निर्णय नं. ३८११ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८११ - उत्प्रेषण समेत भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/२६ २२६५ निर्णय नं. ३८११ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रिट नं. ९१९ आदेश भएको मिति : २०४६।३।२६।२ मा निवेदक : का.न.प. वडा नं. १ बस्ने निरन्जनभक्त श्रेष्ठसमेत विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयसमेत विषय : उत्प्रेषण समेत (१) नगरपञ्चायत ऐन, २०१९ को दफा ४४(४) मा नगरपञ्चायतको कुनै सदस्यलाई पदबाट हटाउन वा निलम्बन गर्न सक्ने व्यवस्था भएको देखिन्छ, कुनै सदस्यलाई हटाएकोमा निजको स्थानमा बाँकी अवधिको लागि अर्को निर्वाचन गर्न वा श्री ५ को सरकारले कुनै व्यक्तिलाई तोक्न सक्नेछ भन्ने कानुनी व्यवस्था भएको देखिँदा कुनै सदस्यलाई निलम्बन गरेको अवस्थामा पनि नगरपञ्चायतको कारवाही सुचारु रुपले चलाउने उद्देश्यले कुनै व्यक्तिलाई तोक्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १८) (२) कार्यवाहक प्रधानपञ्चले नगरपञ्चायतको प्रधानपञ्चको अधिकार प्राप्त गर्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १८) (३) हक बेहकमा विवाद उत्पन्न भएपछि त्यसको समाधान नगरपञ्चायबाट निर्णय गर्न नहुने, हक निश्चित गराई ल्याउन अदालतमा जानु भनी सुनाउनु पर्ने । (प्रकरण नं. २०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती र विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.प्रचण्डराज अनिल १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. निर्मलादेवीका नाममा दर्ता रहेको का.जि.का.न.पं. हाल वार्ड नं. १ कि.नं. ३१६ जग्गा रोपनी १–५–१–० मध्येको पूर्व फिट ११ देखि ६ आफ्नै जग्गा र सो देखि पूर्व आफ्नै घर जग्गा पश्चिम ३ आफ्नै जग्गा र सो देखि पश्चिम मनमोहन जोशीको पर्खाल उत्तर ३ फिट आफ्नै जग्गा र सो देखि उत्तर जयनेपाल चित्रघरको जग्गा दक्षिण १२’ आफ्नै जग्गाको निजी बाटो सो देखि दक्षिण शेरबहादुर कटुवालको घर यति ४ किल्ला भित्रको हात्तीसार नक्सालको जग्गा म निरन्जनभक्तका नाउँबाट घर बनाउन म निर्मलादेवीका हकको जग्गाधनी दर्ता प्रमाणपुर्जा र मन्जूरीको लिखत समेत नक्सा दरखास्त पेश गरें । ३. नगरपञ्चायत ऐन, २०१९ को दफा ४८ बमोजिम संधियारका नाउँमा म्याद टाँस हुँदा उत्तर साँध पर्ने जयनेपाल चित्रघर नक्सालका तर्फबाट मैले ३ फिट जग्गा भित्रै विपक्षीहरूका संयुक्त हकभोगमा रहेको पर्खाल पर्दछ नक्सा पास नगरी रोक्का गरिपाउँ भन्ने झुठ्ठा व्यहोराको उजूर दिनु भयो । ४. विपक्षी नगरपञ्चायतले जाँचबुझ गर्ने सन्दर्भमा नक्सा समेत गराउँदा म निवेदक निरन्जन श्रेष्ठको टहरा घरको उत्तर तर्फको किलास गारोलाई विवादको पर्खाल भन्ने लेखी लेखाउने गरियो । त्यस ठाउँमा जयनेपाल चित्र घरको पर्खाल छँदै थिएन । यस्तोमा पनि मेरो टहराको किलास गारोलाई विपक्षी काठमाडौंं नगरपञ्चायतका श्री राधेश्याम थापा समेतको इजलास कायम गरी २०४५।४।३२ मा फैसला गरिएको छ । निर्वाचित प्रधानपञ्चलाई निलम्बित गरी राखिएको कार्यवाहक प्रधानपञ्च शारदाप्रसादले विकेन्द्रीकरण नियमावली विपरीत प्रत्यायोजित गरेको अधिकार प्रयोग गरी फैसला गर्न सवर्था मिल्ने होइन । घर बनाउने नक्सा पास सम्बन्धमा परेको उजूरी हेरी निर्णय गर्ने अधिकार केवल निर्वाचित प्रधानपञ्चलाई मात्र