निर्णय नं. ३७९२ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७९२ - अंश भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/०६ १९९२ निर्णय नं. ३७९२ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ६४७ फैसला भएको मिति: २०४६।२।६।६ मा पुनरावेदक/प्रतिवादी : कपिलवस्तु जि.हरदौना गा.पं. वार्ड नं. ९ बस्ने लखन चमारसमेत विरुद्ध विपक्षी/वादी : ऐ. सिसवा गा.पं. वार्ड नं. १ बस्ने चीरकुट चमार मुद्दा : अंश (१) व्यवहार प्रमाण समेतबाट अंशबण्डा भई छुट्टी भिन्न भई बसेको नदेखिएको स्थितिमा भिन्दा भिन्दै मौजामा रहे बसेकै कारणबाट छुट्टी भिन्न भएको मान्न नसकिने । (प्रकरण नं. ९) वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णकान्त ज्ञावाली प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह फैसला न्या.बब्बरप्रसाद सिंह १. प.क्षे.अ. को मिति २०४४।२।५।३ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. बाबु गोल्हई चमारका २ छोरा जोखु र चिरकुट र जोखुका २ छोरा लखन र जगरनाथ हुन् । बाबु आमा र दाजु जोखु समेत परलोक हुनु भएको हामी सगोलमा रही उखडामा प्राप्त गरेको जग्गा जुमहना र सेमरीको जग्गा जमीन घर समेत सगोलबाट भोग गर्दै आएकोमा विपक्षीले गहुँ बाली समेत हिनामिना गर्न लागेकोले २०३९।१।१८ गते अंश छुट्याई माग्दा इन्कार गरेकोले फिराद परेका अघिल्ला दिनसम्मको तायदाती लिई मेरो अंश भाग छुट्याई पाउँ भन्ने समेत फिराद दावी । ३. फिराद दावी झुठ्ठा हो बाबुको मृत्युपछि अमेल भई भएका जग्गा जमीन आ–आफ्ना नाउँमा नामसारी दा.खा. गरी ज.ध.द.प्र. पुर्जा समेत प्राप्त गरी म छुट्टै मौजामा बसी छुट्टा छुट्टै व्यवहार गरिआएको, अंशबण्डाको ३० नं. ले वादी दावी लाग्न नसक्ने भन्ने समेत प्रतिउत्तर जिकिर । ४. प्रतिउत्तर जिकिरलाई समर्थन गर्ने अंशबण्डा भइसकेको भन्ने प्रमाणको अभावमा अंशबण्डा भएको भन्न नमिलेकाले २०४०।५।२१ मा दाखिल भएको तायदाती फाँटवारीबाट आधा अंश वादीले प्रतिवादीहरूबाट पाउने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला । ५. सो फैसला उपर प्रतिवादीहरूबाट लु.अं.अ. मा परेको पुनरावेदनमा वादी प्रतिवादीहरू सगोलमै रही उखडा जग्गा आर्जन गरेको र सो बण्डा हुनुपर्ने भन्न सकिने स्थिति नदेखिँदा हामी वादी प्रतिवादीहरू सगोल सराकतमै छौं अंशबण्डा गरी १ भाग अंश दिलाई पाउँ भन्ने फिराद दावी पुग्न नसकी फिराद दावी झुठ्ठा ठहर्छ । अंशबण्डा हुने ठहर्‍याएको शुरु जि.अ. को इन्साफ मनासिब नदेखिँदा गल्ती भई उल्टी हुने ठहर्छ भन्ने समेत लुम्बिनी अञ्चल अदालतको फैसला । ६. लु.अं.अ.को फैसला उपर वादीको प.क्षे.अ. मा परेको पुनरावेदनमा व्यवहार प्रमाण समेतबाट छुट्टी भिन्न भई बसेको स्थापित हुुन नआएकोले प्रतिवादी लेखकै भरमा वादी प्रतिवादीहरु छुट्टी भिन्न भइसकेका मान्न नमिलेकोले वादी दावी बमोजिम अंश नपाउने ठहराएको लु.अं.अ. को फैसला बदर भई वादी दावीको अंश प्रतिवादीहरूबाट पाउने ठहर्‍याएको शुरु कपिलवस्तु जि.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ. को फैसला । ७. प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीहरूको निवेदनमा यी वादी प्रतिवादीहरूका बाजे गेल्हइकै पालादेखी छुट्टी भिन्न भई अलग अलग मौजामा बसी भूमिसुधार लागू हुँदा पेश गर्नुपर्ने पारिवारिक लगत (१ नं. फाराम, ७ नं. फाराम आदि) वादी प्रतिवादीहरूले छुट्टा छुट्टै