निर्णय नं. ७३८५ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३८५ - उत्प्रेषण समेत । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/०३/१५ ३०३१ निर्णय नं. ७३८५ ने.का.प.२०६१ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री सुशीला सिंह शिलु सम्बत् २०६० सालको रि.नं. ..३१४७ आदेश मितिः २०६१।३।१५।३ विषय : उत्प्रेषण समेत । रिट निवेदकः का.जि.का.म.न.पा.वडा नं.वडा नं.३ बस्ने बलराम न्यौपाने बिरुद्व विपक्षीः प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार काठमाडौं समेत § विपक्षी आर.आर.पी.को बोलपत्र स्वीकृत गर्ने कार्य कानून विपरीत भएको भनी रिट निवेदनमा आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ को नियम ८१(१४) को आधार लिएको रिट निवेदन व्यहोराबाट देखिन आएको छ । उपरोक्त नियम ८१ को व्यवस्था सरकारी सम्पत्ति बिक्री गर्ने वा भाडामा दिने सम्बन्धी नियमन गर्ने व्यवस्था नभई परामर्श सेवासँग सम्बन्धित भएको कुरा उक्त नियम ८१ मा भएको “परामर्श सेवा लिन सकिने” भन्ने शीर्षक व्यहोराबाट अवगत हुन्छ । यसबाट सो नियम प्रस्तुत विवादमा आकर्षित हुन नसक्ने । § कारखाना निजीकरण गर्ने सम्बन्धको सूचना मिति २०५९।१२।१४ मा प्रकाशित भई तत्बखत वहाल रहेको आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ बमोजिम टेण्डर आव्हान गरी प्राविधिक र आर्थिक प्रस्ताव खोल्ने लगायतका काम कारवाही भएकोमा पछि मिति २०६०।६।१ बाट लागू हुने गरी भएको दोश्रो संशोधनको व्यवस्था प्रस्तुत विवादमा लागू हुनुपर्ने भन्ने निवेदन जिकिर समेत न्यायसँगत देखिन नआउने । § उच्चतम र आकर्षक मूल्य कवोल गर्ने विपक्षी आर.आर.पी. इन्टरप्राइजेजको प्रस्ताव स्वीकृत गरी ठेक्का सम्झौता भई नयाँ कम्पनी स्थापना गरी उक्त नयाँ कम्पनीले उत्पादन समेत गरिरहेको भन्ने समेत देखिन आएको र रिट निवेदकको भन्दा उच्चतम र आकर्षक मूल्य कवोल गर्ने विपक्षी आर.आर.पी इन्टरप्राइजेजलाई उक्त भक्तपुर इटा कारखानाको सम्पत्ति बिक्री तथा जग्गा र भवन भाडामा दिने गरेको श्री ५ को सरकारको निर्णयमा कानूनी त्रुटी देखिन नआएकोले उक्त काम कारवाही तथा निर्णयले रिट निवेदकको मौलिक वा कानूनी हकमा आघात पुर्याएको भन्न नमिल्ने । (प्र.नं. १७ देखि १९) रिट निवेदकतर्फवाटः विद्वान अधिवक्ताहरु श्री बालकृष्ण न्यौपाने प्रत्यर्थीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शंभुथापा र श्री ईश्वरी भट्टराइ, विद्वान सहन्यायाधिवक्ता श्री दिनेशहरी अधिकारी अवलम्वित नजिरः आदेश न्या.सुशीला सिंह सिलुः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३/८८(२) बमोजिम दायर भै पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ:– २. विपक्षी अर्थ मन्त्रालय निजीकरण इकाइको मिति २०५९।१२।१४ को गोरखापत्रमा प्रकाशित भक्तपुर ईंटा टायल कारखाना लि.को सम्पत्ति बिक्री तथा भवन भाडामा दिई निजीकरण गर्ने सम्बन्धी सूचना प्रकाशित भएको । सो सूचना अनुसार निवेदक, विपक्षी आर.आर.पी. इन्टरप्राइजेज समेत सात जनाले शिलबन्दी बोलपत्र फारम खरिद गरेकोमा ४ वटा फारमलाई प्राविधिक प्रस्तावमा नै बोलपत्र रद्ध गरी म निवेदक, विपक्ष आर.आर.पी. इन्टरप्राइजेज र स्वर्णदास तुलाधर समूहको सूर्य विनायक व्रिक्स प्रा.लि.को मात्र आर्थिक प्रस्ताव खोल्ने गरी प्राविधिक मूल्याङ्कन समितिबाट म निवेदकको प्राविधिक प्रस्तावबाट ७२ अंक विपक्षी आर.आर.पी.को ६४ अंक र सूर्य विनायक व्रिक्सको ६० अंक प्राप्त भएको थियो । ३. मिति २०६०।७।२१ को “राजधानी” दैनिकमा प्रकाशित सूचनाअनुसार भक्तपुर इटा कारखाना लि.आर. आर.पी