निर्णय नं. ३७९१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७९१ - अंश भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/१२/०७ २१४९ निर्णय नं. ३७९१ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ८१६ फैसला भएको मिति : २०४५।१२।७।२ मा पुनरावेदक/वादी : जि.झापा दमक न.पं. वडा नं. ११ बस्ने नानीगोपाल सिकदार विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने अम्वरकृष्ण सिकदार मुद्दा : अंश (१) दुबै थरीका मन्जूरीबाट गाउँका भलाद्मी समेत बसी अंश मिलाई दिए अनुसार भारतको घर वादीकै भागमा पारी सो घर निज वादीको श्रीमतीको नाममा दर्ता रहे भएकोमा पनि प्रतिवादीले स्वीकार गरी चित्त बुझाई २०२७।१।४।६ मा दुबै थरीका मन्जूरबाट खडा भएको घरसारी कागजलाई नै मान्यता दिई सोही अनुसार खाई भोगी आएको देखिन आएको आधार प्रमाणहरूबाट अंशबण्डाको ३० नं. बमोजिम पुनः उजूर गरी बण्डा छुट्याउन नमिल्ने ठहराई वादीले प्रत्यवादीबाट दावी बमोजिम बण्डा पाउन नसक्ने गरी गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १०) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. फेरादीको १ मात्र भाइ भएको र हाम्रा आमा बाबु परलोक भइसकेपछि हामी अंशबण्डाको महलको १।२ नं. प्रयोजनको लागि २ मात्र अंशीयार छौं । बाजेकै जीवनकाल देखि पेशा व्यवसायका सिलसिलामा मोरङमा रहने बस्ने गरी आई पिताको देहान्त भएपछि घरको व्यवहारको खर्च मैले धान्नु पर्ने अवस्था परी आफू होमियोपेथी चिकित्सा प्रणालीको दर्तावाला डाक्टर भएकोले दमकमा आई २०१८ सालदेखि पेशा व्यवसाय गरी विपक्षीलाई कलकत्तामा राखी विपक्षीले कलकत्तामा घर बनाउने विचार व्यक्त गर्दा उनको परिवारलाई सुविधा पर्ने जस्तो लागी दुःख गरी कमाएको सबै रकम उनलाई पठाई घर बनाई दिएँ । सो पछि २०२४ सालमा पढ्न छाडी निजले दमकमै बस्ने इच्छा व्यक्त गरी खबर पठाएकोले दमक ल्याई साथ राखी आफू देहाती क्षेत्र इलाजमा कहिले कहाँ कहिले कहाँ हिंड्न पर्दा दबाई दोकानको आम्दानी खर्च निजको जिम्मा राखी दमक बजारमा समेत निजकै नाउँमा घडेरी खरीद गरी घर बनाई भोग गर्दै आएको अवस्था २०२७ सालमा विपक्षी र मेरा बीचमा अलग अलग बस्ने सल्लाहा हुँदा के गरी अलग हुने हो भनी गाउँका भलादमी राखी सल्लाह गर्दा तिमीहरू डाक्टरीको काममा सधै बाहिर हिड्ने हुँदा सो अवस्था आमा पनि जीवितै हुनु हुँदा आमालाई भाइसँग बस्ने व्यवस्था मिलाई आमालाई पाल्दा लाग्ने खर्च र केही ऋण समेत तिर्न भाइलाई दमकको घर दिनु त्यसको भाडाले उनले ऋण र आमाको पालन पोषण गर्छन् । कलकत्तामा भाइको नाममा भएको घर सानो भए पनि तिम्रो छोरा छोरी पढ्न सजिलो हुने भएकोले छोरा छोरी त्यहाँ राखी पढाउ भन्दा रीतपूर्वक अंश गर्ने सल्लाहले २०२७।१।४ मा दमकको घर निजले भोग्ने र कलकत्ताको घर मेरो हुने समेत व्यहोराको ठाडो कागज गरी सोही मितिदेखि बेग्लै बसी आफ्नो आफ्नो काम गरिआएको अवस्थामा २०४०।९।२५ का दिन प्रमाणका मानिस समेत भेला भएको ठाउँमा अंशबण्डा पत्र गर्ने कुरा गर्दा विपक्षीले २०२७।१।४ मा कागजबाट अंशबण्डा भइसकेकोले बण्डा गर्न बाँकी के छ भन्ने ठाडो जवाफ दिई कलकत्ताको घर पास गरी दिन्छ क