निर्णय नं. ३७९७ - म्याद जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३७९७ - म्याद जालसाजी भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/२२ ३३७४ निर्णय नं. ३७९७ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ५४७ फैसला भएको मिति : २०४६।२।२२।४ मा पुनरावेदक/वादी : का.जि.का.न.पं. वडा नं. ३३ मैतिदेवी फाँट बस्ने लालबहादुरको छोरा तेजबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी/प्रतिवादी : का.जि.का.न.पं. वडा नं. ३३ मैतिदेवी फाँट बस्ने जितबहादुर श्रेष्ठसमेत मुद्दा : म्याद जालसाजी (१) पुनरावेदक वादीका नाममा मिति २०३३।२।८ मा जालसाजबाट भएको म्याद तामेली सम्बन्धमा मिति ०३६।५।४ मा नक्कल सारेकोबाट थाहा पाएको भनी सो मितिले २ वर्षभित्र नालेश परेको देखिन आएकोले हदम्याद नाघेको भनी वादी दावी खारेज गर्ने गरेको म.क्षे.अ. को फैसला नमिलेबाट बदर हुने । (प्रकरण नं. १८) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना एवं विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली अवलम्बित नजीर : कुष्णराज पन्त विरुद्ध पियुषराज पाण्डे समेत भएको जालसाजी मुद्दामा प्रतिपादन सिद्धान्त (ने.का.प. २०४५ पृ. १०७) फैसला न्या.पृथ्वीबहादुर सिंह १. म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षीहरूको मिलोमतोबाट वारेश भई आफ्ना हकमा समेत हिरादेवी श्रेष्ठले अंश मुद्दा दायर गरेकोमा वलवा सुकनाहा गा.पं. वडा नं. ७ मा म्याद काट्न लगाई अदालतका सिपाहीहरूलाई समेत भोरमा पारी निजकै घरमा काम गर्ने धनबहादुर र अरु हरिचरण, सुमन भू.पु.पं. सदस्य द्धारिका महतोलाई सो म्यादमा साक्षी बस्न लगाई जालसाजीबाट म्याद तामेल गराएछन् । प्रतिवादी नै दिन नपाउने अवस्था पारी एकतर्फिबाट अंश पाउने ठहर गरी शुरु सर्लाही जिल्ला अदालत र अञ्चल अदालतबाट फैसला गरिसके भन्ने सुनेकोले २०३६।५।४।२ मा नक्कल सारी हेर्दा वलवा सुकनाहामा म्याद टाँस गराई तामेलीमा तेजबहादुर घरमा फेला नपरेको र निजको एकाघरको सगोलको परिवार समेत फेला नपरेकोले पश्चिम मोहडा भएको दैलोमा टाँसिएको भन्ने उल्लेख भएको प्रत्यक्ष प्रमाणित छ । स्थायी बसोवास नभई अस्थायी घर भएकोले फेला पार्ने कुरै भएन । अंश मुद्दामा मेरा नाममा २०३३।२।८।६ मा तामेल भएको म्याद जालसाजीबाट तामेल भएको कायम गरी सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको तेजबहादुरको फिरादपत्र । ३. फिरादपत्र कीर्ते कागजको १८ नं. विपरीत भएकोले अ.बं. १८० नं बमोजिम खारेज गरिपाउँ प्रतिवादी तत्काल जहाँ बसेको छ त्यही दायर गर्नुपर्ने अ.बं. २९, ७६ र ११० अनुरुप वादी बसेको ठेगानामा म्याद तामेल गरिएको वादी स्वयंले जग्गा भएको बसोवास गरिएको तथ्यलाई इन्कार गर्नसकेको छैन भन्ने म्याद जालसाजी भयो भन्नु मिल्दैन । जालसाजी कहाँ कुन मितिमा गरेको कुन ऐन नम्बरले सजायँ हुने हो उल्लेख गर्न नसकेको हचुवा अस्पष्ट र अधुरो वादी दावीबाट इन्साफ हुन नसक्ने हुँदा २०३३।२।८।६ को तामेली म्याद ऐनको रीतपूर्वकको हुँदा जालसाजीबाट तामेल गराएको भन्ने तामेली हदम्याद विपरीतको प्रस्तुत फिराद दावी कायम रहन नसक्ने हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जितबहादुर समेत ९ जनाको संयुक्त प्रतिउत्तरपत्र । ४. प्रस्तुत मुद्दामा मुख्य म्याद तामेल गर्ने कुनै कर्मचारी उपर उजूर गरेको नदेखिँदा साक्षी बस्ने पञ्च सदस्य समेतका अन्