निर्णय नं. ३८०१ - प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८०१ - प्रतिषेध भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/३१ २३४७ निर्णय नं. ३८०१ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको रिट नं. १६५० आदेश भएको मिति : २०४६।२।३१।३ मा निवेदक : का.न.पं. वडा नं. ३ महाराजगन्ज बस्ने भद्रबहादुर खड्का विरुद्ध विपक्षी : काठमाडौं उपत्यका नगर विकास योजना समिति काठमाडौं विषय : प्रतिषेध (१) रीतपूर्वक पुनरावेदन परी कारवाही भइरहेको अवस्थामा विपक्षीले अरु निर्णय गर्न र घर भत्काउन नमिल्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. का.न.प.वा. नं. २२(ग) कि.नं. ३६३ को ०–३–२ को जग्गा म भद्रबहादुर र कि.नं. ३६४ को ०–४–१–२ को जग्गा म हेमबहादुरको नाममा दर्ता तिरो तिरान भोग चलन भएको जग्गा हो । उक्त जग्गामा प्रेषित नक्सा बमोजिम घर बनाउन पाउँ भनी का.न.पं. मा नक्सा सहित दरखास्त हालेका थियौं । यस सिलसिलामा जाँचबुझ सरजमीन हुँदा सडक केन्द्रबाट ११ मिटर हटेर बनाउनु पर्नेमा ७ मिटर हटेर डि.पि.सी भइसकेको देखिन्छ भनी प्रतिवेदन पेश भएकोमा उक्त घर बन्ने जग्गाको दायाँ बायाँ अरु घरहरू बनिसकेकोले उक्त घरहरूको लाइन मिलाई बनाउन पाउँ भनी हामीले दरखास्त दिएकोमा दायाँबाट १० घरसम्म लाइन भए प्रतिवेदन लिई सोही लाइन मिलाई घर बनाउन नक्सा पास गरिदिने भन्ने प्रधानपञ्चज्यूबाट २०४२।६।२ मा तोक आदेश भयो । तत्पश्चात इन्जिनियर ओभरसियरबाट जाँचबुझ प्रतिवेदन पेश भइसकेपछि नक्सा बमोजिम घर बनाउन हुन पाउने गरी २०४३।४।२० मा टिप्पणी सदर भई नक्सा पास भएको थियो । सो नक्सा बमोजिम एक तल्ला पिलर खडा गरी ढलान कार्य हुँदैको बीचमा नगर विकासबाट निर्माण कार्य रोक्का गर्नु भन्ने भई कारवाही चली आखिरमा का.न.पं.वा.नं. ३ महाराजगन्ज चक्रपथबाट दक्षिण नगर विकास समितिको मापदण्ड विपरीत सडकको केन्द्र रेखाबाट छोड्नु पर्ने जमीन नछोडी हेमबहादुर पण्डित तथा भद्रबहादुर खड्काले घर निर्माण गर्न लागेको देखिएकोले सडकको केन्द्र रेखाबाट ११ मि. छोडेर मात्र निर्माण गर्न दिने भनी विपक्षी नगर विकासबाट ०४३।११।११ गते फैसला भएको थियो । उक्त फैसला उपर श्री ५ को सरकार यातायत मन्त्रालयमा हाम्रो पुनरावेदन परी कारवाही चलिरहेको छ । यसै बीच विपक्षी नगर विकासबाट खटी आएको भनी १५।२० जना मानिसहरू आई नगर विकासको फैसला बमोजिम सडक केन्द्रबाट ११ मी. भन्दाभित्र बनाएको पिलर ढलान तोडफोड गर्न घन, गल समेत लिई आएकोले यस्तो जबरजस्ती गर्न मिल्दैन हाम्रो यातायात मन्त्रालयमा पुनरावेदन परेकोमा टुंगो लागेको छैन भन्दा हामी फैसला कार्यान्वयन गराउछौं भनी विपक्षी कार्यालयबाट जवाफ दिइयो । त्यसरी भत्काउने भन्ने कुराको पत्र निस्सा माग गर्दा सो पनि दिइएन । यसरी हाम्रो विपक्षीको निर्णय उपर नियमानुसार पुनरावेदन परी विचाराधीन रहेको अवस्थामा घर तोडफेड गर्ने कुरा पूर्णतः गैरकानुनी हो । अर्कोतर्फ हामीले नगरपञ्चायतबाट रीतपूर्वक नक्सा पास गराई घर बनाएका हौं । उक्त नक्सा पासमा नगर विकास समितिको पनि सहमति छ । उक्त नक्सालाई विपक्षी नगर विकास समितिले पनि बदर गर्नसकेको छैन । नगरपञ्चायतले ऐन कानुन ब