निर्णय नं. ३७९८ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७९८ - बन्दीप्रत्यक्षीकरण भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/२८ २८१८ निर्णय नं. ३७९८ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४६ सालको रिट नं. १३२६ आदेश भएको मिति : २०४६।३।२८।४ मा निवेदक : जि.भ.पु.नगदेश गा.पं. वडा नं. ७ बस्ने श्यामकृष्ण कोजूको हकमा शुद्धकृष्ण कोजू विरुद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय भक्तपुरसमेत विषयः बन्दीप्रत्यक्षीकरण (१) कुनै पनि व्यक्तिले आफू थुनामा नपर्दे थुना राखे, बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भनी निवेदन गर्यो होला भन्ने तर्कसंगत नदेखिने । (प्रकरण नं. १०) (२) सार्वजनिक सुरक्षा ऐनको प्रयोग सो प्रयोग गर्न दिएको अधिकारीले आत्मनिष्ट तरिकाले गर्न दिएको होइन, यो ऐन सार्वजनिक सुरक्षाको प्रयोजनको लागि बनाइएको हो यस्तो ऐनको प्रयोग सितिमिती गर्न नहुने । (प्रकरण नं. १०) (३) कुनै व्यक्तिबाट सार्वजनिक सुरक्षामा वा शान्ति र व्यवस्थामा खलल पर्ने गरी कुनै काम हुन आटेको छ भन्ने देखिन पर्दछ, सो देखाईमा पनि आधार हुन पर्दछ सम्भावित परिणाम हेरी अधिकारप्राप्त अधिकारीले प्रयोग गर्न पाउने हो । (प्रकरण नं. १०) (४) निवेदकलाई गिरफ्तार गरी थुनामा राखी निवेदन परी कारण देखाउ आदेश जारी भएपछि मात्र सार्वजनिक सुरक्षा ऐनको प्रयोग गरेको देखिएबाट आफ्नो गल्ति ढाकछोप गर्न, प्रयोग गरेको होइन भनी सम्झन नमिल्ने । (प्रकरण नं. १०) (५) निवेदकलाई कानुनको उचित प्रक्रिया (Due process) पूरा गरी तर्कसंगत रुपमा थुनामा राखेको नदेखिँदा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा थुनाबाट मुक्त गरी दिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री तीथराज बसौला विपक्षीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्बित नजीर : २०४४ सालको रि.नं. १४१८ गोपिकृष्ण दहाल विरुद्ध जनकपुर अञ्चलाधीश कार्यालय भएको ने.का.प. २०४४, पृ. ९१८ मा प्रतिपादित सिद्धान्त । आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. २०४५।१२।३० गते बिहान ६.३० बजे मेरो दाजु श्यामकृष्ण घरमै बसी रहेको बेला १ जना सादा पोशाकमा र ३ जना सरकारी पोशाकमा प्रहरी जवानहरू आई तपाइलाई डि.एस.पि. साहेबले बोलाउनु भएको छ एकछिन जानु पर्यो भनी भनेबाट दाजु जानु भएको थियो । पछि प्रहरी आएर घर खानतलासी गरे दाजु फर्की आउनु भएन । बिना अभियोग बिना कारण गैरकानुनी ढङ्गले गिरफ्तार गरी जि.प्र.का. भक्तपुरमा थुनामा राखियो । आजसम्म भेटघाट गर्न दिएको छैन । पछि बुझ्दा उहाँलाई हनुमान ढोकाको जि.प्र.का. मा लगिएको थाहा भयो । यसरी गैरकानुनी ढंगबाट गिरफ्तार गरी थुनिएबाट सो थुनाबाट मुक्त गरी पाउन यो निवेदन गरेको छु भन्ने समेतको रिटनिवेदन । ३. विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ४. निवेदक श्यामकृष्णलाई जि.का. भक्तपुरबाट नजरबन्द राख्नु भनी ०४६।१।८ मा आदेश गरेबाट पक्री सोही दिन केन्द्रीय कारागार कार्यालयमा बुझाएको हो भन्ने समेतको जि.प्र.का. भक्तपुरको लिखितजवाफ । ५. श्यामकृष्णलाई सार्वजनिक सुरक्षा ऐन, २०१८ अन्तर्गत नजरबन्द राखिएको छ । २०४५।१२।३० मा पक्राउ गरेको होइन २०४६।१।८ गतेका दिनदेखि नजरबन्दमा राखेको हो भन्ने समेतको प्र.जि.अ., जि.का. भक्तपुरको लिखितजवाफ । ६.