निर्णय नं. ७३८२ - भ्रष्टाचार ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३८२ - भ्रष्टाचार । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६०/०७/०३ ३८४५ निर्णय नं.७३८१ ने.का.प.२०६१ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री वद्री कुमार वस्नेत सम्वत् २०५९ सालको रिट नं. ...२५८१ आदेश मितिः २०६१।५।३०।४ विषय :- उत्प्रेषणयुक्त परमादेश । निवेदकः हरिसिद्धि इट्टा टायल काराखाना लिमिटेडकोतर्फवाट अख्तियारप्राप्त तथा ऐ. को प्रवन्ध निर्देशक किशोर भक्त माथेमा समेत विरुद्व विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग ववरमहल, काठमाडौं समेत § इट्टा तथा टायल उत्पादन गर्ने आफ्नो मूल उद्योग व्यवसायमा मन्दी आएको वा कम्पनी सुचारुरुपमा चल्न नसकेको अवस्थामा आफ्नो हित अनुकूल कम्पनीले आफूलाई फाइदा हुने कुनै कारोवार नै गर्न नसक्ने भन्न नमिल्ने । § निवेदकहरुले यो सम्पत्ति श्री ५ को सरकारबाट खरीद गरेको हुंदा भूमी सम्बन्धी ऐन, २०२१ को दफा १२(क) अनुसार श्री ५ को सरकारको भोगचलनमा रहेको जग्गामा हदवन्दी लाग्ने अवस्था देखिदैन र दफा १२ को खण्ड (घ) अनुसार पनि उद्योग सन्चालनको लागि निवेदकले सो जग्गा खरिद गरेको र इट्टा तथा टायल कारखाना सन्चालन गर्न छोडी सो कारखानासंग सम्वन्धित सम्पत्ति अन्यत्र लगाएको भन्ने पनि नदेखिएको हुँदा निवेदकको हकमा भूमि सम्बन्धी ऐनको उक्त दफा १२ (घ) को अवस्था आकर्षित हुने रहेछ भन्न समेत नमिल्ने । § इट्टा तथा टायल उत्पादन गर्ने कार्यलाई सूचारु राखेर सम्झौताका बुंदाहरुमा रहेका सर्त वा बन्देजमा प्रतिकूल असर नपर्ने गरी श्री ५ को सरकारबाट निबेदकहरुले खरिद गरी लिएको सम्पत्ति मध्येको केही अँश कम्पनी कै उत्थान र प्रोत्साहनको लागि अन्य कार्यमा लगाउन सक्ने देखिएको अवस्थामा निवेदकहरुले पैसा तिरेर खरिद गरेको सो सम्पत्तिको प्रयोगमा अनुचित वन्देज लगाउने गरी सम्पत्ति रोक्का राख्ने गरेको कार्यवाट निवेदकहरुको साम्पत्तिक हकमा असर नपर्ने भन्न नमिल्ने । § श्री ५ को सरकारको स्वामित्वमा रहेको इट्टा तथा टायल कारखानाको कारोवार (Business) र सम्पत्ति (Assets) सहित निवेदकले सो कारखाना मिति ३० ओक्टुवर १९९२ मा सम्झौता सम्पन्न गरी खरिद गरेको हुँदा श्री ५ को सरकार अर्थ मन्त्रालयको उल्लेखित इट्टा तथा टायल कारखानाको सम्पत्ति रोक्का राख्ने भन्ने मिति २०५८।१।१४ को निर्णय र फुकुवा गर्न नमिल्ने भन्ने मिति २०५९।४।३ को निर्णय समेत विधिवत मिलेको नदेखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने । § श्री ५ को सरकार विक्रेता र निवेदक बीच भएको उल्लेखित मिति ३० अक्टुवर १९९२ सम्झौताको शर्तहरुको अधिनमा रही उक्त सम्पत्ति प्रयोग गर्न पाउने हुँदा रोक्का आदेश फुकुवा गरी दिनु भनी श्री ५ को सरकार अर्थ मन्त्रालय र ऐ को निजीकरण इकाइको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १७ र १८) निवेदकतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताहरु श्री सर्वज्ञरत्न तुलाधर, श्री कृष्णप्रसाद भण्डारी र श्री कुसुम श्रेष्ठ तथा अधिवक्ताहरु श्री शम्भु थापा र श्री वद्रीवहादुर कार्की विपक्षीतर्फवाटः सह न्यायाधिवक्ता श्री प्रेमराज कार्की र उप न्यायाधिवक्ता श्री व्रजेश प्याकुरेल आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. निवेदक हरिसिद्धि इट्टा टायल कारखाना साविकमा श्री ५ को सरकारद्वारा इट्टा टायल कारखानाको रुपमा स्थापित कम्पनीको रुपमा अस्तित्वमा रहेकोमा ३० ओक्टु