निर्णय नं. ३७९६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७९६ - कर्तव्य ज्यान भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/२२ २३७० निर्णय नं. ३७९६ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५१२ फैसला भएको मिति : २०४६।२।२२।१ मा पुनरावेदक/वादी : हेमकुमारी बानियाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.मकवानपुर रुनामाडी गा.पं. वार्ड नं. ४ बस्ने गोपालप्रसाद पराजुली मुद्दा : कर्तव्य ज्यान (१) वारदातको समयमा घटनास्थलमा नरहेको भनी लिएको जिकिरलाई निजहरूले प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ४६) (२) प्र.समेतले कमाएको जग्गामा पेटबोलीबाट बुझिएकाले, ४०, ५० हल गोरु लिई मकै छर्न जाँदा झगडा भई कुटपीट भएको देखिन आएबाट प्रतिवादीले मार्ने मनसाय राखी कुटपीट गरेको देखिन नआउने । (प्रकरण नं. ४६) (३) वारदात नै भवितव्यबाट घटेको ठहर भएकोले बचन दिई षडयन्त्र गरेको भन्न नमिल्ने । (प्रकरण नं. ४६) (४) वारदातको समयमा अन्यत्र रहेको भनी लिएको जिकिर निजका साक्षीले पुष्ट्याई गरी बकपत्र गरेको देखिँदा केवल जाहेरवालीको शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने । (प्रकरण नं. ४६) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.पृथ्वीबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मेरो लोग्ने होमबहादुर २०३८।१२।३१ गते बिहान अं. ६ बजेको समयमा फूके दमाईको घरमा जान्छु भनी निस्कनु भएकोमा करिब अं. ८ बजेको समयमा तपाईको लोग्ने होमबहादुरलाई कुटपीट गरी बेहोस पारी वापस जाने सडक र फुर्के चौर सिरानमा जाने सडक चौबाटोमा फ्याँकी राखेका रहेछन् भनी गाउँका मनिसहरूले मलाई भन्न आएका र म घटनास्थलमा गई हेर्दा पति बेहोस् अवस्थामा हुनु हुँदो रहेछ । सुराक पत्ता लगाउँदा किरण खनाल, अर्जुनबहादुर थापा, पुष्पबहादुर थापा, रुद्रप्रसाद खतिवडा, केशवबहादुर कार्की, शेरबहादुर थापा, प्रेमबहादुर कठेत, रामप्रसाद पराजुली, गोपालप्रसाद पराजुली, चेतबहादुर थापा समेतको १० जनाले कुटपीट गरेको हुँदा कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने जाहेरवाली हेमकुमारीको मिति २०३९।१।३ को जाहेरी दरखास्त । ३. किरणप्रसाद खनाल समेतका १० जनाको कुटाईको चोटबाट घाइते भएको लोग्ने होमबहादुर बानियाको नारायणी अञ्चल अस्पताल वीरगन्जबाट उपचार हुँदाहुँदै कुटपीट भएको मितिदेखि बेहोस अवस्थामा नै मिति २०३९।१।७ गते अस्पतालमा नै मृत्यु भएको हुँदा कसूरदारहरूलाई पक्राउ गरी कानुनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाली हेमकुमारीको मिति २०३९।१।९ को जाहेरी दरखास्त । ४. उल्लेखित मिति २०३८।१२।३१ मा म वारदात भएको ठाउँमा छैन र मैले मर्ने होमबहादुर बानियालाई कुटपीट गरेको र मैले कुटपीट गरी मारेको पनि होइन झगडा कुटपीट वारदात भइसकेपछि मात्र हेटौंडाबाट घरमा पुगेको हुँदा मर्ने होमबहादुरलाई को कसले कुटपीट गरे कसको चोटबाट मृत्यु भएको हो मलाई थाहा नहुँदा खुलाउन सक्दिन । यस्मा मेरो केही कसूर छैन भन्ने समेत व्यहोराको अभियुक्त रामप्रसाद पराजुलीको मिति २०३९।१।१० मा प्रहरीमा भएको बयान कागज । ५. उक्त मितिमा मर्ने होमबहादुर बानियालाई को कसले कुटपीट गरेको कसको चोटबाट निजको मृत्यु भयो थाहा छैन । सो कुटपीटको वारदातमा