निर्णय नं. ७३८६ - गोवध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७३८६ - गोवध । भाग: ४६ साल: २०६१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६१/०५/११ ३५९७ निर्णय नं.७३८६ ने.का.प.२०६१ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५८ सालको फौ.पु.नं. २७६८ फैसला मितिः २०६१।५।११।६ मुद्दाः– गोवध । पुनरावेदक प्रतिवादीः जिल्ला बांके जैसपुर गा.वि.स. वडा नं. ९ घर भई हाल केन्द्रीय कारागार शाखा नेपालगंजमा थुनामा रहेको सीताराम चमार बिरुद्व प्रत्यर्थी वादीः छिटु यादवको जाहेरीले श्री ५ को सरकार § प्रतिवादीले विरामी गाइको घाटीमा चक्कुले काटी मारेको भनी किटानी जाहेरी दरखास्त परेको र जाहेरवालाले जाहेरी व्यहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्र समेत गरेको देखिन्छ । प्रतिवादीले गाईलाई नमारेको भए विना कारण निज उपर किटानी जाहेरी दरखास्त दिनुपर्ने कुनै कारण पनि रहे भएको भन्ने देखिन आएको छैन । लाश प्रकृति मुचुल्कावाट मृतक गाइको शरीरमा कुकुरले टोकेको घाउ रहेको भन्ने देखिन नआएको हुंदा दुइवटा कुकुरले अगाडि र पछाडिवाट गाईलाई खाइरहेको भन्ने प्रतिवादीको अदालतमा भएको वयान व्यहोरा समर्थित भएको नदेखिई निजको अदालतमा भएको इन्कारी वयानलाई सत्य सांचो व्यहोराको हो भनी मान्न मिल्ने देखिन नआउने । § प्रहरी समक्ष गरेको साविती वयान स्वेच्छाले गरेको नभई अन्यथा हो भन्ने कुरा प्रमाणित हुने कुनै भरपर्दो ठोस सवुद प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको पनि पाइदैन । शव परीक्षण प्रतिवेदनमा तल्लो गर्धन काटिई रक्तश्राव भई गाइको मृत्यु भएको भनी स्पष्ट रुपमा उल्लेख भएको र घटनास्थल प्रकृति मुचुल्कावाट प्रशस्त मात्रमा रगत जमेको भन्ने देखिएकोले मरिसकेको गाइलाई काट्दा त्यति धेरै रगत नआउने भएकोले विरामी भई वसी रहेको गाइको घाटीमा चक्कुले काटी मारेको भन्ने प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान समर्थित भएको देखिन आयो । यस स्थितिमा उपरोक्त आधार प्रमाणवाट प्रतिवादी सीताराम चमारले विरामी गाईको घांटीमा काटी मारेको भन्ने देखिन आई निज प्रतिवादीलाई अभियोग दावी वमोजिम मुलुकी ऐन, चौपायाको १ नं. को कसूरमा सोही महलको ११ नं. वमोजिम १२ बर्ष कैद हुने ठहर गरेको शुरु वांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. २० र २१) पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री यमुना भट्टराई प्रत्यर्थी वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री विश्वराज कोइराला अवलम्वित नजिरः फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत नेपालगन्जको मिति २०५८।२।३१ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. मिति २०५६।९।११ गते दिउंसो मेरो छोरा बर्ष ९ को वंशीलाल यादवले २ जिउ गाई चराउन गाउंकै नजिक खेतमा लगेकोमा एउटा गाई पटक पटक उठने र वस्ने गरी रहेको थियो । गाई वसेको अवस्थामा सीताराम चमारले गाईको घांटी काटी मारी छाला काढ्न लागेको छोराले देखी मलाई खवर गर्न आएपछि म समेत घटनास्थलमा पुग्दा निजले छाला काढी रहेकै थियो । निजलाई पक्राउ गर्न खोज्दा हातमा रहेको चक्कु घटनास्थलमै फाली फरार भएकोले पक्राउ गरी कानून वमोजिम आवश्यक कारवाही गरीपाउं भन्ने व्यहोराको जाहेरी दरखास्त । ३. बांके, वसुदेवपुर गा.वि.स. वा.नं. २ कटलिया स्थित घटनास्थलमा मृतक गाईको लाशको मुख अर्ध खुल्ला भै दुईवटा दांत देखिएको, आंखा खुल्ला, नाकवाट रगत वगेको, घांटी