निर्णय नं. ३८१० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८१० - अंश भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/१२/२५ २४०८ निर्णय नं. ३८१० ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको दे.पु.नं. ९०१ फैसला भएको मिति : २०४५।१२।२५।६ मा पुनरावेदक/प्रतिवादी : का.न.पं.वा.नं.५ हाडिगाउँ बस्ने पूर्णबहादुर के.सी. विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने कर्मकुमारी के.सी. मुद्दा : अंश (१) ३५ वर्ष पुगेकी अविवाहितले छोरा सरह आफ्नो भाग अंश पाउने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर अर्याल प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्दबहादुर कुंवर फैसला न्या.प्रचण्डराज अनिल १. मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. बाबु कृष्णबहादुरको छोरा छोरी ५ मा छोरा जेठा विपक्षी पूर्णबहादुर, कान्छा सोमबहादुर र छोरी जेठी कमला, माहिली दिलकुमारी, कान्छी कर्मकुमारी भएकोमा बाबु र मुमा परलोक भई सक्नुभएको कमलाको विवाह भइसकेको, माहिली दिदी दिलकुमारी र कान्छी म कर्मकुमारीको विवाह नभई अविवाहिता बसेका छौं । दाजु पूर्णबहादुरलाई घरसारमै मिली बण्डा गरी दिनुहोस् भनी अनुरोध गर्दा वास्तै नगरी बस्नु भएको हुँदा बाध्य भई यो फिराद गर्न आएको छु । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीसंग तायदाती फाँट लिई सम्पूर्ण सम्पत्तिको ४ खण्डको १ खण्ड मेरो भाग अंश दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको कर्मकुमारी के.सी. को ०३९।४।१८।२ को फिराद दावी । ३. फिरादीलाई मैले अंश दिनु पर्ने होइन । फिरादी समेत २ जना दिदीहरू अविवाहित हुनुभएकोले उहाँहरूले अंशबण्डाको महल अनुसार अंश पाउने हुँदा फिरादी समेतको हक दाज्यैज्यूले जिम्मा लिई मैले आफ्नो हक जति लिई छोडपत्र रजिष्ट्रेशन गरी दिएको छु । फिरादीको अंशसंग म सरोकार नरहेकोले फिराद दावीबाट अलग फूर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सोमबहादुर के.सी. को प्रतिउत्तर जिकिर । ४. हामी दाजु भाइ अंशियारको बीचमा २०१७।१२।१० मा अंशबण्डा भएको र विपक्षी समेतका दिदी बहिनीहरूको विवाह खर्च पर सारी बण्डा भइसकेकाले तत्कालिन अंशबण्डाको ५१ नं.अनुसार वादीको फिराद नलाग्ने हुँदा वादीको फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुर के.सी. को प्रतिउत्तर जिकिर । ५. प्रतिवादी पूर्णबहादुर के.सी.बाट दाखिला भएको तायदाती अनुसार ३ खण्डको १ खण्ड वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौंं जिल्ला अदालतको २०४०।७।९ को फैसला । ६. का.जि.अ. को फैसलामा मेरो चित्त बुझेन । मेरो प्रतिउत्तर जिकिर तथा पुनरावेदन जिकिर अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुर के.सी. को बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ७. वादीले अंश पाइसकेको भन्ने नदेखिँदा शुरु का.जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बागमती अन्चल अदालतको २०४२।५।६ को फैसला । ८. बा.अं.अ. को फैसलामा चित्त बुझेन, पुनरावेदनको अनुमति पाउँ भन्ने समेत पूर्णबहादुर के.सी.को निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश । ९. यस्मा वादी विवाह नगरी बसेको ३५ वर्ष नाघेको, पैतृक सम्पत्तिबाट यी वादी लगायतकी छोरीहरूले अंश पाई छुट्टी बसेको प्रमाणित सबूद पुनरावेदक प्रतिवादीबाट आउन सकेको देखिँदैन । यसर्थः अंश द