निर्णय नं. ३७९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७९५ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/१५ २३३३ निर्णय नं. ३७९५ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४६ सालको फौ.सा.नं. १०२ फैसला भएको मिति : २०४६।२।१५।१ मा वादी : पदमसिंह ऐरको जोहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.डडेलधुरा शिष गा.पं.वडा नं.८ बस्ने घोडे भन्ने धनसिंह बोहोरा मुद्दा : कर्तव्य ज्यान (१) अनुचित सम्बन्ध रहेकी श्रीमतीलाई समेत मारी घरमा आगो लगाएको भन्ने अधिकारप्राप्त अधिकारी समक्ष गरेको सावितीलाई अन्य परिस्थितिजन्य प्रमाणले समर्थन गरेको हुँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको क्षे.अ. को इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. १९) फैसला न्या.पृथ्वीबहादुर सिंह १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक जाँचको लागि पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. सलौन बस्ने धनसिंह बोहराकी श्रीमती र गाउँकै दमुवा बोहोराका बीच अनुचित सम्बन्ध छ भन्ने हल्ला थियो । २०४३।७।१३ गते बिहान ६ बजे धनसिंह बोहराको घरमा आगो लाग्यो भन्ने हल्ला सुनी जाँदा घर जलीरहेको श्रीमती र छोरा आगोमा परी मरे म पनि मर्छु भनी धनसिंह आगोमा हाम्फाल्दा निजलाई आगोबाट निकाली सोध्दा ०४३।६।२९ गतेको राती मेरी श्रीमती र दमुवाले अनुचित सम्बन्ध कायम राख्न खोजेको बेला फेला परे । सो दिनदेखि श्रीमतीसँग बोलचाल थिएन । २०४३।७।१२ गते राती भनाबोल भई एक दुई चोट हानेको हुँ भनी बताएकोले आगो निभाई लाशको बाँकी रहेको अवशेष सुरक्षित राखी जाहेर गर्न आएको छु । छानबीन गरी कानुनी कारवाही गरिपाउँ भन्ने समेत पदमसिंह ऐरको जाहेरी दरखास्त । ३. धनसिंह बोहराको १२ हात लम्बाई १९ हात चौडाई भएको घर जली ध्यवस्त भएको, सो घरको पश्चिम उत्तरतिरको कुनामा काठको फलेक र चटाई उठाई हेर्दा एउटा सानो एउटा ठूलो टाउको र घर पोलिएको अवस्थामा रहेको कैली बोहराको भनिएको लाशको ठाउको उत्तरतर्फ र दुबै जंघ पुट्ठाको भाग मात्र पोलिएको अवस्थामा भई अरु भाग जलीसकेको सो लाशको पूर्व बगलमा मृतक महामति बोहराको लाशको खोपडी र पेटका हिस्सा मात्र बाँकी रहेको अन्य शरीरको भाग जली खरानी भइसकेको भन्ने समेतको मृतक कैली बोहरा र महामति बोहराको लाश प्रकृति मुचुल्का । ४. २०४३।६।२९ गते राती महिनाबारीको कारणले छिंडिमा सुतेकी मेरी श्रीमतीसँग एकै ओछ्यानमा गाउँकै दमुवा बोहोरा बसेको देखी रिस उठी हकारी बन्चरोले हान्न खोज्दा दमुवाले माफी माग्यो । श्रीमतीलाई मेरो घरमा नबस दमुवासंगै जा भन्दा आफ्नो लुगा समाती दमुवाको घरतिर गएकी थिई कहाँ सुती थाहा भएन २ दिनपछि कान्छा ससुराले घरमा पुर्‍याई दिएका हुन् २०४३।७।१२ गते राती श्रीमतीसँग सुतेकोमा श्रीमतीले मलाई अंगालो हाल्दा कैले मलाई माया गर्ने कैले दमुवाको स्वास्नी हुने भनी मैले निजको पाखुरा र जांघमा एक एक चोट हानें । काठले टाउकोमा हानेकोमा मरे भनी कराएको थिई छोरी बिउझी रुन लागि सम्झाउँदा मानिन । यसले हल्ला गर्छे भनी छोरीको घाटीमा च्यापी मारें । दुबै आमा छोरीलाई एकै ठाउँमा राखी घाँसले छोपी आगो लगाई आफू पानी लिन भनी गएँ । पानी लिई आउँदासम्म गाउँलेहरू आगो निभाई रहेकोमा अरुको शंका मेटाउन गाग्रो छोडी दौडी आगोमा फाल हालेको हुँ भन्ने समेतको अभियुक्त धनसिंह बोहराले गरेको बयान । ५. धनसिंहको घरमा कर्तव्यबाट आगलागी भएको हो तर कसको कर्तव