निर्णय नं. ३८०० - उत्प्रेषणयुक्त परमादेश लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८०० - उत्प्रेषणयुक्त परमादेश लगायतका आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/०४ २३४९ निर्णय नं. ३८०० ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. १४३१ आदेश भएको मिति : २०४६।२।४।४ मा निवेदक : जिल्ला भोजपुर आदर्श गा.पं. वडा नं. ८ बस्ने रुद्रबहादुर कार्की विरुद्ध प्रत्यर्थी : ऐ.ऐ. बस्ने पदमबहादुर कार्कीसमेत विषय : उत्प्रेषणयुक्त परमादेश लगायतका आज्ञा, आदेश जारी गरिपाउँ (१) बण्डापत्र बमोजिम दर्ता गरी दिनुपर्ने देखिन आएको स्थितिमा बण्डापत्रलाई कुनै वास्तै नगरी निवेदकलाई बुझ्दै नबुझी निवेदकका नाउँमा दर्ता रहेको जग्गा विपक्षीका नाउँमा एकलौटी दर्ता गर्ने गरेको निर्णयलाई कानुन बमोजिम भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. ११) प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधान धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. बाजे गडुलध्वजका ५ छोराहरूमा जेठा निवेदकका पिता जगतबहादुर, माहिला अकलबहादुर साहिला विपक्षी बाबु दक्षबहादुर, काहिला नरबहादुर, कान्छा अमृतबहादुर मध्ये विपक्षीका पिता ०१४ सालमा र निवेदकका पिता समेत ०२३ सालमा अंश लिई भिन्न हुँदा पिताको नाउँमा बाजे गडुलध्वजको भाग पूर्व, अमृतबहादुरको भाग पश्चिम मिनबहादुरको जग्गा दक्षिण, मोहनेको खेत उत्तरको ४ किल्लाभित्रको माटो मुरी ।८ को पोत रु. २।८० लाग्ने तित्रीबोटे भन्ने खेत समेत अंश भागमा परी निवेदकहरूले भोग चलन गरिआएकोमा २०३८ सालको नापीले कि.नं. १६७ कायम गरी हाम्रो नाउँमा अस्थायी दर्ता गर्ने निर्णय गरेको थियो । २०२३ सालको बण्डामा ठाडो चिरा लगाई बण्डा भएकोमा नापीले तेर्सो चिरा गराएकोले बण्डा बमोजिम सीमाना छ्ुट्याई दर्ता गरिपाउँ भनी विपक्षी दक्षबहादुरको पिताले भोजपुर जि.अ. मा फिराद गरेकोमा जि.अ.बाट कि.नं.१६५ र १६७ को जग्गाको हकमा ०१४ सालको बण्डाबाट गडुलध्वजको ज्युनीसंग विपक्षीको किल्ला र फिल्डबूक उतार किल्ला भिड्न नआएकोले नापीको निर्णय सदर गरी फैसला भएकोमा विपक्षीको कोशी अञ्चल अदालतमा पुनरावेदन परी शुरुको फैसला केही नमिलेकोले ०२३ को बण्डापत्र कायमै राखी विपक्षीका नाउँमा समेत दर्ता हुने ठहर्‍याई २०४३।७।६ मा फैसला भयो । विपक्षी पद्यबहादुरको निवेदन परी उक्त फैसला बमोजिम भो.पु. जि.अ.बाट बण्डापत्रमा लेखिए बमोजिम विपक्षीका नाउँमा जग्गा दर्ता गरिदिनु भन्ने मा.पो.का. को नाममा आदेश भएकोमा मालपोत कार्यालयले उक्त कि.नं. १६७ को सम्पूर्ण जग्गा विपक्षीका नाममा दर्ता गर्ने गरी ०४४।३।२८ मा निर्णय पर्चा गरेको कुरा ०४४।४।२९ मा नक्कल सारी थाहा पाएँ । ३. न्यायिक निर्णय गर्ने निकाय वा अदालतले प्रचलित ऐन अन्तर्गत रही निर्णयको कार्यान्वयन गर्दा त्यस विषयको विवादको निराकरण कानुन अनुरुप नै गर्नुपर्नेमा शुरु जिल्ला अदालतले कोशी अञ्चल अदालतको फैसलाको अक्षरश पालना नगरी आफ्नो भाग जति छुट्याई पाउँ भन्ने विपक्षीको निवेदन परेकोमा उक्त जग्गा विपक्षीका नाममा दर्ता गरिदिनु भन्ने जि.अ. को आदेश र पूरै कित्ता दर्ता गरेको मा.पो.का. को निर्णय अ.बं. ३५, १८४क, १८५ तथा प्रमाण ऐन, ०३१ को दफा ५४ को त्रुटि हुँदा बदरभागी छ । उपरोक्त बमोजिम निवेदकको सम्पत्तिबाट बन्चित हुने गरी भएको त्रुटिपूर्ण निर्णय