निर्णय नं. ७३८३ - छूट जग्गा दर्ता नामसारी दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३८३ - छूट जग्गा दर्ता नामसारी दर्ता । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/०४/२१ ३७२१ निर्णय नं.७३८३ ने.का.प.२०६१ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु सम्वत् २०६० सालको दे.पु.नं. –– ९१६८ फैसला मितिः २०६१।४।२१।५ मुद्दाः– छूट जग्गा दर्ता नामसारी दर्ता । पुनरावेदक वादी काठमाडौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २३ ग्वाछेमुगल दक्षसाल वस्ने वसुन्धरा भक्त मानन्धर विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ वस्ने नारायणदेवी मानन्धर समेत § अवण्डा रहेका जग्गा मध्ये आफ्नो भाग जति आफ्नो जीवनकालमै छुट्याई रत्नमायाले आफ्नो हक स्थापित गरि नसकेको, र कुनै लिखत गरी यि वसुन्धराभक्तलाई निजले नदिएको अवस्थामा वावुसँग संगोलमा रहेको नाताले वण्डापत्रवाट प्राप्त अंश हक जस्तै अवण्डाको सम्पत्तिमा पनि वसुन्धरा भक्तको एकलौटी हक हुन्छ भनि मान्न अंश वण्डाको १, २ र ३५ नं.ले समेत मिल्ने नदेखिने । § दर्ता फोरी मुद्दा र निर्णय वदर हक कायम मुद्दाका अन्तिम फैसलाहरुको प्रस्तुत मुद्दामा कुनै प्रमाणिक महत्व नरहेको र २००१।७।२७ को पारित वण्डापत्रको प्रतिकूल पुनरावेदन अदालत पाटनबाट निर्णय समेत नभएको हुँदा दोहोर्याउने निस्सा प्रदान गर्दा संयुक्त इजलासले लिएको आधार वुँदासँग सहमत हुन नसकिने । § प्रमाणबाट दावीमा उल्लेखित २००१।७।२५ को अवण्डाको लिखतका जग्गाहरु मूलपुरुष दानवर सिंहका जीवित अंशियार वादी प्रतिवादीहरुका हाँगा बीच ३ भागको १ भागका दरले नामसारी दर्ता हुने गरी भएको मालपोत कार्यालय कलंकीको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।५।२२ को फैसला मनासिव देखिँदा सदर हुने । (प्र.नं. २३ र २४) पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र श्री अर्जुनप्रसाद कर्णेल प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर तथा विद्वान अधिवक्ताहरु श्री राम कुमार राई श्री वच्चुसिं खडका र श्री कमलमणि श्रेष्ठ अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पाटनवाट भएको मिति २०५८।५।२२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) अन्तर्गत निवेदक वसुन्धराभक्त मानन्धरकोतर्फवाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५९।१२।१० को आदेशबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई यस अदालतको देवानी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :– २. काठमाडौ जिल्ला सितापाइला ५ (ग) कि.नं. १२१, १२२, १२८ का जग्गाहरु मेरा नाउँमा नापी भएको जग्गा दर्ता गर्न पाउँ भन्ने शिवजीभक्त मानन्धरको मिति ०४१।१२।२५ मा मालपोत कार्यालय काठमाडौंमा परेको निवेदन पत्र । ३. मेरो पिताजी स्व. धनवहादुरको दाजुभाइमा जेठा दानवहादुर माहिला न्हुच्छेवहादुर साहिला कुलवहादुर भएकोमा जेठा दानवहादुर माहिला न्हुच्छेवहादुर परलोक हुनु भै माहिली आमा रत्नमायाको १ भाग साहिला कुलवहादुरको १ भाग र धनवहादुरको १ भाग गरी २००१।७।२७ मा पारित वण्डापत्र बमोजिम का.जि. आदेश्वर सितापाइला पंचायत वडा नं. ५ (ग) कि.नं. क्रमश १२१, १२२, १२८ समेतका तीन कित्ताको संगोल हकको उक्त कित्ता जग्गाहरु विपक्षी शिवजी भक्तको निवेदन मांगदावी बमोजिम उक्त जग्गा मध्ये २ खण्डको १ खण्ड शिवजी भक्त