निर्णय नं. ७४१५ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४१५ - उत्प्रेषण परमादेशसमेत भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६१/०६/१८ ३९६७ निर्णय नं.७४१५ ने.का.प.२०६१ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत २०६० सालको रिट नं. –– ३१३५ आदेश मितिः २०६१।६।१८।२ मुद्दा :– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः जिल्ला मोरङ्ग बाहुनी गा.वि.स.वडा नं. ८ घर भै हाल का.जि.का. म.न.पा. वडा नं. ३२ मैतिदेवी बस्ने वर्ष २७ को रमेश कुमार अधिकारी विरुद्ध विपक्षीः त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय, कीर्तिपुर समेत § त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २०४अनुसार ’सम्वन्धित क्याम्पसले परीक्षाको लागि आवश्यक शर्तहरु पूरा गरी योग्य घोषित भई जाँच दिएकोलाई अन्यथा भन्न नमिल्ने । § नियम २१७, २२१ ले निवेदकलाई ०५७ मा दिएको प्रथम खण्ड पुनः वा पूरक परीक्षामा बस्न पाउने र ०५८ सालको दोश्रो खण्डको अध्ययन गर्न र परीक्षामा बस्न पाउने कानूनी हक परित्याग गरी पुनः नियमित विद्यार्थी भै ०५७ सालमा प्रथम खण्ड र ०५८ सालमा दोश्रो खण्डमा पढ्नबाट कानूनले स्पष्ट रोक नलगाएको स्थितिमा ०५७ सालमा दिएको परीक्षालाई ०५६ सालमैं दिएको भन्न तर्कयुक्त नदेखिने । § कानूनले प्रष्टरुपमा प्रतिबन्ध नलगाएको अवस्थामा कुनै तह वा विषयमा एकपटक भर्ना भै केही विषयमा मात्र परीक्षा दिएको अवस्थामा दोश्रो वर्षमा भर्ना भै प्रथम वर्षको पूरक परीक्षा दिने वा त्यसलाई परित्याग गरी पुनः नयाँ भर्ना भै नियमित विद्यार्थी बन्ने भन्ने कुरा विद्यार्थीको स्वेच्छाको विषय भएको हुँदा निवेदकले पुनः भर्ना गरेको शैक्षिक वर्ष २०५७–२०५९ (०५८ र ०५९ को परीक्षा) को आधारमा निवेदकलाई नियमित विद्यार्थी मानी ट्रान्सक्रिप्ट दिई सर्बप्रथम घोषणा गर्नुका साथै सोको आधारमा प्रदान गरिने उपाधि तथा पदक समेत प्रदान गर्नु भनि विपक्षीहरुको नाममा परमादेश समेत जारी हुने । रिट निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री वद्रीवहादुर कार्की विपक्षी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री शंभु थापा र श्री नारायणप्रसाद खनाल अवलम्वित नजिरः आदेश न्या.अनुपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. म निवेदक विश्वविद्यालय क्याम्पस अर्थशास्त्र केन्द्रीय विभागले मिति ०५७ सालमा उक्त वर्षका लागि आव्हान गरेको आवेदन फाराम भरी सो वर्षमा लिइएको प्रवेश परीक्षामा उत्तीर्ण भई सोही वर्षमा अर्थशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा स्नातकोत्तर तह प्रथम खण्डमा भर्ना भएको थिएँ। त्यसपछि मैले आवश्यक प्रक्रिया पूरा गरी मिति ०५८ सालमा परीक्षा नियन्त्रण कार्यालयले संचालन गरेको पहिलो खण्डको परीक्षामा नियमित परीक्षार्थीको हैसियतले सामेल भई सोही वर्षमा उक्त तहको दोश्रो खण्डमा भर्ना लिई मिति ०५९ सालमा दोश्रो खण्डको परीक्षामा पनि नियमित परीक्षार्थी भएरै परीक्षामा सामेल भएँ । मिति ०५८ सालमा पहिलो खण्डको परीक्षा रोल नं. ४८९९ बाट सम्मिलित भई जाँच दिई मैले कुल प्राप्ताङ्क ५०० मा ३३८ अर्थात् ६७.६% अंक र त्यसैगरी ०५९ सालमा दोश्रो खण्डको परीक्षामा रोल नं. २८२८ बाट सम्मिलित भई जाँच दिई कुल प्राप्ताङ्क ५०० मा ३६२ अर्थात् ७२.४% अंक प्राप्त गरे । अतः मैले शैक्षिक सत्र ०५७।५९ भरीमा दुबै खण्डको कुल प्राप्ताङ्क १००० मा ७०० अंक अर्थात् ७०% नियमित विद्यार्थीको हैसियतल