निर्णय नं. ३८०७ - अंश दवायो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८०७ - अंश दवायो भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/०६ २५८२ निर्णय नं. ३८०७ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पु.नं. ९२१ फैसला भएको मिति : २०४६।३।६।३ मा पुनरावेदक/वादी : जि.मोरङ गा.पं. झुर्किया वार्ड नं. १ बस्ने हैरानु राजबंशी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने सतालु राजबंशी मुद्दा : अंश दवायो (१) अबण्डा रहेको सम्पत्ति बण्डा हुनु पर्नेमा वादी दावी नै नभएको भनी ठहर गरेको अञ्चल अदालतको फैसला सदर गरेको क्षेत्रीय अदालतको निर्णय गल्ती देखिई उल्टी हुने । (प्रकरण नं. १६) पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास अवलम्वित नजीर : २०४३ को दे.पु.नं. ५१७ नि.नं. ३३१५, पुनरावेदक वादी झुरा यादव विरुद्ध विपक्षी प्रतिवादी छेदन यादव भएको अंश दपोट मुद्दामा यस अदालत संयुक्त इजलासबाट सिद्धान्त प्रतिपादित (ने.का.प. २०४४,अड्ढ १२, पृष्ठ १३२०) । फैसला न्या.महेशरामभक्त माथेमा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई वादीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. म समेत उपर विपक्षीले ०३५।४।४ गते अंश मुद्दा दायर गरेकोमा बाबु टोका राजवंशीले विपक्षी सतालु र निजकी पत्नी महेशरियाका नाउँमा खरीद गरेको जग्गाा र बाबु दर्ताको जग्गा बाबु मर्दा सतालु, गोविन्द र म हैरानु दर्ताको जग्गा समेतको तायदाती फाँटवारी विपक्षी जेठो हुँदा निजबाट नै लिई आमा भएकोले ४ अंश भाग गरी विपक्षीलाई अंश छुट्याई दिएमा विरोध छैन भन्ने मेरो प्रत्युत्तर परेको र दाजु गोविन्दको छोराहरू विपक्षी मिलुवा भई म्याद गुजारी बसेको पछि आमालाई झिकाई कागज गराउँदा लोग्नेकै पालामा आफ्नो अंश भागको जग्गा पछि दाखिल दर्ता गराई भोगी आएको छु । मैले अंश पाउनु पर्ने होइन भनी बयान गरेको म विरामी परी तारेख गुज्रन गएबाट अदालतले सतालुबाट नै फाँटवारी माग गरेकोमा २०३६।११।१३ मा फाँटवारी पेश गर्दा सतालु म हैरानु र गोविन्द दर्ताको जग्गा मात्र अंशले लाग्ने भनी आफ्नो पत्नी महेश्वरीया नामको जग्गा निज मर्दा सतालुकै नाममा आएको मौजे मानपुरको रै.नं. ६९ को जग्गा र सतालुको मौजे झपनपुरको मेरो अंश लाग्ने जग्गा नदेखाई फाँटवारीको जग्गा ३ भागको १ भाग विपक्षीले पाउने गरी ०३७।३।१७ गते फैसला भएको विमारी भई म्यादमा पुनरावेदन गर्न नसकी अन्तिम हुन गयो । अंश मुद्दा दिनु अघि निज दर्ता रहेको कि.नं. ११६ को २–१७–११ कि.नं. ११७ को ज.वि.०–१३–८ कि.नं. १६५ कि.नं. १६५ को १–९–११ कि.नं. २६७ को ०–९–१, कि.नं. ५ को ०–१३–१६ कि.नं. ३८३ को ०–७–१९, कि.नं. ३१३ को ०–१–० कि.नं. २२८ को ०–३–१० समेतको जम्मा ज.वि. ६–१३–१६ फाँटवारीमा देखाउनु पर्ने नदेखाई भोगी आएकोले पुरै जग्गा खान पाउने हुँदा एकलौटी कायम गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत ०३९।११।१८ को फिरादपत्र । ३. म सतालुले वादी समेतका नाउँमा अंश मुद्दा दिएको आदेशानुसार तायदाती फाँटवारी पेश भई दवाए छपाएको छ भनी उजूर गर्नु भनी सूचना दिएकोमा वादीका सगोलका छोराले बुझी लिएको यस्मा केही आपत्ति नजनाएकोले ३ खण्डको १ खण्ड पाउने गरी २०३७।३।१७ गते फैसला भई ०४२।३।२७।५ गते चलन पुर्जी दिएको बाबु र म तथा मेरा पत्नी महेश्वरीया समेतका न