निर्णय नं. ३७९३ - जबरजस्ती चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७९३ - जबरजस्ती चोरी भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/२० २३०६ निर्णय नं. ३७९३ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४५ सालको फौ.पु.नं. ४६२ फैसला भएको मिति : २०४६।३।२०।३ मा पुनरावेदक/प्रतिवादी : जि.झापा चन्द्रगढी गा.पं. वडा नं. ७ बस्ने लिला थपलिया विरुद्ध विपक्षी : चन्द्रनारायण सिटौलाको जाहेरीले श्री ५ को सरकार मुद्दा : जबरजस्ती चोरी (१) तत्कालीन प्रचलित न्याय प्रशासन सुधार ऐन अन्तर्गत क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन पर्नु बेगर सिधै पुनरावेदन लाग्न सक्ने नदेखिने, यस्तोमा पुनरावेदन दर्ता गर्न ल्याउँदाकै अवस्थामा सोही व्यहोरा जनाई दरपीठ गरिदिनु पर्नेमा गरेको नदेखिनाले अड्डाको गल्तीबाट पक्षको हक हितमा असर पार्न नसकिने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री नुतन थपलिया फैसला न्या.पृथ्वीबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको रुपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. २०४० साल आषाढ दोस्रो हप्तामा लिला थपलिया मेरो घरमा आई तपाइसँग भएको नगदले सुन पत्थर खरीद गरी काठमाडौं लगी बिक्री गर्नुपर्छ धेरै नाफा हुन्छ भनी भनेकाले विश्वासमा परी कारोबार गर्ने भएँ ०४०।४।६ मा लिला थपलिया, सिंहराज चालिसे समेत आई सुन पत्थर बिक्री गर्ने मानिस धुलाबारीमा बसेको छ जाउँ भनी जाँदा नचिनेका मानिसहरूसँग कुरा गर्दा सुन पत्थर देखाएका थिए । सुनको र पत्थरको बैना दिनुपर्छ भन्दा मौखिक रुपैयाँ १०,०००।– रुपैयाँ लिला थपलियालाई दिएँ । सुन पत्थर दिने मानिस भोलि २१ गते आउँछ पैसा ठीक पार्नु भन्दा रु. ६०,०००।– लिई ०४०।५।२२ गते अं. ७ बजे बिर्तामोड पुगेपछि मिनु भन्ने केटासँग भेट भई अं. ३५ वर्षको दारी पालेका मानिस निजसंग थियो । सुन पत्थर बिक्री गर्ने मानिस उहाँहरूले लिएर आउनु हुन्छ भनी भनेबाट धुलाबारी सेरे पंजाव होटेल जाँदा कोठा खाली नभएकोले मिनु दारीवाला काकरभिट्टा पुग्यो र कार्की लजमा लक्ष्मी, म र निज दुइजना कोठामा साथै बस्यौं । यस्तो कुरा अरुलाई थाहा दिनु राम्रो छैन भनी ढोका बन्द गरी रुपैयाँ गनी ओछ््यान मुनि राखी बसें । १ घण्टापछि मिनुका साथी दारीवालाले अचानक सर्टभित्रबाट छुरी निकाली बोलीस भने मारी दिन्छु रुपैयाँ ले भनी रु. ६०,०००।– हात लिए बाहिरबाट ढक ढक आवाज गरेकोले मिनुले ढोका खोल्दा प्रहरी पसी बल्ल अपराधी फेला पारे भनी दारीवालालाई समाती तानी निकाले यो अपराधी रहेछ भन्ने मलाई लाग्यो त्यसलाई प्रहरीले लगेपछि मिनु त्यसको पछि लाग्यो ट्राफिक प्रहरी पोशाकमा आएको नगेन्द्र बुढाथोकीको मिलेमतोबाट अपराध गरेको प्रष्ट थाहा भयो । सबै अपराधीहरूलाई पक्राउ गरी जबरजस्ती चोरी गरेमा कारवाही गरिपाउँ भन्ने चन्द्रनारायण सिटौलाको जाहेरी दर्खास्त । ३. ससुराको भनाई अनुसार दारीवाल कमल कोइराला भन्नेलाई पक्राउ गरी बस स्ट्याण्डमा लगी ससुरा लिला थपलियालाई जिम्मा दिए त्यहाँ सिंहराज चालिसे समेत थिए । दारीवालालाई होटेलतिर लिई गए । मलाई त्यही एकछिन बस्दै गर्नु भनी ससुराले भन्नु भएकोले त्यही बसे, केहीबेर पछि ससुरा लिलाले रु. १,०००।– मलाई दिनु भयो भन्ने समेत व्यहोराको नगेन्द्रबहादुर बुढाथोकीले प्रहरीमा गरेको बयान । ४. ०४०।५।२२ गते काकरभिट्टामा गएको थिए