निर्णय नं. ३८०४ - नामसारी दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८०४ - नामसारी दर्ता बदर भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०२/१७ २४३९ निर्णय नं. ३८०४ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ९०४ फैसला भएको मिति : २०४६।२।१७।३ मा पुनरावेदक/वादी : जिल्ला पर्सा बैरिया बिर्ता गा.पं. वडा नं. ४ स्थित बैरिया मठको महन्त ध्रुवदेव गिरी विरुद्ध विपक्षी/प्रतिवादी : जि.पर्सा वी.न.पं.वा.नं.८ बस्ने रामऔतारलाल माडवारीसमेत मुद्दा : नामसारी दर्ता बदर (१) धर्म कार्यमा बाधा पर्न जाने कुरालाई हामी सनातनदेखि धर्मलोप भन्दै आएका छौं, गुठीमा धर्मलोप गर्ने अधिकार अरुलाई त के कुरा गुठी संस्थानलाई पनि हुँदैन, गुठी धर्मलोपमा गुठी संस्थान वा त्यससंग सम्बन्धित महन्त जस्ताले उजूर गर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) धर्मलोप भएकोमा गुठी संस्थानले मात्र उजूर गर्नुपर्ने अरुले गर्न नपाउने र त्यस्मा पनि पुजाआजा चलाई शेष खान पाउने महन्तले पनि उजूरै गर्न नपाउने भन्दा हाम्रो धर्म गुठी संस्थानको जिम्मा रहेको हुन गई धर्मलोप गर्न चाहेमा गुठी संस्थानले सजिलैसँग गर्न पाउने भन्ने घुमाउरो अर्थ लाग्न जाने हुँदा त्यस्तो भन्नु न्यायोचित हुँदैन, यसो भन्नु संवैधानिक पनि हुँदैन किनभने हिन्दू धर्म संविधानले संरक्षित राष्ट्र धर्म हो, यसलाई यति सामान्य र सरल कुरा सम्झन मिल्दैन यो राष्ट्रकै चासो भएको कुरा हो त्यसकारण सबै हिन्दू नेपालीको चासोको कुरा हो । (प्रकरण नं. १९) (३) फैसलालाई गुठी संस्थान ऐनमा भएको परिवर्तनले असर पारेको भन्दैमा सो ऐनले धर्मलोप हुने यस प्रकारको कुरामा पनि हकदैया प्राप्त हुन नसक्ने भनी बन्देज लगाएको भन्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय निम्नानुसार छ । २. म.जि.पर्सा वैरिया गुठी बिर्ता पञ्चायतको २०१८ सालमा महन्त पद पाई काम गर्न लागेको सो वैरिया मौजामा ज.वि. १४५–७–५ को जग्गाको अडसठा जम्माबन्दी भएको सो मध्ये १७–१०–० जिरायत भएकोमा विपक्षीहरूले आफ्ना आफ्ना नाउँमा गैरकानुनी तरिकाबाट जिरायत जग्गा १७–१०–० मध्ये ४–०–७ जग्गा जिरायत कायम गराएको बाँकी जग्गा १३–९–१३ विपक्षीहरू भई लेनदेन व्यवहारको ३५ नं. गुठी संस्थान ऐन, २०३३ को दफा ५८ समेत बमोजिम धर्मलोप हुने गरी जिरायत जग्गा मासी नम्बरी दर्ता नामसारी गरेकोले सो नामसारी दर्ता बदर गरी जिरायत कायम गरी पाउन यो फिराद गर्न आएको छु । विपक्षीहरूले जिरायत जग्गालाई झिकी नम्बरीमा कायम गरी भोगचलन गरेकोले सो गरेको दर्ता नामसारी बदर गरिपाउँ भन्ने समेत व्यहोराको ध्रुवदेव गिरीको मिति ०३४।६।१८ को फिरादपत्र । ३. वादी दावी बमोजिम वैरिया बिर्तामठ तालुकको जिरायत जग्गा मैले नामसारी दर्ता गराएको समेत छैन । किसोरीलाल सोनारले मबाट रु. ३००१।– लिई आफ्नो नाउँ दर्ताको ३३–६–० मध्ये ३–०–० जग्गा मिति ००९।९।१६ मा पर्सा मालमा रजिष्ट्रेशन पारित गरिदिएकोले मेरा नाउँमा दाखिल दर्ता भई सर्भे नापी हुँदा जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत पाइसकेको छु । वादीको नालिस हदम्याद भित्रको नभएको समेतबाट फिराद खारेज योग्य छ भन्ने समेत व्यहोराको धी