निर्णय नं. ३८१२ - नामसारी बदर गरी हक कायम गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८१२ - नामसारी बदर गरी हक कायम गरिपाउँ भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०३/०१ २६१९ निर्णय नं. ३८१२ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७०० फैसला भएको मिति : २०४६।३।१।५ मा पुनरावेदक/वादी : नेपालगञ्ज न.पं. वार्ड नं. २ बस्ने विदुर सिंह हमाल विरुद्ध प्रत्यर्थी/प्रतिवादी : नेपालगञ्ज न.पं. वार्ड नं. २ बस्ने रामहरी उपाध्यायसमेत मुद्दा : नामसारी बदर गरी हक कायम गरिपाउँ (१) तत्काल प्रचलित ऐनले व्यवस्था गरे बमोजिमको म्यादमा उजूर नगरी म्याद गुजारी बसी सकेको, सो पछि लागू भएको संशोधित जग्गा पजनी र जग्गा मिच्नेमा भएको व्यवस्था बमोजिम थाहा पाएका मितिले ६ महिनाभित्र उजूर गर्न पाउँछ भन्न कानुन व्यवस्थाको सामान्य सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री नुतन थपलिया तथा विद्वान अधिवक्ता श्री विजयकुमार गुप्ता फैसला न्या.हिरयणेश्वरमान प्रधान १. म.प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षेप व्यहोरा यस प्रकार छ । २. बाबु मुक्तिनाथ उपाध्यायले गरिदिनु भएको ०२१।३।२७ मा बाँके मालपोत कार्यालयबाट पारित भएको अंशबण्डा बमोजिम जि. बर्दिया तप्पे मडेला मौजे मानपुरको मुक्तिनाथका नाउँमा दर्ता भएको जिमीदारी मध्ये सीर जमीन विगाहा १८–९–१२ र श्यामबहादुर हमालका नाउँमा दर्ता भएको ऐ.मौजाको लम्बरी जग्गा विगाहा ८१–६–१५ मध्ये ६–१०–८ समेत जम्मा जग्गा विगाहा २५ म फिरादीको अंश भागमा परी म नाबालक भएकोले मेरो अंश भागको सम्पत्ति बाबु मुक्तिनाथ जिम्मामा राखी बण्डापत्र खडा भएको र सो जग्गा आजसम्म मेरो नाममा दा.खा. नभएको २०२१ सालमा सर्भे नापी हुँदा उक्त मौजाको सम्पूर्ण जमीन बाबुकै नाउँमा जि.बर्दिया वगनाह गा.पं. वडा नं. ९ मा जग्गा दर्ता भएको । मेरो अंशमा पर्ने ऐ.वगनाह गा.पं. वडा नं.९ को कि.नं. ८५।१४३, १४४, १४५, १४६, १४८, १४९, १५०, १५१, १५२, १३८, १३९ समेतको जम्मा जग्गा विगाहा ७–१०–३ जग्गा विपक्षीले २०३२।८।१० गते आफ्नो नाउँमा दर्ता गराई लिएको कुरा २०३७।९।२८ मा विपक्षीका नाउँको जग्गाधनी दर्ता प्रमाण पुर्जाको नक्कल लिँदा थाहा पाएकोले प्रचलित मुलुकी ऐन ज.मि. को १८ नं. को म्यादभित्र उजूर गर्न आएको छु उल्लिखित जग्गामा मेरो हक कायम गरी विपक्षीका नाउँको दर्ता बदर गरी मेरो नाममा दा.खा. गरी चलन समेत गरिपाउँ भन्ने फिराद दावी भएको । ३. दावी बमोजिम अंशबण्डा भएको ठिक हो । अंशबण्डा भएपछि बर्दिया जिल्लामा भूमिसम्बन्धी ऐन, २०२१ को परिच्छेद ३, ४, ५, ६, ९ समेत २०२१ साल मार्ग देखि लागू भएको र बण्डा पास हुँदा वादीको उमेर ८ वर्षको भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) को उपदफा २ अनुसार यी वादी निजको बाबु मुक्तिनाथको परिवारमा फाटो भई भएको हुँदा निज मुक्तिनाथ यी वादी र निजको भाइ समेतले ऐ. ऐनको दफा ७ बमोजिम अधिकतम हदको जग्गा राख्न पाउने जि.बाँके रामपुर भन्ने चौधरियाको ज.वि. २७–१४–० र ने.ग.न.पं. अन्तर्गतको ०–२–१९ समेत २७–१६–१९ जग्गा मुक्तिनाथले राखी अरु जग्गा अन्य अंशियारहरुमा र अंशियारमा नखपेको जग्गा विगाहा ९९–१६–१९ छाड्ने गरी ७ नं. फाँटवारी भु.प्र.का. बर्दियामा २०२१।९।१९ मा दाखिल गरेको । सो ७