निर्णय नं. ३७९४ - राजकाज अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७९४ - राजकाज अपराध भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/२८ २१३५ निर्णय नं. ३७९४ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ६२३ फैसला भएको मिति : २०४६।३।२८ मा पुनरावेदक/वादी : प्रहरी निरीक्षक विश्वनाथ रेग्मीको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.धनुषा देवडिहा गा.पं. वडा नं. ७ बस्ने उदिष्ठनारायण झा मुद्दा : राजकाज अपराध (१) पत्र प्रचार प्रसारमा आएको नभई व्यक्तिगत तवरमा लेखिएको देखियो, ‘सुन भैया मदेसिया’ भन्ने जस्तो पर्चाहरूमा सो पत्रको कुनै घनिष्टता नदेखिँदा सो पत्र र पर्चाको अस्तित्व बेगल बेगल छ, पर्चा प्रतिवादीबाट बरामद भएको छैन नेपालको सार्वभौमसत्ता र प्रादेशिक अखण्डतामा खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अपहेलना उत्पन्न हुने काम कुरा प्रतिवादीले गरेको भन्ने कुरा स्पष्ट प्रमाणित हुन नसकेको स्थितिमा निजलाई सफाई दिने ठहर्याई भएको फैसला मिलेकै देखिने । (प्रकरण नं. २०) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत फैसला न्या.पृथ्वीबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. २०३९।५।३० गतेको दिनमा सिराहा बजारमा जि.सि. कृष्णपुर गा.पं. वा.नं. ७ बस्ने सुरेशप्रसाद यादवले देशमा साम्प्रदायिकताको भावना फैलाउने सम्बन्धी पर्चाहरू प्रचार गर्नको लागि ल्याएको छ भन्ने विश्वस्त सुत्रबाट थाहा पाएअनुसार तत्कालै गई निजलाई सिराहा क्याम्पसदेखि पूर्व बाटोमा पक्राउ गरी खानतलासी लिँदा निजको साथबाट ‘कि हम मधेसी नेपाली छी’ भन्ने पर्चा १, ‘मधेशक जवान कहीया धारी मुर्दा बनल रहते’ भन्ने पर्चा १, ‘नेपालमे मधेशिया पहडिया’ भन्ने पर्चा १, “सुनभैया मधेशिया” भन्ने गीत छापिएको पर्चा १, डा.एल.एन. झा को प्रिस्केप्सन १ समेत बरामद भएकोले बरामदी मुचुल्का समेत गरी गराई पर्चाहरू सहित निज सुरेशप्रसाद यादव समेतलाई कानुनी कारवाहीको लागि दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्रहरी निरीक्षक विश्वनाथ रेग्मीको मिति २०३९।५।२० को प्रतिवेदन साथ मानिस पर्चा समेत जि.प्र.का. सिराहमा दाखिल भएको । ३. सुरेशप्रसाद यादवको साथबाट पर्चाहरू बरामद भएको भन्ने ०३९।५।१० को बरामदी मुचुल्का । ४. जनकपुरको डा.एल.एन. झाले दिएको पर्चा राखेकोमा सावित भई डा.एल.एन. झालाई पोल गरी जि.का. सिराहामा सुरेशप्रसाद यादवले गरेको बयान कागज । ५. डा.एल.एन. झाको घर डेरा खानतलासी हुँदा पर्चाहरू बरामद भएको भन्ने ०३९।५।१६ गतेको खानतलासी मुचुल्का । ६. पर्चाहरू राखेमा र मानिसहरूलाई प्रचारार्थ दिएकोमा डा.एल.एन. झा सावित भएको मिति ०३९।५।१०।१० गतेको साविती बयान कागज । ७. यही भाद्र महीनामा हो गते बारको सम्झना छैन आजभन्दा करिब १५, १६ दिन अगाडि यो घटना स्थलमा सुरेशप्रसाद यादवलाई पर्चा सम्बन्धको कुरा लिई प्रहरीले पक्राउ गरेको थियो । सुरेशप्रसाद कुनै पार्टीमा काम गरी हिडेका छैन, राम्रो चाल चलनको छ । डा.एल.एन. झा उदिष्ठनारायण झालाई चिने जानेको छैन भन्ने समेत व्यहोराको मिति ०३९।५।२७ को सरजमीन मुचुल्का । ८. २०३९।५।१० गते सुरेशप्रसाद यादव साम्प्रदायिक भावना सम्बन्धी पर्चाहरू सहित पक्राउ परेको र निजले पर्चा राखेकोमा सावित भई पर्चा दिने डा.एल.एन. झालाई पोल गरेकोमा निज डाक्टरको