निर्णय नं. ३८०३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८०३ - उत्प्रेषण भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/१९ २२८५ निर्णय नं. ३८०३ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १७१३ आदेश भएको मिति : २०४६।२।१९।५ मा निवेदक : जिल्ला महोत्तरी हत्तिसर्वा गा.पं.वार्ड नं. ५ घर भई कृषिकेन्द्र दशरथपुरको लेखापाल पदमा दरबन्दी रहेको रामनारायणलाल कर्ण विरुद्ध प्रत्यर्थी : भेरी अञ्चालाधीको कार्यालय, बाँकेसमेत विषय : उत्प्रेषण (१) निजामती कर्मचारीले विभागीय प्रमुख कार्यालय प्रमुखको नियन्त्रण, अनुशासनको अधीनमा रहनु पर्ने । (प्रकरण नं. ९) (१) रिट क्षेत्र तजविजी क्षेत्र समन्यायिक क्षेत्र (Equtiable Jurisdiction) हो, निवेदकका विरुद्धमा गरिएको सजायँमा निजको ग्रेड घटाएको सम्म देखिन्छ । यस स्थितिमा रिट जारी गरी निर्णय बदर गर्नु पर्ने औचित्य नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव प्रत्यार्थीहरूतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. म निवेदक कृषि केन्द्र सुर्खेत दशरथपुरमा लेखापाल पदमा कार्यरत छु र आफ्नो पदीय दायित्व कर्तव्यनिष्ठ रुपमा पूरा गर्दै आएको छु । यस्तामा “आ.व. ०४३।४४ को कूलो निर्माणका लागि पर्न आएको बोलपत्रमा शंकास्पद तरिकाबाट दररेटको महलमा दररेट सच्याई ठेक्का नपाउने व्यक्तिलाई ठेक्का पाउने गराएको सन्दर्भमा तपाईसँग लिइएको स्पष्टीकरणको जवाफमा उक्त अड्ढ सच्याएको कुरा थाहा हुँदाहुँदै टिप्पणीमा उल्लेख नगरेको कुरा स्वीकार गर्नुभएको र उक्त अड्ढ सच्याउने कार्यमा तपाइको सहयोग सहमति थिएन भन्ने कुराको कुनै ठोस आधार र सबूद प्रमाण पेश गर्न नसक्नु भएको, सफाई पेश गर्ने मौका दिएकोमा सफाई पेश गर्नुको सट्टा सालिनता, शिष्ठता र अनुशासनको ख्याल नराखी पत्रचारको भाषा र व्यवहारमा समेत उच्छृङखलता प्रदर्शन गर्नुभएको कार्यालय प्रमुख प्रतिको उत्तरदायित्व पूरा नगरेको, प्रमुख प्रति दुर्भावनाग्रस्त रही आधारहीन र अवान्छित लान्छना लगाई कार्यालय प्रमुखको चरित्रहत्या गर्ने उद्देश्यले तह नाघेर पत्राचार गर्ने गरेको कुरा स्वीकार गर्नुभएको आधारमा श्री ५ को सरकारबाट यस कार्यालय प्रमुखलाई प्राप्त अधिकारको प्रयोग गरी नि.से.नि. को दफा १०.१(४) अनुसार २०४४ साल वैशाख महीनादेखि लागू हुने गरी तपाईले खाइपाई आएको तलबमा तीन ग्रेड नपाउने गरी सजायँ तोकी तपाईको आचरणमा सुधार ल्याउने मौका दिनु मनासिब देखी निर्णयका लागि यो टिप्पणी पेश गरेको छु” भन्ने प्रत्यर्थी ना.सु. बाट पेश भएको टिप्पणीमा ०४४।१।११ मा प्रत्यर्थी कार्यालय प्रमुखबाट सदर भन्ने आदेश भयो र सो आदेश उपर प्रत्यर्थी अञ्चालाधीश समक्ष दिएको पुनरावेदनमा कृषि केन्द्र दशरथपुरले गरेको ०४४।१।११ को निर्णयलाई नै सदर मानी ०४४।८।१० को आदेशानुसार भनी पुनरावेदन खारेज गर्ने निर्णय गरी म निवेदकलाई जानकारी गराइयो र सो को निर्णयको नक्कल पनि मलाई उपलब्ध गराउन इन्कार गरियो । ३. प्रत्यर्थी कृषि केन्द्रका कार्यालय प्रमुखले गरेको निर्णय म निवेदक निजको सेवा अन्तर्गतको कर्मचारी नभई लेखा समूहको कर्मचारी भएकोले निजले मलाई सजायँ गर्न नै पाउने नहुँदा अख्तियार बिना नै गरिएको छ । सो निर्णय गरिंदा पनि पेश भएको टिप्पणीमा क