निर्णय नं. ७३७९ - लेनदेन विगो भराई करारको दायित्व पूरा गराई पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३७९ - लेनदेन विगो भराई करारको दायित्व पूरा गराई पाउँ । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/०३/११ ४११४ निर्णय नं. ७३७९ ने.का.प.२०६१ अङ्क ५ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्बत् २०५८ सालको दे.पु.नं. ...७०५३ फैसला मितिः २०६१।३।११।६ मुद्दा :– लेनदेन विगो भराई करारको दायित्व पूरा गराई पाउँ । पुनरावेदक प्रतिवादीः का.जि.का.म.न.पा.वडा नं. ९ वत्तिसपुतली वस्ने माया गुरुङ्ग विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.वडा नं. ३३ वस्ने दुर्गा उपाध्याय § प्रतिवादीले विवादित जग्गा वादीलाई नदिई अन्य व्यक्तिलाई दिएमा मात्र क्षतिपूर्ति र साँवा व्याज भराउन सक्ने शर्त राखिएकोमा प्रतिवादीले विवादित जग्गा अरुलाई दिइसकेको भन्ने दावी लिन सकेको नदेखिंदा क्षतिपूर्ति तथा साँवा व्याज भराई पाउँनु पर्ने अवस्था रहेको नदेखिने । § करारको प्रकरण नं. ७ मा विवादित जग्गा प्रतिवादीको नाममा कायम भई दर्ता हुन नसके वा प्रतिवादीले सो जग्गा वादीलाई करारका म्याद भित्र हस्तान्तरण गर्न नसकेमा वादीले प्रतिवादीलाई दिएको रकमको साँवा व्याज प्रतिवादीका घर घराना चल अचल सम्पत्तिवाट असूल उपर गरी लिन पाउने शर्त उल्लेख गरिएअनुसार करार भएका दिनमा वादीले प्रतिवादीलाई दिएको भनिएको रकम रु. २,००,०००।– को सांवा व्याज समेत भराई पाउँ भन्ने वादी दावी देखिन्छ । उक्त शर्तमा उल्लेख भए अनुसार विवादित जग्गा प्रतिवादीको नाममा दर्ता हुन नसकेको कारण करारका म्याद भित्र जग्गा हस्तान्तरण हुन नसकेको भन्ने देखिन नआउने । § जग्गा पास गरी दिने लिने गरी करारनामा गराई बैना बापत लिनु दिनु गरेको रकम करारनामाको शर्त अनुसार नै सावाँ व्याज सहित दिलाई भराई पाउँ भन्ने दावी लिने वादीले करार ऐन, २०२३ को दफा १८(२) (ग) अनुसार मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिना भित्र नालेश गर्नुपर्ने । § करारनामाको लिखत अनुसार भएको लेनदेनको सम्बन्धमा मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. मा व्यवस्थित हदम्याद आकर्षित हुन नसक्ने । § प्रत्यर्थी वादीले करारनामाको शर्तं अनुसार क्षतिपूर्ति दिलाई पाउँ भनी करार ऐन, २०२३ को दफा १८को उपदफा २ को खण्ड (२)(ग) को हदम्याद भित्र नालिस नगरी लेनदेन व्यवहारको ४० नं. को हदम्यादको आधारमा दायर गरेको फिराद कानूनसम्मत देखिन नआउने । § हदम्यादविहीन तथा करारनामामा उल्लेख गरेको शर्त विपरीतको फिरादको आधारमा काठमाडौं जिल्ला अदालतले वादी दावी नपुग्ने गरेको फैसलालाई केही उल्टी गरी लेनदेन व्यवहारको ४० नं. को आधार समेत लीई फिराद दर्ता भएको भनी साँवा व्याज भराउने र करार ऐन, २०२३ को दफा १८ को उपदफा (२) को खण्ड (ग) मा उल्लिखित हदम्याद भित्र नालिस नगरेको कारणले क्षतिपूर्ति नभराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भई फिराद खारेज हुने । (प्र.नं. १७ देखि १९) पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री कृष्णप्रसाद देवकोटा प्रत्यर्थी वादीतर्फवाटः अवलम्वित नजिरः ने.का.प. २०५२, नि.नं. ६०३२, पृ.७४८ र ने.का.प.२०५८, नि.नं. ७०३४, पृ. ५४७ फैसला न्या.शारदाप्रसाद पण्डितः पुनरावेदन अदालत पाटनवाट मिति २०५६।९।१३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :– २. सर्वोच्च अदालतवाट भएको परमादेश अनुसार आफू मोही रहेको पशुपती भण्डार तहविल अन्तरगतको साविक वत्तिसपुतली ग