निर्णय नं. ३८०९ - न्वारान गराई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८०९ - न्वारान गराई पाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/०६ २८८३ निर्णय नं. ३८०९ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४६४ फैसला भएको मिति : २०४६।३।६।३ मा पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं. वडा नं. २१ भोटेबहाल बस्ने इन्द्रबहादुर खड्गी विरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. ३० ज्याठा बस्ने तेजकुमारी खड्गी मुद्दा : न्वारान गराई पाउँ (१) सन्तान उत्पादन गर्ने क्षमता छ छैन भनी अस्पतालमा जाँच हुँदा अस्पताल परीक्षण समितिका सदस्यहरूले दिएको प्रतिवेदनमा निजको सन्तान उत्पादन गर्ने क्षमता हुँदै नभएको भन्ने नदेखिएबाट वादी दावी बमोजिम प्रतिवादीले बच्चाको न्वारान गरिदिनु पर्ने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.प्रचण्डराज अनिल १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई प्रतिवादी तर्फबाट पर्न आएको निवेदनमा यस अदालत संयुक्त इजलासका मिति २०४४।६।२ का आदेशले पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. विपक्षी पति मेरो माइती घरको दोकानमा २०३७ साल भदौ देखि आवत जावत गर्दै आउनु भएको थियो, त्यस्तैमा हामीहरूको आपसमा खुलस्त बोलचाल शुरु भएको हो, यसरी नै हामी दुवैमा प्रेम बसेको माइती घरमा र अरु छरछिमेकमा समेत थाहा भइसकेको छ । त्यस्तैमा ०३७ साल असोज १३ गते विपक्षी आई गोदावरी घुम्न जाउँ भनी भनेकोले म पनि मन्जूर गरी गोदावरी र यस्तै अन्य विभिन्न ठाउँमा घुम्न जान लाग्यौं । ०३८।५।१८ गते विहिवार बिहान ७ बजे हामी दुवै गुहेश्वरीमा गई दर्शन गरी तिमीलाई मैले आज श्रीमतीको ग्रहण गरें, तिमीले फिक्री मान्न पर्दैन भने र मैले पनि त्यही समयदेखि पतिको रुपमा ग्रहण गरिसकेपछि हामी दुबैजना ८.३० बजे पशुपतिमा आई विपक्षीले मलाई सिन्दुर हाल्नु भयो । माथि लेखिएको काम कुरा भइसकेपछि विपक्षी बारम्बार मेरो माइती घरमा आउने बस्ने गर्नुहुन्थ्यो । यस्तैमा ०३८।६।७ गते मेरो माइती घर अरु कोही नभएको समय दिनको ३ बजे आई ठट्टा मस्करी गरी बसी ७ बजे हामी दुबै थरको माथिल्लो कोठामा गई हामी दुबैको मन्जूरी साथ करणी लिनु दिनु भयो र त्यसपछि आ–आफ्नो इच्छा अनुसार बारम्बार हामी दुवैको बीच करणी लिनु दिनु हुन्थ्यो । यस्तैमा ०३९।११।८ गते विपक्षी म भएको घरको दोकानमा आई हामी दुवैको मञ्जूरी साथ करणी लिनु दिनु भएको र ०३९ सालको चैत्र महिना देखि मेरो रजस्वला बन्द भयो, तपाईले मलाई बन्दोबस्त मिलाई दिनुहवस् भन्दा फिक्री मान्न पर्दैन, बच्चा जन्मेपछि म बन्दोबस्त मिलाई हाल्छु भनेका थिए । २०४०।७।२३ गते मलाई प्रसव पीडा भएकोले वीर अस्पतालमा रातको २ बजे छोरा जन्मेका र अभिभावकको नाम विपक्षीकै राखी दिएको छु विपक्षीले न्वारान गर्दिन, बच्चा मेरो होइन भनेकाले फिराद गर्न आएकी छु । माथि लेखे अनुसार विपक्षीको वीर्यबाट नै बच्चा जन्मेकोले उक्त बच्चाको न्वारान गरी विपक्षीलाई मेरो लोग्ने नाता कायम गरिपाउँ भन्ने फिरादपत्र । ३. विपक्षको फिरादपत्र दावी सम्पूर्ण झुठ्ठा हो, मेरो आफ्नो जातीय अनुसार ०१७ सालमा श्रीमती कृष्णदेवीसंग वैवाहिक कार्य सम्पन्न भई पति पत्नी भई घर व्यवहार चलाई आए तापनि हामीहरूका छोरा छोरी कुनै सन्तान जायजन्म भएको छैन । म व्यापारीव