निर्णय नं. ३८०२ - प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८०२ - प्रतिषेध भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/१२/०७ २३६२ निर्णय नं. ३८०२ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. ८८८ आदेश भएको मिति : २०४५।१२।७।२ मा निवेदक : जि.कैलाली, गा.पं.प्रतापपुर वडा नं. १ बस्ने घनश्याम थारु चौधरी विरुद्ध विपक्षी : ऐ.ऐ. वडा नं.४ बस्ने रामलखन चौधरीसमेत विषय : प्रतिषेध (१) नाता प्रमाणित गर्ने सम्बन्धी निवेदन लिने, छानबीन गर्ने र नाता प्रमाणित गर्ने कारवाही प्रशासकीय प्रकृतिको हो । (प्रकरण नं. ९) (२) निवेदनमा प्र.जि.अ.बाट छानबीन मात्र भइराखेको निर्णय नै नभइसकेको अवस्थामा सो निवेदनमा निज अधिकारीबाट निजलाई अधिकार नै नभएको विषयमा निर्णय गरिने छ भन्ने अनुमान गरी प्रतिषेधको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विद्वान अधिवक्ता श्री दमन ढुड्डना आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. जिल्ला कैलाली गा.पं. प्रतापपुर वडा नं. ४ बस्ने मेरो आमापट्टिको बाजेको चिनका भगत थारुको ०२७।९।१० मा मृत्यु भई मेरो मावलीपट्टी कोही सन्तान छैनन् । २०२८।१०।५ मा म निवेदकको जन्मपछि ०२९।१२।५ मा मेरी आमा सुरथियाको पनि मुत्यु भयो । ०४४ सालमा म निवेदक बालिग भएपछि मुलुकी ऐन अपुतालीको ८ नं. अनुसार मेरो मावली बाजे चिनका भगत थारुको अपुताली सम्पत्ति मैले पाउने भएकोले सो अनुसार जिल्ला कार्यालय कैलालीका तात्कालिक प्रमुख जिल्ला अधिकारीबाट ०४४।११।२ मा नाता प्रमाणित गरी चिनका भगत थारुको नाउँको जि.कैलाली प्रतापपुर गा.पं. वार्ड नं. ४ कि.नं. ११७, ११८, ११९ जम्मा जग्गा विगाहा ४–५–५ मालपोत कार्यालय कैलालीबाट म निवेदककले आफ्ना नाउँमा नामसारी गराई प्रमाण पुर्जा पाई सो मध्ये कि.नं. ११९ को ज.वि. ०–१–० राजीनामा गरी दिई बाँकी म निवेदकले भोग चलन गरिआएको छु । ३. विपक्षी मध्येका रामलखन थारुबाट म निवेदकले अपुतालीबाट पाएको उल्लिखित सम्पत्ति हडप गर्ने नियतले विपक्षी सुरतिया थरुनीलाई म निवेदककी नक्कली आमा बनाई प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन गरी प्रहरी मार्फत विपक्षी सुरतियालाई पक्राउ गरी ल्याई निजको समेत निवेदन दिलाई सो सम्पत्तिको हकको हक बेहक सम्बन्धमा गैरकानुनी कारवाही चलाइयो सोही कारवाहीका सिलसिलामा प्रतापपुर गा.पं. मार्फत म समेतलाई विपक्षी प्रमुख जिल्ला अधिकारीबाट झिकाइएको छ । म निवेदक तारीखमा छु । म निवेदकले अपुतालीमा पाएको सम्पत्ति सम्बन्धमा हक बेहकको निवेदन लिई कारवाही चलाउन पाउने अधिकार विपक्षी प्रमुख जिल्ला अधिकारीलाई कुनै पनि प्रचलित कानुनले नदिएको र सो सम्बन्धमा अन्य प्रभावकारी उपचारको बाटो पनि छैन । विपक्षीहरूबाट भएको उल्लिखित गैरकानुनी कारवाहीबाट म निवेदकको कानुनी हकमा आघात परेको र सो को प्रभावकारी उपचारको अभाव भएकोले प्रतिषेध लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ४. यस्मा प्रत्यर्थीहरूबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति ०४५।५।१७ को आदेश । ५. विपक्षी निवेदक घनश्यामले आमा मरिसकेको भ