निर्णय नं. ७४१४ - जवर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४१४ - जवर्जस्ती करणी भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६०/११/०४ ३६६७ निर्णय नं.७४१४ ने.का.प.२०६१ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५६ सालको फौ.पु.नं. २२५१ फैसला मितिः २०६०।११।४।२ मुद्दा :– जबरजस्ती करणी । पुनरावेदक प्रतिवादीः जि.उदयपुर, त्रियुगा न.पा. वडा नं.१० बस्ने हिरालाल चौधरी विरुद्ध प्रत्यर्थी वादीः राम कुमारी समेतको जाहेरीले श्री ५ को सरकार § मिसिल संलग्न प्रमाण कागजबाट जबरजस्ती करणी भएको हो, होइन यकिन भन्न नसकिने भन्ने समेतको मेडिकल रिर्पोट देखिएको परिप्रेक्ष्यमा प्रत्यक्षदर्शी भनिएकी घुरनी सदा र सह–अभियुक्त हरिनारायण सदाले समेत मौकाको भनाइमा प्र.हीरालालले करणी गरेको हो भनी किटी लेखाई नदिएको अवस्थामा पीडित भनिएकी राम कुमारी चौधरीको विरोधाभाषपूर्ण भनाइ मात्रै को आधारमा प्रतिवादी हिरालाल समेत भई वारदात घटना घटाएको भनी मान्न न्यायसम्मत हुने देखिन नआउने । § मेडिकल जाँच गर्दा समेत जबरजस्ती करणी भएको हो, होइन यकिन हुन नसकेकोमा घटनास्थल प्रकृति मुचुल्का र सनाखत कागज मात्रैको आधारमा यी प्रतिवादी हिरालाल समेत भई जबरजस्ती करणी भए गरेको रहेछ भन्न नमिल्ने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री रामकुमार राउत प्रत्यर्थी वादीतर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खडका अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत राजविराजको मिति २०५५।९।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा (१)(ग) बमोजिम प्रतिवादी हीरालाल चौधरीकोतर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदनमा संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- २. हामी जाहेरवाली साथमा १० वर्षको धुरनी सदा समेत मिति ०५२।१०।१४ गते जलजले बजारमा आफ्नो घरतर्फको बाटो आईरहेको अवस्थामा त्रियुगा १ नं. र २ नं. पुलको बीचमा पुग्नासाथ हरिनारायण, हिरालाल चौधरी, सफिगुल मियां, देवनारायण चौधरी, नजरुल मियां, राजेश्वर चौधरी समेतका मानिस करणी गर्ने मनसायले बाटो ढुकी बसिरहेका रहेछन्, हामीहरु उक्त स्थानमा पुग्ना साथ म सूचनाकर्ता दहा सदा लाई सफगुल मियाले र म रामकुमारी चौधरीलाई हरिनारायण सदाले जबरजस्ती पक्री बोकी सडक भन्दा १५ मिटर फरक चौडीमा लडाई दहनी सदालाई मुखथुनी बोल्न चल्न नदिई पहिला सफिगुल मियाले त्यसपछि नजरुल मियाले करणी गरे देवनारायण, हरिनारायण सदा, हिरालाल चौधरीले पालैपालो म राम कुमारीलाई करणी गरे । देव नारायण समेतले मानिस आउछन भनी बाटोमा डिउटी गर्ने ग¥यो हामीलाई इच्छा विरुद्ध करणी गरेको हुँदा कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको राम कुमारी चौधरी समेतको जाहेरी दरखास्त । ३. जाहेरवालीहरुलाई जबरजस्ती करणी गरिएको घटनास्थलमा रातो निलो रंगको जत्रतत्र छरिएको टुक्रा चुरा भएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । ४. यी देखाएका कपडाहरु प्रतिवादीहरुले मिति ०५२।१०।१४ गते हामीलाई जबरजस्ती करणी गर्दा च्यातिएको र निजहरुको विर्य लागेको र यो फुटेको चुरा टुक्रा प्रतिवादीहरुले जबरजस्ती करणी गर्दा वारदातस्थलमै फुटेको र घटनास्थलबाटै बरामद भएका हुन भनी जाहेरवाला रामकुमारी चौधरी समेतले गरी दिएको सनाखत कागज । ५. मिती २०५२।१०।१४ गते म लहानबाट आफ्नो घर भुमरसुवा चुहाडे जादै गर्दाको अवस्था घटनास्थल नजिक पुगे पछि जाहेरवाली दहनी सदाले गाडी रोकेकोले मैले गाडी रोके, त्यस अवस्था पीडित जाहेरवालीको सर्टको टांक खुलेको, सर्ट च्यातिएको थियो, प्रत