निर्णय नं. ७४११ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४११ - जवर्जस्ती करणी भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६१/०४/२८ ४६२६ निर्णय नं.७४११ ने.का.प.२०६१ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्ययायाधीश श्री सुशिला सिंह सिलु सम्वत् २०५७ सालको फौ.पु नं. २२२० फैसला मितिः २०६१।४।२८।५ मुद्दाः– जवरजस्ती करणी । पुनरावेदक वादीः रिता माझीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला भिमटार गा.वि.स. वडा नं. २ वस्ने श्याम माझी. § फौजदारी मुद्दामा अभियुक्तले अपराध गरेको हो कि होइन भन्ने तथ्यगत सवुदहरुको आधारमा निर्णय गर्ने कुरा हो, अपराधी लाई बचाई दिने नियतले स्वयम पीडित लगायत कसैले वयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय दिंदा कसैले सफाइ दिने बयान दिदैमा अभियुक्त निरअपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध बयान दिदैमा अपराधी ठहरीनै पर्ने भन्न सकिन्न । व्यक्तिको वयानलाई सवुदैको रुपमा मात्र लिन सकिन्छ, तर अकाट्य प्रमाण मान्न नसकिने । § जवरजस्ती करणीको १० नं. को प्रावधान प्रतिवादीहरुले जवरजस्ती करणीको कसूर गरेपछि पीडितको हकमा स्वतः आर्कषितहुने अर्थात सोहि महलको ३ नं. संग अभिन्नरुपले गासिएको व्यवस्था हो । पीडितले अदालतमा आई प्रतिवादीहरुलाई निर्दोष भनि वकपत्र दिदैमा ऐन को व्यवस्था निष्क्रिय हुने गरि उक्त १० नं. आकर्षित नगर्ने निर्णय न्यायसंगत नठहर्ने । पुनरावेदक वादीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइराला प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.शुसिला सिंह सिलुः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मिति ०५३।२।१९ गतेको राति झिल्के तामाङले श्याम माझी, रेशम माझीलाई हामी बसेको कोठामा ल्याइ यी केटाहरुलाई तिमिहरु संगै सुताउ भनि हर्किमाया माझी र मलाई समेत भनेकाले हामीले हुदैन भन्दा पनि निजहरु हामीहरुको कोठामा बसि रेशम माझीले मलाई जवरजस्ती करणी गर्ने उद्योग गरेको र श्याम माझी र रेशम माझीले हर्किमाया माझीलाई जवरजस्ती करणी गरी रगत पच्छे पारी वेहोस वनाएकोले निजहरुलाई पक्राउ गरी जवरजस्ती करणीको महलअनुसार कारवाही गरि पाउं भन्ने रिता माझीको जाहेरी । ३. घटनास्थल भनिएको हर्किमाया माझी र रिता माझीकोे डेरा कोठाको बिस्तारा कपडाहरु यत्रतत्र छरिएको, पछ्यौरा, कट्टु लुंगी, म्याक्सीमा समेत रगत लागी सुकेको भन्ने घटनास्थल प्रकृति मुचुल्का । ४. मिति ०५३।२।१९ गतेको राति गलैचा कारखानामा काम गर्ने मास्टर झिल्के तामाङले श्याम माझी, रेशम माझी र अन्य नाम थाहा नभएको ३ जना समेत लगि कोठामा ल्याई कोठा भित्र हुली केटाहरुलाई पनि आजको रात यही तिमीहरुसंगै सुताउ भनेकाले हामीले हुदैन भन्दा नाम थाहा नभएका ३ जना कोठावाट वाहिर निस्के र श्याम माझी सोही कोठामा बसे । रेशमले रिता माझीलाई जवरजस्ती करणी गर्न भनि समाए । श्याम माझीले मलाई समाती लडाएको थिए । सो बेला रिता माझी रेशमको हातवाट फुत्की भागी गइन । श्यामले मलाई जवरजस्तीकरणी गर्न लागेको र रेशम माझी पनि आई मेरो हात समाई दिएको र श्यामले मलाई करणी गरिसकेपछि फेरी रेशमले मलाई करणी गर्न थाले । श्यामले मेरो हात समाई दिएको र श्यामले मलाई करणी गरिसकेपछि फेरी रेशमले मलाई करणी गर्न थाले । श्यामले मेरो हात समाई दिए । रेशमले जवरजस्ती करणी गर्दा गर्दै म रगताम्य भ