निर्णय नं. ३८०५ - जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८०५ - जालसाज भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/११ २३९७ निर्णय नं. ३८०५ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नं. ४७८ फैसला भएको मिति : २०४६।३।११।१ मा पुनरावेदक/वादी : जि. झापा गौरादह गा.पं. वार्ड नं. ३ बस्ने टंकबहादुर बस्नेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. वार्ड नं. २ बस्ने बेदमाया राईसमेत मुद्दा : जालसाज (१) नागरिकतामा अंकित उमेरलाई नै यस सन्दर्भमा वास्तविक उमेर मान्नु पर्ने, आधिकारीक रेकर्डबाट राजीनामा लिँदा दिँदाका अवस्था नावालक रहेको भन्ने नदेखिएको व्यक्तिबाट भएको राजीनामालाई नाबालकबाट भएको भन्ने तर्कसंग सहमत हुन नसकिने । (प्रकरण नं. १४) (२) मानसिक सन्तुलन बिग्रेको भन्ने सन्दर्भमा कुनै आधिकारिक प्रमाण बेगर मानसिक रुपमा असंतुलित भएको भन्न समेत युक्तिसंगत नदेखिने । (प्रकरण नं. १४) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री देवेन्द्र थापा प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.हरगोविन्दसिंह प्रधान १. पूर्वाञ्चल क्षेत्रीय अदालतको पुनरावेदनको अनुमति प्रदान नगर्ने आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. नाबालक छोरा दुर्गाबहादुरको नाउँमा अर्जुनदेव राईबाट गौरादह गा.पं. वार्ड नं. २ को २–०–० जग्गा मिति २०३४।१।२८ मा राजीनामा लिई कित्ताकाट हुँदा कि.नं. ८७१ मै नाबालक छोरा दुर्गाबहादुरको नाममा धनीपुर्जा समेत लिएको थिएँ । छोरा दुर्गाबहादुर २०३६ सालदेखि मनस्थिति ठिक नभएर घरमा बसी नरहने २०३७ साल देखि घरमा नआएकोले हालसम्म खोजी गर्दैछु । विपक्षीहरू मध्ये वेदमाया २०४०।८।५ गते घरमा आई अब दुर्गाबहादुरका नामको जग्गा मैले लिइसकेको छु भनी धान बालीमा जबरजस्ती गर्न खोजेकोले २०४०।८।१९ मा नक्कल सार्दा थाहा भयो विपक्षीहरूले मलाई थाहा नदिई नाबालक छोरा दुर्गाबहादुर दर्ताको कि.नं. ८७१ को २–०–० मध्ये दक्षिणतर्फबाट १–०–० रु. १९,०००।– मा मिति २०३८।१।८ मा बेदमायाले राजीनामा पास गरी लिएछन् । म छँदाछँदै नाबालक छोराबाट जालसाजबाट लिखत गरी लिनुदिनु गरेमा विपक्षीहरूलाई सजायँ गरिपाउँ भन्ने समेत फिराद दावी । ३. वादीको छोरा जेठा हरिकुमार हुँदा ज.वि. १–०–० जग्गा रु. १९,०००।– मा दुर्गाबहादुर समेतलाई पास गर्न वादीले मेरो साथ पठाएको हो, जालसाज गरे गराएको होइन । सावालक १७ वर्षको भन्ने प्रमाणित भएको छ । इवीले उजूर गरेका हुन् भन्ने समेत व्यहोराको बेदमाया समेत ४ जनाको प्रतिउत्तरपत्र । ४. दुर्गाबहादुर समेत अन्य प्र.ले प्रतिउत्तर नफिराएको । ५. यस्मा जालसाज गरी पास गरी लिएको भन्ने वादीको दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको झापा जिल्ला अदालतको मिति २०४२।२।२१ को फैसला । ६. शुरु जिल्ला अदालतको फैसलामा चित्त नबुझेकोले उल्टाई पाउँ भन्ने समेत वादीको मेची अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ७. प्रतिवादी दुर्गाबहादुरले आफ्नो नाममा दर्ता रहेको आफ्नो हकभोगको जग्गा बेचविखन गर्न पाउने नै देखिँदा त्यस्ता हक पुगेको व्यक्तिबाट राजीनामा गरी लिएको लिखत हुँदा त्यस्तो लिखत खडा गरी जालसाज गरेमा सजायँ गरिपाउँ भन्ने वादी दावी नपुग्ने हुनाले शुरु जि.अ. ले वादी दावी नपुग्ने ठहराई गरेको निर्णय मनासिब छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने मेची अं.अ.को फैसला । ८. सो फैसलामा व्याख्यात्मक कानुनी