निर्णय नं. ३८०८ - अपुताली हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८०८ - अपुताली हक कायम भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०१/२० २५२९ निर्णय नं. ३८०८ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको दे.पु.नं.७२५ फैसला भएको मिति : २०४६।१।२०।३ मा पुनरावेदक/प्रतिवादी : जि. नवलपरासी स्वाठि गा.पं. वडा नं. ४ बस्ने फुलकुमारी थारु विरुद्ध विपक्षी/वादी : ऐ. जमुवाड गा.पं. वडा नं. ३ बस्ने गुलइची थारु मुद्दा : अपुताली हक कायम (१) वादी प्रतिवादीका बाबु बाजे तथा आमाहरू परलोक भई निजहरूको हक खाने निज दुई छोरीहरू मात्र रहेको अवस्थामा मृतकको छोरीलाई मात्र अपुताली प्राप्त हुन्छ भन्न नमिल्ने वादीको आमाको मृत्यु अघि भएको कारणबाट कुनै तात्विक असर नपर्ने । (प्रकरण नं. १४) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.प्रचण्डराज अनिल १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. बाजे रामप्रसादका दुई छोरामा जेठा म फिरादीको बाबु लक्ष्मीनारायण र कान्छा सत्यनारायण हुन् । जेठा लक्ष्मीनारायणकी श्रीमती तेतरी, कान्छा सत्यनारायणकी महारानी भन्ने महरजिया हुन् कान्छा सत्यनारायण र महरजियाको एकमात्र छोरी विपक्षी फुलवा भन्ने फुलकुमारी हुन् र जेठा लक्ष्मीनारायण र तेतरीका एकमात्र छोरी गुलइची हुन् । बाजे रामप्रसाद जीवित छँदै निजका छोरा जेठा मेरा पिता र कान्छा बाबु परलोक भई २०२४ सालमा मेरी आमा पनि परलोक हुनुभयो । २०२६ सालमा बाजे रामप्रसाद पनि परलोक भई जो भएको सम्पत्ति कान्छी महरजियाको नाउँमा नामसारी गर्नुभयो । निज ०३८ साल भाद्रमा परलोक भई पर्न आएको अपुताली विपक्षी फुलकुमारीले र मैले आधा आधा पाउने हुँदा पश्चिम तर्फको आधा अपुताली हक कायम गरी नामसारी समेत गरिपाउँ भन्ने समेत फिराद दावी । ३. वादीका बाबु र मेरा बाबु पहिले परलोक भई २०२४ सालमा वादीको आमा र २०२६ सालमा बाजे परलोक भएको कुरा वादीले स्वीकारै गरेको, अपुतालीको ऐनले वादीले अपुताली पाउने अवस्था छैन मेरी आमाको हक भई आमा ०३८ सालमा परलोक भएपछि अपुतालीको ४ नं. को अन्तिम वाक्यांशले म एकमात्र छोरी हुँदा मेरो हक भएको हो सो अपुतालीमा वादीको हक नै नपुग्ने हुँदा झुठ्ठा वादी दावीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर । ४. अपुताली हक कायम गरी मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने नवलपरासी जिल्ला अदालतको ०४१।५।११ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन मेरा नाउँमा हककायम गरी नामसारी गरिपाउँ भन्ने गुलइची थरुनीको पुनरावेदनपत्र । ६. अपुताली हक कायम गरी नामसारी दर्ता गरिपाउँ भन्ने समेत वादी दावी नपुग्ने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने लु.अं.अ.तको ०४२।३।१८ को फैसला । ७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने गुलइची थरुनीको निवेदनपत्र । ८. अपुतालीको ४ नं. र ५ नं. को गलत व्याख्या गरी अं.अ.बाट फैसला गरेको देखिँदा न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(३)(ख) अन्तर्गत अनुमति प्रदान गरिएको छ भन्ने प.क्षे.अ. सिंगलबेञ्चको ०४२।८।५ को आदेश । ९. यस्मा वादी प्रतिवादीका बाबु आमाबाट सगोल भई रहे भएकोमा विवाद नभएको, बाबु आमाबाट छोराहरू जायजन्म नभएको, वादी प्रतिवादी भाइ भाइका समस्तरको छोरी भएको अपुतालीको ४ नं. मा भिन्