निर्णय नं. ९०१९ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०१९ - उत्प्रेषण समेत भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०३/२८ २७७१ ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय ०६८–WO–११०९ फैसला मितिः २०७०।३।२८।६ विषय : उत्प्रेषण समेत । रिट निवेदकः सिन्धुली जिल्ला, दुम्जा गा.वि.स.वडा नं ६ घर भै हाल कारागार कार्यालय, नख्खुमा थुनामा रहेको रोलास थापा विरूद्ध विपक्षीः काठमाडौँ जिल्ला अदालत समेत § डाँका मुद्दाको अभियोगपत्र दायर गर्दा चोरीको २७ नं. को दावी भएको नभै चोरीको १४(४) नं. बमोजिमको दावी भै ऐ.को १०(३) नं. समेतको दावी भएको साथै फैसलामा समेत १४(४) नं. बमोजिम नै सजाय भएको देखिन्छ । अभियोग दावीमा नै चोरीको १४(४) नं. बमोजिमको अभियोग रहेको र फैसलामा समेत १४(४) नं. बमोजिम सजाय भएको अवस्थामा दावी नै नभएको मुलुकी ऐन, चोरीको २७ नं. लाई आधार लिन नमिल्ने । (प्रकरण नं.३) निवेदकतर्फबाटः विद्वान अधिवक्ता मोहन बन्जारा विपक्षीतर्फबाटः विद्वान उपन्यायाधिवक्ता खगराज पौडेल अवलम्बित नजीरः § नेकाप २०६७, अङ्क १२, नि.नं ८५१६, पृष्ठ १९७६, १९७७ सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३(१) § मुलुकी ऐन, चोरीको १०(३), २७, १४(४) नं. § दण्ड सजायको ३८, ३८(१), ३९, ४०, ४१ र ५३, नं. § अ.बं १२० नं. आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः– शुरू काठमाडौ जिल्ला अदालतमा जाहेरवाला हरिगोपाल श्रेष्ठको जाहेरीले चलेको वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको स.फौ.नं.१७४१ डाँका मुद्दामा काठमाडौ जिल्ला अदालतको मिति २०६४।१।१४ गतेको फैसलाले कैद वर्ष ६।०।० जरीवाना रु.२,६९,५७७।– ठहर भएको मुद्दा र भक्तपुर जिल्ला अदालतमा कल्पना काफ्लेको जाहेरीले चलेको डाँका मुद्दामा मिति २०६४।९।२९ को फैसलाबमोजिम कैद वर्ष ९।०।० र जरीवाना रु.१,९६,४२५।– भएको मुद्दा र उक्त भक्तपुर जिल्ला अदालतको ऐ. मितिको फैसलाले धनकाजी श्रेष्ठको जाहेरीबाट चलेको डाँका मुद्दामा कैद वर्ष १२।०।० र जरीवाना रु.९,२२,५००। ठहर भएको छ । म निवेदकले मुलुकी ऐन, अ.बं. १२० नं दण्ड, सजायको ३८, ३९, ४०, ४१ र ५३ नं. बमोजिम कैद हद गरी ठूलो कैद वर्ष १२ कायम गरी जरीवाना एकमुष्ट गरी संशोधित कैद पूर्जी पाऊँ भनी दण्ड सजायको ४१ नं.बमोजिम भक्तपुर जिल्ला अदालतमा पेश गरेको निवेदनउपर कारवाही हुँदा निवेदकको निवेदन साथ पेश गरेको कैदीपूर्जीबाट कल्पना काफ्ले (घिमिरे) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी यी निवेदक रोलास थापा समेत भएको डाँका मुद्दामा ९ वर्ष कैद र रु.१,९६,४२५।– जरीवाना तथा धनकाजी श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज रोलास थापा समेत भएको डाँका मुद्दामा १२ वर्ष कैद तथा रु.९,२२,५००।– जरीवाना हुने ठहरी मिति २०६४।९।२९ मा अदालतबाट फैसला भई मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं. बमोजिम १२ वर्ष अर्थात उपरोक्त जरीवाना तिरे मिति २०७४।६।१ सम्म कैद गरी जरीवाना नतिरे सोबापत थप ४ वर्ष अर्थात् मिति २०७८।६।१ सम्म कैदमा राख्न यस अदालतबाट कैदी पूर्जी जारी भएको हरिगोपाल श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोलास थापा समेत भएको डाँका मुद्दामा ६ वर्ष कैद र रु.२,६९,५७७।– जरीवाना हुने ठहरी काठमाडौँ जिल्ला अदालतबाट मिति २०६४।१