निर्णय नं. ३७९९ - उत्प्रेषणयुक्त आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३७९९ - उत्प्रेषणयुक्त आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/०८ २४७६ निर्णय नं. ३७९९ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको रिट नं. १०५७ आदेश भएको मिति : २०४६।३।८।५ मा निवेदक : झापा जिल्ला बुधबारे गा.पं.का. प्रधानपञ्च श्री राजेन्द्र ओली विरुद्ध प्रत्यर्थी : श्री जिल्ला पञ्चायत सचिवालय, झापा, चन्द्रगढीसमेत विषय : उत्प्रेषणयुक्त आदेश जारी गरिपाउँ (१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ६२(४) ले गाउँ पञ्चायतको पदाधिकारी तथा सदस्यलाई हटाउने निलम्बन गर्ने अधिकार श्री ५ को सरकारलाई मात्र दिएको, जिल्ला पञ्चायतलाई सो अधिकार प्राप्त भएको नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. मिति २०४५।७।१५ मा प्रत्यर्थी बुधबारे गा.पंं ले जिल्ला पञ्चायत सचिवालय भद्रपुर झापाको च.नं. ९७५ मिति २०४५।७।१४ को पत्र अनुसार आगामी जि.पं. को निर्णय अनुसार अर्को आदेश नहुन्जेल त्यस गा.पं. का उपप्रधानपञ्च श्री टिकाराम नेउपानेले का.वा.प्र.पं. भई गा.पं. को दैनिक कामकाज गर्नु हुन भनी लेखी आएको हुनाले जानकारी गराइन्छ भन्ने व्यहोराको जानकारी पत्र म निवेदक प्रधानपञ्चलाई दिइयो । प्रत्यर्थी जिल्ला पञ्चायत सचिवालयको पत्रको प्रतिलिपि पाउन अनुरोध गर्दा नदिएको र मेरो निवेदनपत्र समेत दर्ता गर्न इन्कार गरियो । ३. मलाई प्र.पं. पदबाट के अभियोगमा निष्काशन गरिएको हो पत्रमा खुलाइएको छैन । जिल्ला पञ्चायतले अधिकारको अभावमा मलाई पदीय कार्य गर्न नदिएको कार्य अ.बं. ३५ नं. प्रतिकूल छ गाउँ पञ्चायतको पदाधिकारी तथा सदस्यलाई निलम्वन गर्न पाउने तथा हटाउने अधिकार गा.पं. ऐन, २०१८ को दफा ६२(४) बमोजिम श्री ५ को सरकारलाई मात्र प्राप्त छ । राजनैतिक प्रतिशोधको कारणले मलाई सफाईको मौका समेत नदिई दुराशय एवं प्रवृत्त किसिमबाट मेरो पदीय हैसियत समाप्त पारिएको काम कारवाहीहरू बदरभागी छन् । उक्त कार्यबाट निवेदकको उल्लिखित हक अपहरित हुनुको साथै नेपालको संविधान, २०१९ को धारा १०(१)३० द्वारा प्रत्याभूत हकबाट बन्चित हुनु परेकाले उक्त निर्णय आदेश लगायतको सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरी यथावत पदमा प्रतिनिधित्व गर्न दिनु भनी परमादेश जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४५।८।१५।४ को आदेश । ५. विपक्षी रिटनिवेदक उपर खेद प्रस्ताव पारित गरी प्रत्यर्थी मध्ये बुधबारे गा.पं. को नियमित बैठकले मिति २०४५।४।२ मा बैठकको प्रस्ताव नं. ५ को निर्णयमा सर्वसम्मतिबाट निवेदकले पदको दुरुपयोग गरी इतर गुटबन्दी गर्दै देश नरेश तथा व्यवस्थामा समेत दखल पुर्याउने जनपक्ष मञ्च गठनमा सहभागी भई उपाध्यक्ष पदमा निर्वाचित भएको भन्ने पत्रपत्रिकाद्वारा पुष्टी हुन आएको व्यहोरा समेत उल्लेख गरी निज प्रधानपञ्च प्रति कारवाहीको निमित्त मिति २०४५।५।३ को बुधबारे गा.पंं. को पत्र प्राप्त भएको हुँदा निज प्रधानपञ्च प्रहरी हिरासतमा रहेको र गा.पं. को दैनिक कार्य सञ्चालन निमित्ति उपप्रधानपञ्चलाई कार्यवाहक प्रधानपञ्च भई कार्य गर्ने आदेश दिनु पर्ने अन्यथा ग