निर्णय नं. ८७७३ - रकम दिलाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७७३ - रकम दिलाई पाऊँ भाग: ५४ साल: २०६९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६८/११/०१ ८७०५ ने.का.प. २०६९, अङ्क २ निर्णय नं. ८७७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास २०६२ सालको दे.पु.नं. ८५४६ फैसला मितिः २०६८।११।१।२ मुद्दा : रकम दिलाई पाऊँ । पुनरावेदक वादीः दामोदर रोपवेज एण्ड कन्सट्रक्शन कम्पनी, वंशिटार्ट रोड, कलकत्ता ७००००१, भारतमा मुख्य कार्यालय भइ काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २, लाजिम्पाट शाखा कार्यालयका अधिकारप्राप्त प्रतिनिधि ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ३ बस्ने अरविन्द मजुमदार विरुद्ध प्रत्यर्थी प्रतिवादीः २–५–८ किटा आयोयामा, कु. टोकियो, जापान स्थित प्रधान कार्यालय रहेको हाजमा कर्पोरेशनको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ स्थित प्रतिनिधि कार्यालयका अख्तियारप्राप्त ऐ.का जनरल मेनेजर हिरोयुकी नोमियामा समेत शुरु फैसला गर्ने : मा.न्या.श्री कुमारप्रसाद पोखरेल पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री केशरमान पति § हाजमा कर्पोरेशनको कार्यालय काठमाडौं देखिइरहेको र कारोवारको कार्य नेपालमा नै भएको स्थितिमा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २९ नं. को देहाय १(२) ले निर्दिष्ट गरेअनुसार क्षेत्राधिकारअन्तर्गत पर्ने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हुँदा क्षेत्राधिकार नभएको अदालतमा मुद्दा दायर गरेको भन्न नमिल्ने । (प्रकरण नं.२) § करारका पक्षहरूका बीच करारका शर्तहरूको विषयमा जुन मितिमा विवाद उत्पन्न हुन्छ वा करारको शर्तअनुसारका कार्य सम्पादन गर्न इन्कार गरेको अवस्थाको सिर्जना भएपछि मुद्दा गर्नुपर्ने कारण (Cause of Action) उत्पन्न भई सोही दिनदेखि नै हदम्याद शुरु भएको मान्नुपर्ने । § सहमतिअनुसार करारका अर्को पक्षले आफ्नो कार्य सम्पादन गर्ने तर करारका पहिला पक्षले आफ्नो भुक्तानी दिने दायित्व कार्य सम्पादन नगरी बसेका अवस्थामा मौनताले कारण परेको मिति उत्पन्न भएको भन्न नमिल्ने । § कुनै निश्चित् मितिबाट हदम्याद शुरु हुन्छ भन्न नसकिने स्थितिमा कारोवारी पक्षहरूमध्ये दायित्व बहन गर्नुपर्ने पक्षले बहन गर्नुपर्ने दायित्व सामान्यतः कति समयभित्र पूरा गर्नुपर्ने हो सो अनुमान गरी त्यस्तो समयभित्र भुक्तान नगरेमा मुद्दा गर्नुपर्ने कारण उत्पन्न नभएपनि मुद्दा गर्ने स्थिति सिर्जना भएको मान्नुपर्ने । (प्रकरण नं.४) § कुनै पक्षले आफ्नो बचन वा आचरणबाटै कुनै विषयमा कुनै कुराको प्रतिज्ञा गर्छ र सोबाट आश्वस्त भई अर्को पक्षले कुनै कार्य वा सेवा प्रदान गर्दछ भने त्यस्तो प्रतिज्ञा गर्ने पक्ष आफूले प्रतिज्ञा गरेको दायित्वबाट पछि हट्न सक्ने अवस्था रहँदैन । त्यस्तो प्रतिज्ञा कानूनी दायराभित्र पर्ने । (प्रकरण नं.७) § आफूले कार्यसम्पादन गरेपछि भुक्तानी पाउने कुरामा विश्वस्त भई प्रतिवादीको वचनबद्धताको आधारमा कार्य सम्पादन गरिसकेपछि भुक्तानी दिनुपर्ने कानूनी दायित्व हुने हुँदा सोबाट विमुख हुन खोज्नु स्पष्टतः प्रमाण ऐन, २०३१ को दफा ३४(१) विबन्धनको कानूनी व्यवस्था र वचनबद्धताको बिबन्धन (Promissory Estoppel) विरुद्ध हुन जाने । (प्रकरण नं.९) पुनरावेदक वादीका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय महादेवप्रसाद यादव र शम्भु थापा तथा विद्वान अधिवक्ताद्वय कृष्णराज पाण्डे र नारायणबल्लभ पन्त प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता सुशील