछि खान लाउन नदिई कुटपीट गरी घरबाट निकाला गरेकोले लोग्ने स्वास्नीको ४ नं., अंशबण्डाको १० नं. बमोजिम प्रतिवादीहरूबाट ५ भागको १ भाग अंश पाउँ भन्ने समेतको व्यहोराको फिरादपत्र । ३. वादी दावी बमोजिम वादीलाई मैले स्वास्नी बनाएको होइन निजले भारत बस्ती ठाना बस्ने हकिकुल्लाको छोरा जुम्ननगहीसंग भारत जिस्तीको जिल्लाधीश समक्ष विवाह गर्न सन् २३–६–१९८३ तदनुसार ०४०।३।९ मा निवेदन दिएकी हुन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने संयुक्त प्रतिउत्तरपत्र । ४. प्र.जगदीशले मलाई करणी गर्ने र खान दिने गरेकोमा नमालुम के औषधि खुवाई गर्भपतन गराई घरबाट निकाला गरेकाले दावी बमोजिम अंश दिलाई पाउँ भन्ने वादी अरगन परिमियाको बयान । ५. वादीलाई करणी गरेको र स्वास्नी बनाएको भन्ने दावी झुठ्ठा हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने प्र.वा.स. जगदीशप्रसादको बयान । ६. वादी प्रतिवादी जगदीशको स्वास्नी हुन् भन्ने कुनै सबूद नभएकाले अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन नाता कायमतर्फ वादीलाई रु. २०।– जरीवाना हुन्छ भन्ने कपिलवस्तु जिल्ला अदालतको २०४२।६।१४ को फैसला । ७. प्रमाणको उचित मूल्याड्ढन बिना भएको फैसला बुँदा बदर गरिपाउँ भन्ने वादीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन । ८. वादीले भारतमा विवाह गर्न भनी दिएको भनिएको प्रमाणको फोटो कपी हेर्दा वादीको नाम नलेखी जभीरु निस्सा लेखिएको देखिएको र विवाह दर्ता गर्दा संयुक्त निवेदन दिनु पर्नेमा सो पनि नभएको हुँदा वादी अरगन परीमिया र प्रतिवादी जगदीशप्रसाद कुर्मी लोग्ने स्वास्नी नाताको ठहर्ने हुँदा वादीले प्रतिवादीबाट दावी