निर्णय नं. ७४१६ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४१६ - लेनदेन भाग: ४६ साल: २०६१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६१/०२/०८ ३४७५ निर्णय नं.७४१६ ने.का.प.२०६१ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत २०५८ सालको दे.पु.नं. ..७९९८ फैसला मितिः २०६१।२।८।६ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादीः सुनसरी जिल्ला धरान न.पा.घर भै हाल का.जि.का.म.न.पा.वडा नं.५ बस्ने विरमाया लिम्वू विरुद्ध प्रत्यर्थी वादीः ताप्लेजुङ्ग जिल्ला सानाथाक्रा गा.वि.स.वडा नं.५ को हाल का.जि. का.म.न.पा. वडा नं.७ बस्ने रणमाया लिम्वू § लिखतमा नै रकम असुले पनि वा जग्गा नै दाखिल खारेज गरी साहुले एकलौटी कायम गरेमा मन्जुर छ भन्ने व्यहोरा उल्लेख भएकोले करार ऐन अन्तर्गत नै वादीले दावी लिनुपर्ने भन्ने नदेखिई रकमतर्फ दावी लिन सक्ने लिखतमा नै तमसुकी व्यहोरा र भाखा राखी साँवा व्याज भराई लिन पाउने उल्लेख गरेको हुँदा साँवा व्याजमा दावी लिएकोलाई अन्यथा भन्न नमिल्ने । § मिति २०५२।६।१२ मा भएको लिखतमा लागेको सहिछाप प्रतिवादीको हो होइन भनी विशेषज्ञ जाँच गराउँदा लिखतमा लागेको सहिछाप प्रतिवादी कै हो भन्ने विशेषज्ञको राय भएको र प्रमाण ऐन, २०३१ को दफा ५२ वमोजिम आफ्नो राय समेतलाई पुष्टी हुने गरी निजले बकपत्र गरी दिएबाट सोही ऐनको दफा २३(७) बमोजिम निजको रायलाई प्रमाणमा लिन मिल्ने नै देखिने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद गेलाल प्रत्यर्थी वादीतर्फवाटः विद्वान अधिवक्ताहरु श्री रुकु थापा के.सी. र श्री खिमानन्द वन्जाडे अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५६।६।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. विपक्षीले मलाई विश्वासमा पारी रु.६,८०,०००।– लिई कपाली तमसुकमा उल्लेखित भाखा भित्र तिर्न नसके काठमाडौं जिल्ला बालकुमारी गा.वि.स.वडा नं.९ को कि.नं.३४५ को क्षेत्रफल ०–८–० जग्गा पारित गरी दिने शर्तमा कागज गरिदिए पनि भाखा नाघेपछि रकम पनि तिर्दिन र जग्गा पास गरी दिन्न भनेकाले तीन महिनाको साँवा व्याज रु.६,९६,९९८।– भराई पाउँ र रुपैया दिन नसके उल्लेखित कित्ता जग्गा पास गराई वा विपक्षीको अन्य जायजेथाबाट असुल उपर गरी पाउँ भन्ने व्यहोराको फिराद दावी । ३. विपक्षीसँग मैले उक्त व्यहोराको कागज गरी कुनै रकम लिएको छैन र लिनुपर्ने आवश्यकता पनि छैन । किर्ते कागज खडा गरेको हुनुपर्छ । जालसाजी क्रियाबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर पत्र । ४. मिति २०५२।६।१२ गतेको रु.६,८०,०००।– को तमसुक लिखत मैले गरेको होइन, सहिछाप मेरो होइन, सो कागजलाई जालसाजी घोषित गरी पाउँ भनी प्र.ले.अ.वं.७८ नं.बमोजिम गरेको बयान । ५. लिखित सद्दे भएको र रित पुगको नै देखिएको र तिरे बुझाएको प्रमाण प्रतिवादीबाट आएको नपाइएकोले वादी दावी बमोजिमको साँवा र त्यसको कानून बमोजिमको व्याज समेत वादीले प्रतिवादीबाट भराई पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०५४।११।८ को फैसला । ६. विपक्षी वादीले आफ्नो फिरादपत्रमा उल्लेखित व्यहोराको कारोवार तथा उल्लेखित मितिमा कुनै कागज भएको छैन । लिखत तयार भएको बखतका साक्षी तथा लेखक साक्षी समेत नबुझी निर्णय गरिएको छ । शर्त बमोजिम नगरेमा मात्रपछि अन्य उपचार भएकोमा पहिलो अनुसारको माग छैन । लेनद